भजनसङ्‌ग्रह १४६:१-१०

  • परमेश्‍वरमा भरोसा गर, मानिसमा होइन

    • मृत्यु हुँदा मानिसका विचारहरू बिलाइजान्छन्‌ ()

    • झुकेकाहरूलाई परमेश्‍वर उठाउनुहुन्छ ()

१४६  याहको प्रशंसा गर!*+मेरो सारा ज्यानले यहोवाको प्रशंसा गरोस्‌।+  २  म जीवनभर यहोवाको प्रशंसा गर्नेछु।म बाँचुन्जेल मेरा परमेश्‍वरको स्तुति गाउनेछु।*  ३  शासकमाथि* भरोसा नगर,अरू कुनै मानिसमाथि पनि भरोसा नगरकिनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्‌।+  ४  त्यसको सास* निस्किन्छ र त्यो माटैमा फर्किन्छ+अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्‌।+  ५  आनन्दित हो त्यो मानिस, जसको मदतगार याकुबका परमेश्‍वर हुनुहुन्छ,+जसले यहोवा आफ्ना परमेश्‍वरमा आशा राख्छ;+  ६  उहाँमा, जो आकाश र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ,जसले समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो,+जो सधैँ वफादार रहनुहुन्छ,+  ७  जसले धोका खाएकाहरूको इन्साफ गरिदिनुहुन्छ,जसले भोकाहरूलाई भोजन दिनुहुन्छ।+यहोवा कैदमा परेकाहरूलाई* मुक्‍त गर्नुहुन्छ।+  ८  यहोवाले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ;+यहोवा झुकेकाहरूलाई उठाउनुहुन्छ;+यहोवा धर्मी मानिसलाई प्रेम गर्नुहुन्छ।  ९  यहोवा विदेशीहरूको रक्षा गर्नुहुन्छ;अनाथहरू* र विधवाहरूको उहाँ हेरचाह गर्नुहुन्छ+तर दुष्टका योजनाहरूलाई उहाँ विफल पारिदिनुहुन्छ।*+ १०  यहोवा सदासर्वदाको लागि राजा हुनुहुनेछ,+हे सियोन, तिम्रा परमेश्‍वरले पुस्तौँपुस्तासम्म राज्य गर्नुहुनेछ।याहको प्रशंसा गर!*

फुटनोटहरू

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।
वा “परमेश्‍वरको प्रशंसा गर्न म धुन बजाउनेछु।”
वा “प्रतिष्ठित मानिसहरूमाथि।”
शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।
शा., “बाँधिएकाहरूलाई।”
वा “बुबा गुमाएका बच्चाहरू।”
वा “दुष्टको मार्गलाई टेढोमेढो पारिदिनुहुन्छ।”
वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।