भजनसङ्‌ग्रह १:१-६

  • दुइटा मार्गको भिन्‍नता

    • परमेश्‍वरको व्यवस्था पढ्‌दा आनन्दित ()

    • धर्मीहरू लटरम्म फल फल्ने रूखजस्तै ()

    • दुष्टहरू बतासले उडाएर लैजाने भुसजस्तै ()

 आनन्दित हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहअनुसार चल्दैन,जो पापीहरूको मार्गमा उभिँदैन+अनि खिसी गर्नेहरूसित उठबस गर्दैन।+  २  तर यहोवाको व्यवस्थामा ऊ प्रसन्‍न रहन्छ+र दिनरात उहाँको व्यवस्था गुनगुनाएर पढ्‌छ।*+  ३  ऊ खोलाको छेउमा रोपिएको रूखजस्तै हुनेछ,जसले आफ्नो ऋतुमा फल दिन्छ,जसको पात कहिल्यै ओइलाउँदैन। उसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।+  ४  तर दुष्टहरू त्यस्ता हुँदैनन्‌;तिनीहरू बतासले उडाएर लैजाने भुसजस्तै हुन्छन्‌।  ५  त्यसैले न्यायको समयमा दुष्टहरू खडा रहन सक्दैनन्‌+अनि पापीहरू धर्मीहरूको समुदायमा टिक्न सक्दैनन्‌।+  ६  किनकि यहोवा धर्मीहरूको मार्ग जान्‍नुहुन्छ+तर दुष्टहरूको मार्ग नष्ट हुनेछ।+

फुटनोटहरू

वा “उहाँको व्यवस्थामा मनन गर्छ।”