भजनसङ्‌ग्रह १०३:१-२२

  • “मेरो हृदयले यहोवाको प्रशंसा गरोस्‌”

    • हाम्रा अपराधहरू परमेश्‍वरले टाढा राखिदिनुभएको छ (१२)

    • परमेश्‍वरले देखाउनुभएको बुबाको जस्तो कृपा (१३)

    • हामी धुलोको कण मात्र हौँ भनी परमेश्‍वर जान्‍नुहुन्छ (१४)

    • यहोवाको सिंहासन र शासन (१९)

    • स्वर्गदूतहरूले परमेश्‍वरको आदेश पालन गर्छन्‌ (२०)

दाउदको रचना। १०३  मेरो हृदयले यहोवाको प्रशंसा गरोस्‌;म तनमनले उहाँको पवित्र नामको गुणगान गाउन चाहन्छु।  २  मेरो हृदयले यहोवाको प्रशंसा गरोस्‌;उहाँले जे-जति कामहरू गर्नुभएको छ, ती म कहिल्यै नबिर्सूँ।+  ३  उहाँले तिम्रा सबै गल्ती क्षमा गरिदिनुहुन्छ+अनि तिम्रा सबै रोगबिमार निको पारिदिनुहुन्छ;+  ४  तिमीलाई चिहानबाट निकालेर उहाँले तिम्रो ज्यान बचाउनुहुन्छ+अनि उहाँको अटल प्रेम र कृपाको मुकुट तिमीलाई पहिऱ्‍याउनुहुन्छ।+  ५  तिम्रो जीवनभर असल कुराहरू दिएर उहाँले तिमीलाई सन्तुष्ट पार्नुहुन्छ,+त्यसैले तिमी चीलजस्तै तरुनो र छरितो रहनेछौ।+  ६  थिचोमिचोमा परेकाहरू सबैसित+यहोवाले धार्मिकता+ र न्यायसाथ व्यवहार गर्नुहुन्छ।  ७  उहाँले मोसालाई आफ्नो मार्ग+र इस्राएलका सन्तानलाई आफ्नो काम प्रकट गर्नुभयो।+  ८  यहोवा कृपालु र दयालु हुनुहुन्छ,+उहाँ हतपती रिसाउनुहुन्‍न र अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+  ९  उहाँ हरबखत दोष देखाइरहनुहुन्‍न+न त सधैँ रिस पालेर राख्नुहुन्छ।+ १०  उहाँले हामीसित हाम्रो पापअनुसार व्यवहार गर्नुभएको छैन+न त हाम्रो गल्तीअनुसार हामीलाई सजाय नै दिनुभएको छ।+ ११  किनकि जसरी आकाश पृथ्वीभन्दा उच्च छ,त्यसैगरि उहाँको भय मान्‍नेहरूप्रति उहाँको प्रेम* अपार छ।+ १२  पूर्वबाट पश्‍चिम जति टाढा छ,उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा राखिदिनुभएको छ।+ १३  जसरी बुबाले आफ्नो छोरामाथि कृपा देखाउँछ,त्यसैगरि उहाँले आफ्नो भय मान्‍नेहरूमाथि कृपा देखाउनुभएको छ।+ १४  किनकि हामी कसरी बनिएका हौँ, उहाँ राम्ररी जान्‍नुहुन्छ;+हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ।+ १५  मरिजाने मानिसको आयु त घाँसको आयुजत्तिकै हुन्छ;+ऊ मैदानको फूलजस्तै फक्रिन्छ।+ १६  तर जब बतास चल्छ, त्यो हराइहाल्छ,मानौँ, त्यो छँदै थिएन।* १७  तर ज-जसले यहोवाको भय मान्छन्‌,तिनीहरूप्रति उहाँको अटल प्रेम सदा* रहिरहन्छ,+उहाँले तिनीहरूका सन्तान दरसन्तानसम्मलाई भलाइ देखाइरहनुहुन्छ।+ १८  हो, तिनीहरूलाई, जो उहाँको करारअनुसार चल्छन्‌+अनि उहाँका आज्ञाहरू होसियार भई पालन गर्छन्‌। १९  यहोवाले स्वर्गमा आफ्नो सिंहासन स्थिर गरी बसाल्नुभएको छ+अनि उहाँको शासन सबैमाथि छ।+ २०  हे सबै स्वर्गदूत हो, यहोवाको प्रशंसा गर;+तिमीहरू, जो शक्‍तिले भरिपूर्ण छौ र उहाँको स्वर सुनेर उहाँको आदेश पालन गर्छौ।+ २१  हे उहाँका सबै सेना हो, यहोवाको प्रशंसा गर;+तिमीहरू, जो उहाँको इच्छा पूरा गर्ने उहाँका सेवकहरू हौ।+ २२  हे सारा सृष्टि हो, यहोवाको प्रशंसा गर,उहाँले शासन गर्नुहुने सबै ठाउँमा* उहाँको प्रशंसा गर।मेरो सारा ज्यानले यहोवाको प्रशंसा गरोस्‌।

फुटनोटहरू

वा “अटल प्रेम।”
शा., “त्यसको ठाउँले त्यसलाई चिन्‍न छोड्‌छ।”
वा “युगौँयुगसम्म।”
वा “उहाँको सार्वभौमिकता कायम रहेको ठाउँमा।”