सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न ७

बाइबलले हाम्रो समयबारे कस्तो भविष्यवाणी गरेको छ?

“जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ . . . तर यी सब त प्रसववेदनाजस्तै सङ्‌कष्टको सुरुवात मात्र हुन्‌।”

मत्ति २४:७, ८

“धेरै झूटा भविष्यवक्‍ता देखा पर्नेछन्‌ र धेरैलाई बहकाउनेछन्‌। दुष्टता बढ्‌ने भएकोले धेरै जनाको प्रेम सेलाएर जानेछ।”

मत्ति २४:११, १२

“युद्धको कोलाहल अनि युद्धको खबर सुन्दा तिमीहरू नआत्तिओ। यी सब हुनु आवश्‍यक छ तर यत्तिकैमा यस युगको अन्त भइहाल्नेछैन।”

मर्कुस १३:७

“ठूलठूला भूकम्प जानेछ, ठाउँठाउँमा अनिकाल पर्नेछ र महामारी हुनेछ। मानिसहरूले भयानक दृश्‍यहरू देख्नेछन्‌ र आकाशमा ठूलठूला चिन्हहरू देखा पर्नेछन्‌।”

लुका २१:११

“अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ . . . किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी, निन्दा गर्ने, आमाबुबाको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्‍वासघाती, स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्‍वरलाई नभई सुखविलासलाई प्रेम गर्ने अनि परमेश्‍वरको भक्‍ति गरेको ढोँग गर्ने तर त्यसअनुसार नचल्ने हुनेछन्‌।”

२ तिमोथि ३:१-५