सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न २

तपाईँ परमेश्‍वरबारे कसरी सिक्न सक्नुहुन्छ?

“व्यवस्थाको यो पुस्तक तिम्रो मुखबाट नहटोस्‌। तिमीले यसमा दिनरात मनन गर्नू। तब तिमीले यसमा लेखिएका एक-एक कुरा होसियार भई पालन गर्न सक्नेछौ। यसो गऱ्‍यौ भने तिमी सफल हुनेछौ र तिमीले बुद्धि पुऱ्‍याएर कदम चाल्न सक्नेछौ।”

यहोसु १:८

“उनीहरूले साँचो परमेश्‍वरको व्यवस्थाको पुस्तक ठूलो स्वरमा पढिरहे अनि त्यहाँ लेखिएका कुराहरू मानिसहरूलाई स्पष्टसित बुझाइदिए र त्यसको अर्थ पनि खुलाइदिए। यसरी उनीहरूले मानिसहरूलाई सुनेको कुरा बुझ्न मदत गरे।”

नहेम्याह ८:८

“आनन्दित हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहअनुसार चल्दैन . . . तर यहोवाको व्यवस्थामा ऊ प्रसन्‍न रहन्छ र दिनरात उहाँको व्यवस्था गुनगुनाएर पढ्‌छ। . . . उसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।”

भजन १:१-३

“फिलिप रथसँगसँगै दौडे अनि त्यस नपुंसकले भविष्यवक्‍ता यसैयाको पुस्तक पढिरहेको सुने। तब तिनले सोधे: ‘के तपाईँले आफूले पढिरहेको कुरा साँच्चै बुझिरहनुभएको छ?’ उनले जवाफ दिए: ‘कसैले नबुझाईकन म कसरी बुझ्न सक्छु र?’”

प्रेषित ८:३०, ३१

“उहाँका अदृश्‍य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिँदै आएका छन्‌। यी गुणहरूलगायत उहाँको अनन्त शक्‍ति र ईश्‍वरत्वसमेत उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिने भएकोले तिनीहरूले कुनै बहाना बनाउन सक्दैनन्‌।”

रोमी १:२०

“यी कुराहरूमा चिन्तनमनन गर, यी नै कुराहरूमा डुबिरह ताकि तिम्रो प्रगति सबै मानिससामु स्पष्टै देखियोस्‌।”

१ तिमोथि ४:१५

“आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔँ, कसै-कसैलाई एकसाथ भेला हुन छोड्‌ने बानी परेको छ तर हामी भने त्यसरी भेला हुन नछोडौँ।”

हिब्रू १०:२४, २५

“यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्‍वरसित मागिरहोस्‌ र उसलाई त्यो दिइनेछ किनकि उहाँले सबैलाई उदारचित्तले अनि नझर्कीकन दिनुहुन्छ।”

याकुब १:५