सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न १६

तपाईँ कसरी चिन्ता-फिक्रीको सामना गर्न सक्नुहुन्छ?

“आफ्नो भारी यहोवामा बिसाऊ र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। धर्मी मानिस कहिल्यै डग्नेछैन किनभने उहाँले उसलाई थाम्नुहुनेछ।”

भजन ५५:२२

“मेहनती मानिसले बनाएको योजना सफल हुन्छ तर हतार गर्ने मानिसहरू कङ्‌गाल हुन्छन्‌।”

हितोपदेश २१:५

“नडराऊ किनकि म तिमीसित छु; फिक्री नगर किनकि म तिम्रा परमेश्‍वर हुँ। म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु। धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।”

यसैया ४१:१०

“तिमीहरूमध्ये कसले पो चिन्ता गरेर आफ्नो आयु एक हात लम्ब्याउन सक्छौ र?”

मत्ति ६:२७

“त्यसैले भोलिको चिन्ता कहिल्यै नगर किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ। आजको लागि आजकै कष्ट पर्याप्त छ।”

मत्ति ६:३४

“अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक।”

फिलिप्पी १:१०

“कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर। तब परमेश्‍वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ख्रिष्ट येसुद्वारा तिमीहरूको हृदय र सोच्ने क्षमताको रक्षा गर्नेछ।”

फिलिप्पी ४:६, ७