सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको वचनको परिचय

बाइबलमा हाम्रो निम्ति परमेश्‍वरको सन्देश वा वचन पाइन्छ। हामी कसरी सफल जीवन बिताउन सक्छौँ र परमेश्‍वरको अनुमोदन पाउन सक्छौँ, त्यसबारे बुझ्न बाइबलले मदत दिन्छ। यसले निम्न प्रश्‍नहरूको जवाफ पनि दिन्छ:

  1. परमेश्‍वर को हुनुहुन्छ?

  2. तपाईँ परमेश्‍वरबारे कसरी सिक्न सक्नुहुन्छ?

  3. बाइबलको लेखक को हो?

  4. के बाइबल वैज्ञानिक रूपमा सही छ?

  5. बाइबलको सन्देश के हो?

  6. बाइबलले मसीहबारे कस्तो भविष्यवाणी गरेको थियो?

  7. बाइबलले हाम्रो समयबारे कस्तो भविष्यवाणी गरेको छ?

  8. मानिसहरूको दुःखकष्टको लागि परमेश्‍वरलाई दोष दिन मिल्छ?

  9. मानिसहरूले किन दुःखकष्ट भोगिरहेका छन्‌?

  10. १० बाइबलले भविष्यको लागि कस्तो आशा दिएको छ?

  11. ११ मानिस मरेपछि के हुन्छ?

  12. १२ मरिसकेका मानिसहरूको लागि कस्तो आशा छ?

  13. १३ बाइबलले कामको विषयमा के भन्छ?

  14. १४ आफ्नो स्रोतसाधन कसरी सही तरिकामा प्रयोग गर्न सक्नुहुन्छ?

  15. १५ तपाईँ कसरी आनन्दित हुन सक्नुहुन्छ?

  16. १६ तपाईँ कसरी चिन्ता-फिक्रीको सामना गर्न सक्नुहुन्छ?

  17. १७ बाइबलले तपाईँको परिवारलाई कसरी मदत गर्न सक्छ?

  18. १८ परमेश्‍वरसित नजिक हुन तपाईँले के गर्नुपर्छ?

  19. १९ बाइबलका किताबहरूमा कस्ता जानकारीहरू छन्‌?

  20. २० बाइबल पढाइबाट तपाईँ कसरी अझ धेरै लाभ उठाउन सक्नुहुन्छ?

बाइबल पद भेट्टाउने तरिका

बाइबल ६६ वटा साना किताबहरूको सँगालो हो। यसलाई दुई भागमा विभाजन गरिएको छ: हिब्रू-अरामी धर्मशास्त्र (“पुरानो नियम”) र ग्रीक धर्मशास्त्र (“नयाँ नियम”)। प्रत्येक किताबमा अध्यायहरू र पदहरू छन्‌। कुनै बाइबल पद उद्धृत गरिँदा सुरुमा किताबको नाम, त्यसपछि अध्यायको सङ्‌ख्या अनि त्यसपछि पदको सङ्‌ख्या दिइएको हुन्छ। उदाहरणको लागि, उत्पत्ति १:१; यसले उत्पत्तिको किताबको १ अध्यायको १ पदलाई बुझाउँछ।