सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क७-क

पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू​—⁠येसुले सेवाको काम थाल्नुअघिका घटनाहरू

सुसमाचारका चार वटा पुस्तकमा उल्लेख गरिएका घटनाहरूको कालक्रम

प्रत्येक चार्टसँगै एउटा नक्सा छ र ती नक्साहरूमा येसु कुन-कुन ठाउँमा जानुभयो र उहाँले कहाँ-कहाँ प्रचार गर्नुभयो भनेर देखाइएको छ। नक्सामा भएका बाणजस्तो देखिने धर्साहरूले येसुले कुन दिशामा यात्रा गर्नुभएको थियो भन्‍ने कुरालाई सङ्‌केत गर्छ; त्यसले उहाँले ठ्‌याक्कै कुन बाटो भएर यात्रा गर्नुभएको थियो भन्‍ने कुरालाई सङ्‌केत गर्दैन। सङ्‌केत चिन्ह “क.”-को अर्थ “करिब” हो।

येसुले सेवाको काम थाल्नुअघिका घटनाहरू

समय

ठाउँ

घटना

मत्ति

मर्कुस

लुका

युहन्‍ना

ई.पू. ३

यरुसलेमको मन्दिर

गब्रिएल स्वर्गदूतले जकरियालाई बप्तिस्मा गराउने युहन्‍नाको जन्मबारे भविष्यवाणी गर्छन्‌

   

१:५-२५

 

क. ई.पू. २

नासरत; यहुदिया

गब्रिएल स्वर्गदूतले मरियमलाई येसुको जन्मबारे भविष्यवाणी गर्छन्‌; मरियम आफ्नो आफन्त इलिसिबालाई भेट्‌न जान्छिन्‌

   

१:२६-५६

 

ई.पू. २

यहुदियाको पहाडी इलाका

बप्तिस्मा गराउने युहन्‍ना जन्मन्छन्‌ र तिनको नाम राखिन्छ; जकरियाको भविष्यवाणी; निर्जनभूमिमा युहन्‍नाको जीवन

   

१:५७-८०

 

ई.पू. २, क. अक्टो. १

बेतलेहेम

येसुको जन्म; “वचन मानिस हुनुभयो”

१:१-२५

 

२:१-७

१:१-५, ९-१४

बेतलेहेमनजिकै; बेतलेहेम

स्वर्गदूतले गोठालाहरूलाई सुसमाचार घोषणा गर्छन्‌; स्वर्गदूतहरूले परमेश्‍वरको प्रशंसा गर्छन्‌; गोठालाहरू बालकलाई हेर्न जान्छन्‌

   

२:८-२०

 

बेतलेहेम; यरुसलेम

येसुको खतना गरिन्छ (आठौँ दिन); उहाँका आमाबुबाले व्यवस्थामा बताइएको रीतिअनुसारै उहाँलाई मन्दिरमा लैजान्छन्‌ (४० औँ दिनपछि)

   

२:२१-३८

 

ई.पू. १ वा इ.सं. १

यरुसलेम; बेतलेहेम; मिश्र; नासरत

ज्योतिषीहरू आउँछन्‌; युसुफको परिवार मिश्र भाग्छ; हेरोदले बालकहरूलाई मार्छन्‌; युसुफको परिवार मिश्रबाट फर्केर नासरतमा बसोबास गर्न थाल्छ

२:१-२३

 

२:३९, ४०

 

इ.सं. १२, निस्तार चाड

यरुसलेम

बाह्र वर्षका येसुले मन्दिरमा शिक्षकहरूलाई प्रश्‍न सोध्नुहुन्छ

   

२:४१-५०

 
 

नासरत

उहाँ नासरत फर्कनुहुन्छ; आमाबुबाप्रति आज्ञाकारी भइरहनुहुन्छ; सिकर्मीको काम सिक्नुहुन्छ; मरियमको अरू चार जना छोरा र केही छोरीहरू हुन्छन्‌ (मत्ति १३:५५, ५६; मर्कु ६:३)

   

२:५१, ५२

 

२९, वसन्त

निर्जनभूमि, यर्दन नदी

बप्तिस्मा गराउने युहन्‍नाले सेवाको काम थाल्छन्‌

३:१-१२

१:१-८

३:१-१८

१:६-८, १५-२८