सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न १

परमेश्‍वर को हुनुहुन्छ?

“मानिसहरूले जानून्‌ कि तपाईँ, जसको नाम यहोवा हो, सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।”

भजन ८३:१८

“यहोवा नै परमेश्‍वर हुनुहुन्छ भनी जान। उहाँले नै हामीलाई सृष्टि गर्नुभएको हो र हामी उहाँकै हौँ।”

भजन १००:३

“म यहोवा हुँ। मेरो नाम त्यही हो। मेरो महिमा म अरू कसैलाई दिन्‍नँ; मैले पाउनुपर्ने प्रशंसा मूर्तिहरूलाई दिन्‍नँ।”

यसैया ४२:८

“हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ।”

रोमी १०:१३

“हो, हरेक घर कसै न कसैद्वारा निर्माण गरिएको हुन्छ तर सबै थोक निर्माण गर्ने त परमेश्‍वर नै हुनुहुन्छ।”

हिब्रू ३:४

“आफ्नो आँखा उठाएर आकाशतिर हेर। यी सब कसले बनाएका हुन्‌? उहाँले नै होइन र, जसले तिनीहरूका सेनालाई गन्ती गरेर बोलाउनुहुन्छ? उहाँले तिनीहरूलाई नाम काढेरै बोलाउनुहुन्छ। उहाँको अथाह शक्‍ति र विस्मयकारी सामर्थ्यले गर्दा तिनीहरूमध्ये एउटै हराउँदैन।”

यसैया ४०:२६