सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न ३

बाइबलको लेखक को हो?

“मोसाले यहोवा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा लेखे।”

प्रस्थान २४:४

“दानिएल पलङमा ढल्किरहेको बेला तिनले सपना र दर्शनहरू देखे। त्यसपछि तिनले आफूले देखेको सपना लेखे; तिनले आफूले देखेको कुराको विस्तृत विवरण लेखे।”

दानिएल ७:१

“तिमीहरूले हामीबाट सुनेको परमेश्‍वरको वचनलाई मानिसहरूको वचनको रूपमा होइन तर परमेश्‍वरकै वचनको रूपमा, जुन साँच्चै हो पनि, ग्रहण गऱ्‍यौ।”

१ थिस्सलोनिकी २:१३

“धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो र यो सिकाउन . . . उपयोगी छ।”

२ तिमोथि ३:१६

“कुनै भविष्यवाणी मानिसको इच्छाबाट कहिल्यै आएन तर पवित्र शक्‍तिबाट उत्प्रेरित भएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोल्थे।”

२ पत्रुस १:२१