भजनसङ्‌ग्रह ११५:१-१८

  • परमेश्‍वरलाई मात्र महिमा दिनुपर्छ

    • निर्जीव मूर्तिहरू (४-८)

    • पृथ्वी मानिसहरूको लागि (१६)

    • “मरेकाहरूले याहको प्रशंसा गर्दैनन्‌” (१७)

११५  हाम्रो होइन, हे यहोवा, हाम्रो होइन*तर तपाईँको अटल प्रेम र वफादारीको कारण+आफ्नो नामको महिमा गर्नुहोस्‌।+  २  राष्ट्रहरूले यसो भन्‍ने मौका नपाऊन्‌:“खोइ तिनीहरूका परमेश्‍वर?”+  ३  हाम्रा परमेश्‍वर स्वर्गमा हुनुहुन्छ;उहाँलाई जे उचित लाग्छ, उहाँ त्यही गर्नुहुन्छ।  ४  तिनीहरूका मूर्तिहरू सुन र चाँदीका हुन्‌,ती त मानिसका हातको काम हुन्‌।+  ५  तिनीहरूको मुख छ तर बोल्न सक्दैनन्‌;+आँखा छन्‌ तर देख्न सक्दैनन्‌;  ६  तिनीहरूका कान छन्‌ तर सुन्‍न सक्दैनन्‌;नाक छ तर सुँघ्न सक्दैनन्‌;  ७  हात छन्‌ तर छाम्न सक्दैनन्‌;खुट्टा छन्‌ तर हिँड्‌न सक्दैनन्‌;+तिनीहरूले आफ्नो गलाबाट आवाज निकाल्न सक्दैनन्‌।+  ८  तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुनेछन्‌;+तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै त्यस्तै हुनेछन्‌।+  ९  हे इस्राएल, यहोवामा भरोसा गर;+उहाँ नै तिनीहरूका मदतगार र ढाल हुनुहुन्छ।+ १०  हे हारुनको घराना,+ यहोवामा भरोसा गर;उहाँ नै तिनीहरूका मदतगार र ढाल हुनुहुन्छ। ११  हे यहोवाको डर मान्‍नेहरू हो, यहोवामा भरोसा गर;+उहाँ नै तिनीहरूका मदतगार र ढाल हुनुहुन्छ।+ १२  यहोवाले हामीलाई सम्झनुहुन्छ र आशिष्‌ दिनुहुनेछ;उहाँले इस्राएलको घरानालाई आशिष्‌ दिनुहुनेछ;+उहाँले हारुनको घरानालाई आशिष्‌ दिनुहुनेछ। १३  ज-जसले यहोवाको भय मान्छन्‌, तिनीहरूलाई उहाँले आशिष्‌ दिनुहुनेछ,सानादेखि ठूला सबैलाई आशिष्‌ दिनुहुनेछ। १४  यहोवाले तिमीहरूको सङ्‌ख्या बढाइदिनुहुनेछ;तिमीहरू र तिमीहरूका छोराछोरीको* वृद्धि गराउनुहुनेछ।+ १५  यहोवाले तिमीहरूलाई आशिष्‌ देऊन्‌,+जो स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ।+ १६  स्वर्ग यहोवाकै हो+तर पृथ्वीचाहिँ उहाँले मानिसहरूलाई दिनुभएको छ।+ १७  मरेकाहरूले याहको प्रशंसा गर्दैनन्‌;+हो, मृत्युको सन्‍नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्‌।+ १८  तर हामी भने याहको प्रशंसा गर्नेछौँ,अहिले र सदासर्वदा।याहको प्रशंसा गर!*

फुटनोटहरू

वा “हाम्रो केही छैन, हे यहोवा, हाम्रो केही छैन।”
शा., “छोराहरू।”
वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।