भजनसङ्‌ग्रह १२७:१-५

  • परमेश्‍वरविना सबै कुरा व्यर्थ

    • “यहोवाले नै घर नबनाउनुहुने हो भने” ()

    • छोराछोरी​—⁠परमेश्‍वरको इनाम ()

उकालीको गीत। सुलेमानको रचना। १२७  यहोवाले नै घर नबनाउनुहुने हो भनेकामदारहरूको परिश्रम व्यर्थ हुन्छ।+यहोवाले सहरको सुरक्षा नगर्नुहुने हो भने+पहरेदारहरू जागा रहनु बेकार हुन्छ।  २  परमेश्‍वरले नै आशिष्‌ नदिनुहुने हो भनेबिहान सबेरै उठ्‌नु, राती अबेर सुत्नुअनि भोजनको लागि कडा परिश्रम गर्नु बेकार हुन्छ।किनकि उहाँ जसलाई माया गर्नुहुन्छ, तिनीहरूको हेरचाह गर्नुहुन्छ र तिनीहरूलाई मीठो निद्रा पनि दिनुहुन्छ।+  ३  हेर! छोराहरू* यहोवाका वरदान हुन्‌;+गर्भको फल उहाँकै इनाम हो।+  ४  युवावस्थामा जन्मेका छोराहरूवीर मानिसको हातमा भएका काँडहरूजस्तै हुन्छन्‌।+  ५  आनन्दित हो त्यो मानिस, जसले आफ्नो ठोक्रो ती काँडहरूले भर्छ।+ऊ लाजमा पर्नेछैनकिनकि तिनीहरूले सहरको मूलढोकामा शत्रुहरूलाई जवाफ दिनेछन्‌।

फुटनोटहरू

वा “छोराछोरी।”