सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न १४

आफ्नो स्रोतसाधन कसरी सही तरिकामा प्रयोग गर्न सक्नुहुन्छ?

“मोजमस्तीमा डुबिरहने मानिस दरिद्र हुनेछ; मद्य र तेल मन पराउने मानिस धनी हुँदैन।”

हितोपदेश २१:१७

“सापटी लिने मानिसचाहिँ सापटी दिनेको दास बन्छ।”

हितोपदेश २२:७

“तिमीहरूमध्ये कोचाहिँ यस्तो होला, जसले धरहरा बनाउने विचार गरेपछि त्यो बनाइसिद्ध्याउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब गर्दैन? उसले जग त हाल्यो तर धरहराचाहिँ बनाउन सकेन भने देख्नेहरूले उसको गिल्ला गर्दै यसो भन्‍न थाल्नेछन्‌: ‘यो मानिसले बनाउन त थाल्यो तर सिद्धयाउन भने सकेन।’”

लुका १४:२८-३०

“जब तिनीहरू अघाए, तब उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: ‘उब्रेका टुक्राटाक्री बटुल र केही पनि खेर नजाओस्‌।’”

युहन्‍ना ६:१२