सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न १२

मरिसकेका मानिसहरूको लागि कस्तो आशा छ?

“यसमा अचम्म नमान किनभने बेला आउँदै छ, जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌।”

युहन्‍ना ५:२८, २९

“धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्‌।”

प्रेषित २४:१५

“के साना, के ठूला, मरिसकेका मानिसहरू सिंहासनको अगाडि उभिरहेका मैले देखेँ र पुस्तकहरू खोलिएको पनि मैले देखेँ। तब अर्को एउटा पुस्तक पनि खोलियो; त्यो जीवनको पुस्तक थियो। अनि ती पुस्तकहरूमा लेखिएबमोजिमै ती मानिसहरूको कामअनुसार तिनीहरूको न्याय भयो। त्यसपछि समुद्रले आफूसँग भएका मरेका मानिसहरू दियो। मृत्यु र चिहानले पनि आफूहरूसँग भएका मरेका मानिसहरू दिए। अनि तिनीहरूको कामअनुसार तिनीहरू हरेकको न्याय गरियो।”

प्रकाश २०:१२, १३