भजनसङ्‌ग्रह ९८:१-९

  • यहोवा, उद्धारक र न्यायी न्यायकर्ता

    • यहोवाले उद्धारका कामहरू प्रकट गर्नुभएको छ (२, ३)

एउटा भजन। ९८  यहोवाको लागि एउटा नयाँ गीत गाओ+किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ।+उहाँको दायाँ हातले, उहाँको पवित्र पाखुराले उद्धार गरेको छ।*+  २  यहोवाले उद्धारका कामहरू गरेर देखाउनुभएको छ;+राष्ट्रहरूसामु उहाँले आफ्नो न्याय प्रकट गर्नुभएको छ।+  ३  इस्राएलको घरानालाई अटल प्रेम र वफादारी देखाउने आफ्नो प्रतिज्ञा उहाँले सम्झनुभएको छ।+सारा पृथ्वीले हाम्रा परमेश्‍वरले गर्नुभएका उद्धारका कामहरू* देखेको छ।+  ४  हे सारा पृथ्वी, ठूलो स्वरले यहोवाको जयजयकार गर।रमाहट गर, खुसीले कराओ र स्तुति गाओ।*+  ५  वीणा बजाएर यहोवाको प्रशंसाको गीत गाओ,वीणा बजाएर र सुमधुर भजन गाएर उहाँको स्तुति गर।*  ६  बिगुल र सिङ फुक+अनि राजा यहोवासामु जयजयकार गर।  ७  समुद्र र त्यसमा भएका सबै थोक गर्जून्‌,पृथ्वी* र त्यसमा बास गर्ने सबैले प्रशंसा गरून्‌।  ८  नदीहरूले ताली बजाऊन्‌;पहाडहरू आनन्दले एकसाथ कराऊन्‌,+  ९  यहोवासामु कराऊन्‌ किनकि उहाँ सारा पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ।*उहाँले निष्पक्ष भई सारा पृथ्वीको* न्याय गर्नुहुनेछ,+पक्षपात नगरी मानिसहरूको इन्साफ गर्नुहुनेछ।+

फुटनोटहरू

वा “उहाँको निम्ति विजय प्राप्त गरेको छ।”
वा “हाम्रो परमेश्‍वरको जित।”
वा “धुन बजाओ।”
वा “धुन बजाओ।”
वा “उर्वर भूमि।”
वा “आउनुभएको छ।”
वा “उर्वर भूमिको।”