मत्तिका अनुसार २४:१-५१

  • ख्रिष्टको उपस्थितिको चिन्ह (१-५१)

    • युद्ध, अनिकाल, भूकम्प ()

    • सुसमाचार प्रचार गरिनेछ (१४)

    • महासङ्‌कष्ट (२१, २२)

    • मानिसको छोराको चिन्ह (३०)

    • अन्जिरको रूख (३२-३४)

    • नुहको दिनमा जस्तै (३७-३९)

    • जागा रहो (४२-४४)

    • विश्‍वासी दास र दुष्ट दास (४५-५१)

२४  येसु मन्दिरबाट निस्कँदै गर्नुहुँदा चेलाहरू उहाँलाई मन्दिरका भवनहरू देखाउन उहाँको नजिक आए। २  अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूले यी सब देखिरहेका छौ, होइन? म तिमीहरूलाई साँच्चै भन्छु, एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत नरहनेगरि यी सब ढालिनेछन्‌।”+ ३  उहाँ जैतुन डाँडामा बसिरहनुभएको बेला उहाँकहाँ सुटुक्क आएर चेलाहरूले सोधे: “हामीलाई भन्‍नुहोस्‌, यी कुराहरू कहिले हुनेछन्‌ अनि तपाईँको उपस्थिति*+ र यस युगको आखिरी समयको* चिन्ह के हुनेछ?”+ ४  येसुले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “होसियार बस, तिमीहरूलाई कसैले बहकाउन नपाओस्‌।+ ५  किनकि धेरै जना मेरो नाम लिएर ‘म नै ख्रिष्ट हुँ’ भन्दै आउनेछन्‌ र धेरैलाई बहकाउनेछन्‌।+ ६  तिमीहरूले युद्धको कोलाहल अनि युद्धको खबर सुन्‍नेछौ तर तिमीहरू नआत्तिओ। किनकि यी सब हुनु आवश्‍यक छ तर यत्तिकैमा यस युगको अन्त भइहाल्नेछैन।+ ७  “किनकि जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ+ अनि ठाउँठाउँमा अनिकाल+ र भूकम्प हुनेछ।+ ८  तर यी सब त प्रसववेदनाजस्तै सङ्‌कष्टको सुरुवात मात्र हुन्‌। ९  “तब मानिसहरूले तिमीहरूलाई सताउनेछन्‌+ र मार्नेछन्‌+ अनि मेरा चेला भएकाले सबै जातिले तिमीहरूलाई घृणा गर्नेछन्‌।+ १०  यसबाहेक धेरै जनाले ठेस खानेछन्‌ र एकअर्कालाई धोका दिनुका साथै घृणा गर्नेछन्‌। ११  धेरै झूटा भविष्यवक्‍ता देखा पर्नेछन्‌ र धेरैलाई बहकाउनेछन्‌।+ १२  दुष्टता बढ्‌ने भएकोले धेरै जनाको प्रेम सेलाएर जानेछ। १३  तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।+ १४  अनि सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।+ त्यसपछि यस युगको अन्त हुनेछ। १५  “त्यसैले जब तिमीहरूले उजाड पार्ने घृणित कुरा, जसबारे भविष्यवक्‍ता दानिएलले भनेका थिए, पवित्र ठाउँमा खडा भएको देखौला,+ (पढ्‌नेले समझ चलाओस्‌) १६  तब यहुदियामा हुनेहरू डाँडाहरूतिर भाग्न थालून्‌।+ १७  कौसीमा हुने मानिस आफ्नो मालसामान लिन ओर्लेर घरभित्र नपसोस्‌। १८  अनि खेतमा भएको मानिस आफ्नो लुगा लिन नफर्कोस्‌। १९  ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूलाई हाय! २०  तिमीहरू हिउँदमा वा विश्रामदिनको* बेला भाग्नु नपरोस्‌ भनेर प्रार्थना गरिरहो। २१  किनकि त्यतिखेर यस्तो महासङ्‌कष्ट हुनेछ,+ जुन संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन न त फेरि कहिल्यै हुनेछ।+ २२  वास्तवमा ती दिन नघटाइने हो भने कोही मानिस बच्नेछैन। तर चुनिएकाहरूका लागि ती दिन घटाइनेछन्‌।+ २३  “तब यदि कसैले तिमीहरूलाई ‘हेर! ख्रिष्ट यहाँ हुनुहुन्छ’+ वा ‘त्यहाँ हुनुहुन्छ’ भन्छ भने नपत्याओ।+ २४  किनकि झूटा ख्रिष्टहरू अनि झूटा भविष्यवक्‍ताहरू+ देखा पर्नेछन्‌ र सम्भव भएसम्म चुनिएका जनहरूलाई समेत बहकाउन आश्‍चर्यजनक कार्यहरू गर्नेछन्‌।+ २५  हेर! म तिमीहरूलाई पहिल्यै चेतावनी दिँदै छु। २६  त्यसकारण यदि मानिसहरूले तिमीहरूलाई ‘हेर! उहाँ निर्जनभूमिमा हुनुहुन्छ’ भन्छन्‌ भने बाहिर नजाओ। ‘हेर! उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भन्छन्‌ भने नपत्याओ।