सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न १९

बाइबलका किताबहरूमा कस्ता जानकारीहरू छन्‌?

हिब्रू धर्मशास्त्र (“पुरानो नियम”)

पेन्टाटुक (पाँच वटा किताब):

उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था

सृष्टिदेखि पुरातन इस्राएल राष्ट्रको स्थापना हुँदासम्मको विवरण

इतिहासका किताबहरू (१२ वटा किताब):

यहोसु, न्यायकर्ता, रुथ

इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेको विवरण र त्यसपछिका घटनाहरू

१ समुएल, २ समुएल, १ राजा, २ राजा, १ इतिहास, २ इतिहास

यरुसलेम विनाश भएको समयसम्मको इस्राएल राष्ट्रको इतिहास

एज्रा, नहेम्याह, एस्तर

बेबिलोनको निर्वासनबाट फर्केपछि यहुदीहरूको इतिहास

कवितात्मक शैलीमा लेखिएका किताबहरू (पाँच वटा किताब):

अय्युब, भजनसङ्‌ग्रह, हितोपदेश, उपदेशक, श्रेष्ठगीत

बुद्धिमानी उपदेश र भजनहरूको सङ्‌ग्रह

भविष्यवाणीका किताबहरू (१७ वटा किताब):

यसैया, यर्मिया, विलाप, इजकिएल, दानिएल, होसे, योएल, आमोस, ओबदियाह, योना, मिका, नहुम, हबकुक, सपन्याह, हाग्गै, जकरिया, मलाकि

परमेश्‍वरका मानिसहरूलाई भविष्यमा के हुनेछ भनेर पहिल्यै भविष्यवाणी गरिएको थियो

ख्रिष्टियन ग्रीक धर्मशास्त्र (“नयाँ नियम”)

सुसमाचारको किताब (चार वटा किताब):

मत्ति, मर्कुस, लुका, युहन्‍ना

येसुको जीवन र सेवाको कामबारे विवरण

प्रेषितहरूका कार्य (एउटा किताब):

ख्रिष्टियन मण्डलीको सुरुवात अनि मिसनरी सेवाको इतिहास

पत्रहरू (२१ वटा किताब):

रोमी, १ कोरिन्थी, २ कोरिन्थी, गलाती, एफिसी, फिलिप्पी, कलस्सी, १ थिस्सलोनिकी, २ थिस्सलोनिकी

विभिन्‍न ख्रिष्टियन मण्डलीहरूका लागि पत्रहरू

१ तिमोथि, २ तिमोथि, तितस, फिलेमोन

व्यक्‍तिविशेषका लागि पत्रहरू

हिब्रू, याकुब, १ पत्रुस, २ पत्रुस, १ युहन्‍ना, २ युहन्‍ना, ३ युहन्‍ना, यहुदा

सबै ख्रिष्टियनका लागि पत्रहरू

प्रकाश (एउटा किताब):

प्रेषित युहन्‍नालाई दर्शनमार्फत दिइएका भविष्यवाणीहरू