सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न ११

मानिस मरेपछि के हुन्छ?

“त्यसको सास निस्किन्छ र त्यो माटैमा फर्किन्छ; अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्‌।”

भजन १४६:४

“जिउँदाहरूलाई आफू एकदिन मर्नेछु भनेर थाह हुन्छ तर मरेकाहरूलाई भने केही पनि थाह हुँदैन . . . तिम्रो हातमा जे काम छ, त्यो आफ्नो पूरा बल लगाएर गर किनकि चिहानमा, जहाँ तिमी जानेछौ, त्यहाँ तिमीले न कुनै काम गर्न न केही सोच्न नै सक्नेछौ अनि तिमीसित न ज्ञान न बुद्धि नै हुनेछ।”

उपदेशक ९:५, १०

“[येसुले] तिनीहरूलाई यसो भन्‍नुभयो: ‘हाम्रा मित्र लाजरस सुतेका छन्‌ तर म तिनलाई ब्युँझाउन त्यहाँ जाँदै छु।’ तर येसुले तिनको मृत्युको विषयमा कुरा गर्नुभएको थियो। तर तिनीहरूले भने उहाँले निद्रा लागेर सुत्ने विषयमा भन्‍नुभएको होला भन्ठाने। तब येसुले तिनीहरूलाई प्रस्टसित बताउनुभयो: ‘लाजरस मरिसकेका छन्‌।’”

युहन्‍ना ११:११, १३, १४