सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न ५

बाइबलको सन्देश के हो?

“तँ र स्त्रीबीच अनि तेरो सन्तान र स्त्रीको सन्तानबीच म दुस्मनी हालिदिनेछु। उसले तेरो शिर कुच्याउनेछ र तैँले उसको कुर्कुच्चो डस्नेछस्‌।”

उत्पत्ति ३:१५

“तिम्रै सन्तानमार्फत पृथ्वीका सबै मानिसले आशिष्‌ पाउनेछन्‌ किनभने तिमीले मेरो कुरा सुन्यौ।”

उत्पत्ति २२:१८

“तपाईँको राज्य आओस्‌। तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।”

मत्ति ६:१०

“तिमीहरूलाई शान्ति दिनुहुने परमेश्‍वरले चाँडै तिमीहरूलाई अख्तियार दिनुहुनेछ अनि तिमीहरूले आफ्ना खुट्टाले सैतानलाई कुच्याउनेछौ।”

रोमी १६:२०

“जब सबै कुरा उहाँको अधीनमा भइसकेको हुनेछ, तब परमेश्‍वर नै सबै थोकका सर्वेसर्वा होऊन्‌ भनेर छोरा पनि सबै कुरा उहाँको अधीनमा राखिदिनुहुनेकै अधीनमा बस्नुहुनेछ।”

१ कोरिन्थी १५:२८

“अब प्रतिज्ञाहरू अब्राहाम र तिनको सन्तानलाई गरिएको थियो . . . , जो ख्रिष्ट हुनुहुन्छ। यसबाहेक यदि तिमीहरू ख्रिष्टका हौ भने तिमीहरू साँच्चै अब्राहामका सन्तान र प्रतिज्ञाका उत्तराधिकारीहरू हौ।”

गलाती ३:१६, २९

“संसारको राज्य हाम्रा परमेश्‍वरको अनि उहाँको ख्रिष्टको राज्य भएको छ र परमेश्‍वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”

प्रकाश ११:१५

“त्यसैले दियाबल अनि सैतान भनिने र सारा संसारलाई ठग्ने त्यो ठूलो अजिङ्‌गर अर्थात्‌ पुरानो सर्पलाई तल पृथ्वीमा हुर्ऱ्याइयो अनि त्योसँगसँगै त्यसका स्वर्गदूतहरू पनि हुर्ऱ्याइए।”

प्रकाश १२:९

“तिनले त्यो अजिङ्‌गर अर्थात्‌ पुरानो सर्प, जो दियाबल र सैतान हो, त्यसलाई पक्रे अनि १ हजार वर्षका लागि बाँधे।”

प्रकाश २०:२