सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख१

बाइबलको सन्देश

यहोवा परमेश्‍वरसित शासन गर्ने अधिकार छ। उहाँको शासन गर्ने तरिका सबैभन्दा उत्तम छ। पृथ्वी र मानिसजातिको लागि उहाँको उद्देश्‍य पूरा हुनेछ।

ई.पू. ४०२६ पछि

“सर्प” अर्थात्‌ सैतानले यहोवाको शासन गर्ने अधिकार र उहाँको शासन गर्ने तरिकामाथि प्रश्‍न उठाउँछ। यहोवाले एक जना “सन्तान” आउनेछ, जसले पछि सर्पको शिर कुच्याउनेछ भनेर प्रतिज्ञा गर्नुहुन्छ। (उत्पत्ति ३:१-५, १५) तर त्यो समय नआउन्जेल यहोवाले मानिसजातिलाई सैतानको अधीनमा रहेर आफैले शासन गर्न दिनुहुन्छ।

ई.पू. १९४३

यहोवाले अब्राहामलाई प्रतिज्ञा गरिएको “सन्तान” तिनकै वंशबाट आउनेछ भन्‍नुहुन्छ।—उत्पत्ति २२:१८.

ई.पू. १०७० पछि

यहोवाले दाउदलाई र पछि तिनका छोरा सुलेमानलाई प्रतिज्ञा गरिएको “सन्तान” तिनीहरूको घरानाबाट आउनेछ भनेर विश्‍वस्त पार्नुहुन्छ।—२ समुएल ७:१२, १६; १ राजा ९:३-५; यसैया ९:६, ७.

इ.सं. २९

यहोवाले येसु नै प्रतिज्ञा गरिएको “सन्तान” हुनुहुन्छ भनेर चिनाउनुहुन्छ, जो दाउदको सिंहासनको उत्तराधिकारी हुनुहुन्छ।—गलाती ३:१६; लुका १:३१-३३; ३:२१, २२.

इ.सं. ३३

सर्प अर्थात्‌ सैतानले येसुलाई मार्न लगाएर प्रतिज्ञा गरिएका “सन्तान”-लाई केही हदसम्म हानि पुऱ्‍याउँछ। यहोवाले येसुलाई जीवित पार्नुभएर स्वर्गमा जीवन दिनुहुन्छ अनि उहाँको त्रुटिरहित जीवनको मोल स्वीकार गर्नुहुन्छ। यसरी येसुले आदमको सन्तानको लागि पापको क्षमा पाउने आधार तयार पार्नुहुन्छ र अनन्त जीवनको बाटो खोलिदिनुहुन्छ।—उत्पत्ति ३:१५; प्रेषित २:३२-३६; १ कोरिन्थी १५:२१, २२.

लगभग इ.सं. १९१४

येसुले सर्प अर्थात्‌ सैतानलाई पृथ्वीमा हुर्ऱ्याइदिनुहुन्छ र थोरै समयको लागि त्यहीँ रहन बाध्य पार्नुहुन्छ।—प्रकाश १२:७-९, १२.

भविष्य

येसुले सैतानलाई १,००० वर्षसम्म कैद गरेर राख्नुहुन्छ। त्यसपछि उहाँले सैतानको शिर कुच्याउनुहुन्छ अर्थात्‌ त्यसलाई नाश गर्नुहुन्छ। पृथ्वी र मानिसजातिको लागि यहोवाको सुरुको उद्देश्‍य पूरा हुन्छ, उहाँको नाममा लागेको कलङ्‌क मेटिन्छ अनि उहाँको शासन गर्ने तरिका नै सबैभन्दा उत्तम छ भनेर साबित हुन्छ।—प्रकाश २०:१-३, १०; २१:३, ४