सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न १७

बाइबलले तपाईँको परिवारलाई कसरी मदत गर्न सक्छ?

पति/बुबा

“त्यसैगरि पतिहरूले आ-आफ्नी पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्छ, उसले आफूलाई प्रेम गर्छ किनकि कुनै मानिसले आफ्नो शरीरलाई कहिल्यै घृणा गर्दैन बरु त्यसलाई . . . खुवाउँछ अनि स्याहार्छ, . . . तिमीहरू हरेकले आ-आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ।”

एफिसी ५:२८, २९, ३३

“हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्‌याओ बरु यहोवा परमेश्‍वरको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी दिएर तिनीहरूलाई हुर्काओ।”

एफिसी ६:४

पत्नी

“पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।”

एफिसी ५:३३

“हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस किनकि ख्रिष्टका चेलाहरूले यसै गर्नु उचित हो।”

कलस्सी ३:१८

छोराछोरी

“हे छोराछोरी हो, परमेश्‍वरको इच्छाबमोजिम आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ किनकि परमेश्‍वरको नजरमा यो असल छ। ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।’ यो नै प्रतिज्ञासहितको पहिलो आज्ञा हो र त्यो प्रतिज्ञा हो: ‘ताकि तिम्रो भलो होस्‌ र पृथ्वीमा तिम्रो आयु लामो होस्‌।’”

एफिसी ६:१-३

“हे छोराछोरी हो, सबै कुरामा आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ किनकि यसो गर्दा प्रभु खुसी हुनुहुन्छ।”

कलस्सी ३:२०