सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न १५

तपाईँ कसरी आनन्दित हुन सक्नुहुन्छ?

“घृणाले भरिएको घरमा मासु खानुभन्दा प्रेमले भरिएको घरमा सागपात खानु बेस हो।”

हितोपदेश १५:१७

“म यहोवा तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरूकै भलाइ होस्‌ भनेर म तिमीहरूलाई सिकाउँछु। तिमीहरू हिँड्‌नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्‍याउँछु।”

यसैया ४८:१७

“आनन्दित हुन्‌ ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुन्छन्‌ किनकि स्वर्गको राज्य तिनीहरूकै हो।”

मत्ति ५:३

“तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”

मत्ति २२:३९

“मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”

लुका ६:३१

“आनन्दित त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌।”

लुका ११:२८

“मानिस जति नै सम्पन्‍न भए तापनि त्यसले उसलाई जीवन दिँदैन।”

लुका १२:१५

“त्यसैले खान र लाउन पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौँ।”

१ तिमोथि ६:८

“लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”

प्रेषित २०:३५