भजनसङ्‌ग्रह ८३:१-१८

  • शत्रुहरूको सामना गर्नुपर्दाको प्रार्थना

    • “हे परमेश्‍वर, चुप नबस्नुहोस्‌” ()

    • शत्रुहरू हुरीबतासले उडाएको काँडेदार झारजस्तै (१३)

    • परमेश्‍वरको नाम यहोवा हो (१८)

एउटा गीत। आसापले रचेको भजन।+ ८३  हे परमेश्‍वर, चुप नबस्नुहोस्‌;+हे सर्वशक्‍तिमान्‌ परमेश्‍वर, मौन नबस्नुहोस्‌, केही गर्नुहोस्‌।  २  किनकि हेर्नुहोस्‌! तपाईँका शत्रुहरूले होहल्ला मच्चाइरहेका छन्‌;+तपाईँलाई घृणा गर्नेहरू अहङ्‌कार गर्छन्‌।*  ३  धुर्त्याइँका साथ तिनीहरू लुकीछिपी तपाईँका मानिसहरूविरुद्ध युक्‍ति रच्छन्‌;तपाईँले अनमोल ठान्‍नुभएकाहरूको* विरुद्धमा तिनीहरू षड्‌यन्त्र रच्छन्‌।  ४  तिनीहरू भन्छन्‌: “आओ, हामी तिनीहरूको पूरै जातिलाई नाश गरौँ +र इस्राएलको नाम सदाको लागि मेटियोस्‌।”  ५  तिनीहरू एकै मतको भएर षड्‌यन्त्र रच्छन्‌;*तिमीहरूविरुद्ध गठबन्धन* गर्नेहरू यिनीहरू नै हुन्‌:+  ६  एदोम र इस्माएलीहरूको पाल, मोआब+ र हगारीहरू,+  ७  गेबाल, अम्मोन+ र अमालेक,पलिस्तिया+ र टायरका+ बासिन्दाहरू।  ८  अस्सेरियाले+ पनि तिनीहरूसँग हात मिलाएको छ;तिनीहरूले लुतका छोराहरूलाई साथ दिएका छन्‌।*+ (सेला)  ९  तपाईँले मिद्यानीहरूलाई जसो गर्नुभएको थियो, तिनीहरूलाई पनि त्यसै गर्नुहोस्‌,+किसोनको खोल्सामा* सिसरा र याबिनलाई गर्नुभएझैँ।+ १०  एन-दोरमा उनीहरू नाश भएका थिए;+उनीहरू जमिनको मलसरह भएका थिए। ११  तिनीहरूका प्रतिष्ठित मानिसहरूको हालत ओरेब र जिबको+ जस्तै बनाइदिनुहोस्‌अनि तिनीहरूका शासकहरूको हालत जबह र जल्मुन्‍नाको+ जस्तै बनाइदिनुहोस्‌। १२  किनकि तिनीहरूले यसो भने: “आओ, परमेश्‍वर बास गर्नुहुने त्यस देशमाथि हामी अधिकार जमाऔँ।” १३  हे मेरा परमेश्‍वर, तिनीहरूलाई हुरीबतासले उडाएको झारजस्तै बनाइदिनुहोस्‌,+हावाले यताउता उडाउने ठोसोजस्तै बनाइदिनुहोस्‌। १४  आगोले वनमा डढेलो लगाएझैँ,आगोको ज्वालाले पहाडलाई स्वाहा पारेझैँ + १५  ठूलो आँधी चलाएर तिनीहरूलाई खेद्‌नुहोस्‌+अनि हुरीबतास चलाएर तिनीहरूमाझ त्रास फैलाइदिनुहोस्‌।+ १६  हे यहोवा, तिनीहरूको अनुहार लाजले छोपिदिनुहोस्‌ताकि तिनीहरूले तपाईँको नामको खोजी गरून्‌। १७  तिनीहरूको सधैँ बेइज्जती भइरहोस्‌, तिनीहरू कहिल्यै डरमुक्‍त नहोऊन्‌;तिनीहरूको अपमान होस्‌, तिनीहरू नाश होऊन्‌। १८  मानिसहरूले जानून्‌ कि तपाईँ, जसको नाम यहोवा हो,+सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।+

फुटनोटहरू

वा “शिर ठाडो पार्छन्‌।”
शा., “लुकाउनुभएकाहरूको।”
शा., “एकै मनका भएर सल्लाह गर्छन्‌।”
वा “करार।”
शा., “लुतका छोराहरूको पाखुरा बनेका छन्‌।”
वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।