सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न १०

बाइबलले भविष्यको लागि कस्तो आशा दिएको छ?

“धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।”

भजन ३७:२९

“पृथ्वी भने सधैँभरि रहिरहन्छ।”

उपदेशक १:४

“उहाँले मृत्युलाई सधैँको निम्ति निल्नुहुनेछ। ब्रह्‍माण्डका मालिक यहोवाले सबैको अनुहारबाट आँसु पुछिदिनुहुनेछ।”

यसैया २५:८

“त्यसबेला अन्धाहरूका आँखा खोलिनेछन्‌ र बहिराहरूका कान उघारिनेछन्‌। त्यसबेला लङ्‌गडो मृगझैँ उफ्रनेछ र गुँगोको जिब्रोले जयजयकार गर्नेछ किनकि उजाड भूमिमा पानीका मूल फुट्‌नेछन्‌ र मरुभूमिमा खोलाहरू बग्नेछन्‌।”

यसैया ३५:५, ६

“उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”

प्रकाश २१:४

“तिनीहरूले घर बनाउनेछन्‌ र त्यसमा बस्नेछन्‌। तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌। तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन; तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन। मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ; मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्‌।”

यसैया ६५:२१, २२