भजनसङ्‌ग्रह ७२:१-२०

  • परमेश्‍वरले नियुक्‍त गर्नुभएको राजाको शासनमा शान्ति

    • “धर्मी मानिसहरूको फलिफाप हुनेछ” ()

    • प्रजाहरू एउटा समुद्रदेखि अर्को समुद्रसम्म ()

    • हिंसाबाट बचाइनेछन्‌ (१४)

    • पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ (१६)

    • परमेश्‍वरको नामको सदासर्वदा प्रशंसा (१९)

सुलेमानबारे। ७२  हे परमेश्‍वर, राजालाई तपाईँको न्यायबारे बताउनुहोस्‌,राजाको छोरालाई तपाईँको धार्मिकताबारे सिकाउनुहोस्‌।+  २  तिनी धार्मिकतासाथ तपाईँका मानिसहरूको पक्षमा खडा होऊन्‌।अनि तपाईँका पीडित जनहरूलाई न्याय दिलाऊन्‌।+  ३  पहाडहरूले मानिसहरूको लागि शान्ति ल्याऊन्‌अनि डाँडाहरूले धार्मिकता ल्याऊन्‌।  ४  तिनले दीनदुःखीको रक्षा* गरून्‌,गरिबका सन्तानलाई बचाऊन्‌अनि धोकेबाजहरूलाई चकनाचुर पारून्‌।+  ५  सूर्य रहुन्जेल र चन्द्रमा रहुन्जेलतिनीहरूले तपाईँको डर मान्‍नेछन्‌,पुस्तौँपुस्तासम्म तिनीहरूले तपाईँको डर मान्‍नेछन्‌।+  ६  तिनी काटिएको घाँसमाथि बर्सने पानीजस्तैअनि पृथ्वीलाई भिजाउने झरीजस्तै हुनेछन्‌।+  ७  तिनको शासनकालमा धर्मी मानिसहरूको फलिफाप हुनेछ,+जबसम्म चन्द्रमा रहन्छ, तबसम्म शान्ति छाउनेछ।+  ८  तिनले एउटा समुद्रदेखि अर्को समुद्रसम्म,युफ्रेटिस नदीदेखि पृथ्वीको कुनाकुनासम्म शासन गर्नेछन्‌।+  ९  निर्जल भूमिमा रहनेहरू तिनीसामु झुक्नेछन्‌अनि तिनका शत्रुहरूले धुलो चाट्‌नेछन्‌।+ १०  तर्सिसका राजाहरूले र टापुका राजाहरूले सौगात ल्याउनेछन्‌+अनि सेबा र सिबाका राजाहरूले उपहारहरू ल्याउनेछन्‌।+ ११  सबै राजाले तिनलाई दण्डवत्‌ गर्नेछन्‌र सबै राष्ट्रले तिनको सेवा गर्नेछन्‌। १२  मदतको लागि पुकार्ने गरिबहरूको तिनले उद्धार गर्नेछन्‌,दीनदुःखी र असहायहरूको पनि तिनले उद्धार गर्नेछन्‌। १३  तिनी दीनदुःखी र गरिबहरूमाथि टिठाउनेछन्‌अनि तिनले गरिबहरूको ज्यान जोगाउनेछन्‌। १४  तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्‌,तिनको दृष्टिमा तिनीहरूको रगत अनमोल हुनेछ। १५  तिनी दीर्घायु होऊन्‌ र तिनलाई सेबाको सुन+ दिइयोस्‌,तिनको लागि निरन्तर प्रार्थना गरियोस्‌अनि सारा दिन तिनलाई आशिष्‌ दिइयोस्‌। १६  पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ;+पहाडका टाकुराहरूमा समेत अन्‍नको कुनै कमी हुनेछैन।तिनको फसल लेबनानका रूखहरूजस्तै हराभरा हुनेछ+अनि सहरमा चाहिँ मानिसहरू पृथ्वीका घाँसजस्तै सप्रनेछन्‌।+ १७  तिनको नाम सदासर्वदा रहिरहोस्‌,+सूर्य रहुन्जेल तिनको कीर्ति रहिरहोस्‌।मानिसहरूले तिनीमार्फत आशिष्‌ पाऊन्‌;+सबै राष्ट्रले तिनलाई धन्यको भनून्‌। १८  इस्राएलका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌,+उहाँले जस्तो अचम्मका कामहरू गर्ने अरू कोही छैन।+ १९  उहाँको महिमित नामको सदासर्वदा प्रशंसा होस्‌+अनि उहाँको महिमाले सारा पृथ्वी भरियोस्‌।+आमिन, आमिन। २०  यिसैका छोरा दाउदका प्रार्थनाहरू यहीँ समाप्त हुन्छ।+

फुटनोटहरू

शा., “न्याय।”