+ २७  किनकि जसरी बिजुली पूर्वमा चम्कँदा पश्‍चिमसम्म देखिन्छ, मानिसको छोराको उपस्थिति* पनि त्यस्तै हुनेछ।+ २८  जहाँ सिनु हुन्छ, त्यहाँ चीलहरू जम्मा हुन्छन्‌।+ २९  “ती दिनका सङ्‌कष्टको तुरुन्तैपछि सूर्य अँध्यारो हुनेछ,+ चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन, आकाशबाट ताराहरू खस्नेछन्‌ र आकाशका शक्‍तिहरू डगमगाउनेछन्‌।+ ३०  अनि मानिसको छोराको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सबै कुलले शोक गर्दै आफ्नो छाती पिट्‌नेछन्‌+ अनि तिनीहरूले मानिसको छोरालाई+ शक्‍ति र ठूलो महिमासहित आकाशका बादलहरूमा आउँदै गरेको देख्नेछन्‌।+ ३१  अनि उसले आफ्ना स्वर्गदूतहरूलाई बिगुलको ठूलो आवाजसहित पठाउनेछ र परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई तिनीहरूले आकाशको एउटा कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट* जम्मा गर्नेछन्‌।+ ३२  “अब अन्जिरको रूखको उदाहरणबाट यो कुरा सिक: कलिलो हाँगा पलाएर त्यसमा पालुवा लाग्नेबित्तिकै तिमीहरूले ग्रीष्म ऋतु नजिकै रहेछ भनेर थाह पाउँछौ।+ ३३  त्यसैगरि जब तिमीहरू यी सबै कुरा देख्छौ, तब मानिसको छोरा नजिकै, ढोकामै छ भनेर जान।+ ३४  म तिमीहरूलाई साँच्चै भन्छु, यी सब कुरा नभएसम्म यो पुस्ता कुनै पनि हालतमा बितेर जानेछैन। ३५  आकाश र पृथ्वी बितेर जानेछन्‌ तर मेरा वचनहरू कुनै पनि हालतमा बितेर जानेछैनन्‌।+ ३६  “त्यस दिन र समयको* विषयमा कसैले जान्दैन+ न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र जान्‍नुहुन्छ।+ ३७  नुहको दिन जस्तो थियो,+ मानिसको छोराको उपस्थिति* पनि त्यस्तै हुनेछ।+ ३८  किनकि जलप्रलयअघि नुह जहाजभित्र नपसेको दिनसम्म तिनीहरू खाँदै अनि पिउँदै थिए र विवाहवारी गर्दै थिए।+ ३९  अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नबगाएसम्म तिनीहरूले यादै गरेनन्‌;+ मानिसको छोराको उपस्थिति पनि त्यस्तै हुनेछ। ४०  त्यसबेला दुई जना पुरुष खेतमा हुनेछन्‌; एक जनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ। ४१  दुइटी स्त्री जाँतो घुमाइरहेका हुनेछन्‌; एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।+ ४२  त्यसकारण जागा रहो किनकि तिमीहरूका प्रभु कुन दिन आउँदै हुनुहुन्छ, तिमीहरूलाई थाह छैन।+ ४३  “तर एउटा कुरा जानिराख, यदि घरमालिकलाई चोर कुन प्रहरमा* आउँदै छ भनेर थाह भएको भए+ ऊ जागै बस्ने थियो र त्यसलाई आफ्नो घर फोर्न दिने थिएन।+ ४४  यो कुरा विचार गर्दै तिमीहरू पनि तयार रहो+ किनकि तिमीहरूले नचिताएको समयमा मानिसको छोरा आउनेछ। ४५  “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌* दास को हो, जसलाई उसको मालिकले आफ्नो घरका अरू दासहरूलाई ठीक समयमा भोजन देओस्‌ भनेर नियुक्‍त गरेका हुन्छन्‌?+ ४६  आनन्दित हो त्यो दास, जसलाई उसको मालिकले फर्केर आउँदा त्यसै गरिरहेको भेट्टाउँछन्‌!+ ४७  म तिमीहरूलाई साँच्चै भन्छु, तिनले उसलाई आफ्ना सबै सम्पत्तिमाथि नियुक्‍त गर्नेछन्‌। ४८  “तर यदि त्यो दास दुष्ट भयो र उसले ‘मेरो मालिक बियाँलो गर्दै हुनुहुन्छ’ भनी मनमनै भन्यो+ ४९  अनि आफ्ना सङ्‌गी दासहरूलाई पिट्‌न थाल्यो र पियक्कडहरूसित खान र पिउन लाग्यो भने ५०  त्यस दासको मालिक उसले आसै नगरेको दिनमा र उसलाई थाहै नभएको समयमा आउनेछन्‌।+ ५१  अनि उसलाई असाध्यै कठोर दण्ड दिनेछन्‌ र कपटीहरू भएको ठाउँमा फ्याँकिदिनेछन्‌, जहाँ ऊ दाह्रा किटी-किटी रुनेछ।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शा., “चारै बतासबाट।”
शा., “घण्टाको।”
शब्दावली हेर्नुहोस्‌।
वा “चोर रातको कुन समयमा।”
वा “सुझबुझ भएको।”