भजनसङ्‌ग्रह ७७:१-२०

  • विपद्‌को दिनमा प्रार्थना

    • परमेश्‍वरका कामहरूमा मनन (११, १२)

    • ‘हे परमेश्‍वर, तपाईँजस्तो महान्‌ अरू को छ र?’ (१३)

निर्देशकलाई; यदुथुनमा।* आसापले रचेको भजन।+ ७७  म ठूलो स्वरले परमेश्‍वरलाई पुकार्नेछु;म परमेश्‍वरलाई पुकार्नेछु र उहाँले सुन्‍नुहुनेछ।+  २  विपद्‌को दिनमा म यहोवालाई खोज्छु।+राती म उहाँतिर आफ्नो हात एकछिन पनि नबिसाई फैलाउँछुतैपनि म सान्त्वना पाउँदिनँ।  ३  म परमेश्‍वरलाई सम्झेर सुस्केरा हाल्छु;+म व्याकुल हुन्छु र मेरो बल घट्‌छ।+ (सेला)  ४  तपाईँले मेरा आँखाहरूलाई झिमिक्क गर्न समेत दिनुभएन;म साह्रै व्याकुल भएको छु, बोल्नै नसक्ने भएको छु।  ५  म वर्षौँअघिका दिनहरूबारे सोच्छु,+उहिले-उहिलेको समयको सम्झना गर्छु।  ६  रातमा म मेरो गीत* सम्झन्छु;+म गहिरिएर विचार गर्छु;+म जवाफ पाउनलाई घोरिन्छु।  ७  के यहोवाले हामीलाई सदाको लागि त्याग्नुहुनेछ?+के उहाँले हामीलाई फेरि कहिल्यै अनुग्रह देखाउनुहुनेछैन?+  ८  के उहाँको अटल प्रेम सदाको लागि मेटिइसकेको छ?के कुनै पुस्ताले उहाँको प्रतिज्ञा पूरा भएको देख्न पाउनेछैन?  ९  के परमेश्‍वरले अनुग्रह देखाउन बिर्सिनुभयो?+के उहाँले आफ्नो रिसले गर्दा कृपा देखाउन छोड्‌नुभयो? (सेला) १०  म कतिन्जेल भनिरहूँ: “मलाई छटपटी भएको छ*+किनभने सर्वोच्च परमेश्‍वरले पीठ फर्काउनुभएको छ”?* ११  म याहका कामहरूको सम्झना गर्नेछु;तपाईँले वर्षौँअघि गर्नुभएका आश्‍चर्यजनक कामहरू सम्झनेछु। १२  तपाईँका सबै काममा म मनन गर्नेछु,त्यसलाई गहिरिएर विचार गरिरहनेछु।+ १३  हे परमेश्‍वर, तपाईँको मार्ग पवित्र छ।हे परमेश्‍वर, तपाईँजस्तो महान्‌ ईश्‍वर अरू को छ र?+ १४  तपाईँ साँचो परमेश्‍वर हुनुहुन्छ, जसले आश्‍चर्यजनक कामहरू गर्नुहुन्छ।+तपाईँले जातिजातिका मानिसहरूसामु आफ्नो बल प्रकट गर्नुभएको छ।+ १५  आफ्नो पाखुराले* तपाईँले आफ्ना मानिसहरूलाई बचाउनुभएको छ,*+याकुबका छोराहरूलाई र युसुफका छोराहरूलाई बचाउनुभएको छ। (सेला) १६  हे परमेश्‍वर, सागरले तपाईँलाई देख्यो;तपाईँलाई देखेर समुद्र अशान्त भयो+अनि गहिरो पानीमा हलचल मच्चियो। १७  बादलले पानी बर्सायो।कालो बादलले ढाकिएको आकाश गर्जियो,तपाईँका काँडहरू चारैतिर चम्किए।+ १८  तपाईँको गर्जनको आवाज+ रथको पाङ्‌ग्राको जस्तो थियो;बिजुली चम्कँदा धर्ती नै उज्यालो भयो;+पृथ्वी काँप्यो र हल्लियो।+ १९  तपाईँ सागर भएर जानुभयो,+तपाईँको बाटो गहिरो समुद्रको बीचमा थियोतर तपाईँको पाइलाको चिन्ह कतै देखिएन। २०  मोसा र हारुनको हातद्वारा+तपाईँले आफ्ना मानिसहरूलाई बगाललाई झैँ डोऱ्‍याउनुभयो।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “तारे बाजाको धुन।”
शा., “आफ्नो दायाँ हात हटाउनुभएको छ।”
वा “घोचेको छ।”
वा “शक्‍तिले।”
शा., “छुटाउनुभएको छ।”