सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न ६

बाइबलले मसीहबारे कस्तो भविष्यवाणी गरेको थियो?

भविष्यवाणी

“हे बेतलेहेम एप्राता, . . . तिमीबाट मेरो निम्ति एक जना आउनेछ, जसले इस्राएलमा शासन गर्नेछ।”

मिका ५:२

पूर्ति

“हेरोद राजाको पालामा यहुदियाको बेतलेहेममा येसुको जन्म भएपछि हेर! पूर्वबाट ज्योतिषीहरू यरुसलेम आए।”

मत्ति २:१

भविष्यवाणी

“मैले लगाइराखेको लुगा तिनीहरू आपसमा भाग लगाउँछन्‌ अनि मेरो जीउको कपडा तिनीहरू गोला हालेर लिन्छन्‌।”

भजन २२:१८

पूर्ति

“अब येसुलाई खम्बामा टाँगिसकेपछि सैनिकहरूले उहाँको लुगा चार भाग लगाएर एक-एक भाग लिए। उहाँले त्यसभित्र लगाउनुभएको लुगा . . . सिउनी नभएको माथिदेखि तलसम्म बुनिएको सग्लो लुगा थियो। त्यसैले तिनीहरूले आपसमा भने: ‘यसलाई चाहिँ नच्यातौँ बरु कसको भागमा पर्छ, गोला हालेर हेरौँ।’”

युहन्‍ना १९:२३, २४

भविष्यवाणी

“उहाँले उसका सबै हड्डीको रक्षा गर्नुहुन्छ; उसको एउटै हड्डी भाँचिएको छैन।”

भजन ३४:२०

पूर्ति

“येसुकहाँ पुग्दा तिनीहरूले उहाँलाई मरिसकेको पाए। त्यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्‌।”

युहन्‍ना १९:३३

भविष्यवाणी

“हाम्रो अपराधको लागि उसको शरीर छेडियो।”

यसैया ५३:५

पूर्ति

“एक जना सैनिकले उहाँको कोखामा भाला घोप्यो अनि उत्तिखेरै त्यहाँबाट रगत र पानी निस्क्यो।”

युहन्‍ना १९:३४

भविष्यवाणी

“तिनीहरूले मलाई ३० टुक्रा चाँदी ज्याला दिए।”

जकरिया ११:१२, १३

पूर्ति

“तब ती १२ जनामध्ये एक, जसको नाम यहुदा इस्करियोत हो, तिनी मुख्य पुजारीहरूकहाँ गए र भने: ‘मैले उहाँलाई धोका दिएर तपाईँहरूको हातमा सुम्पेँ भने तपाईँहरू मलाई के दिनुहुन्छ?’ तिनीहरूले तिनलाई ३० टुक्रा चाँदी दिने कबुल गरे।”

मत्ति २६:१४, १५; २७:५