गलाती ६:१-१८

  • एकअर्काको बोझ बोक (१-१०)

    • जे छरिन्छ, त्यसैको कटनी गरिन्छ (७, ८)

  • खतना गर्नु महत्त्वपूर्ण छैन (११-१६)

    • नयाँ सृष्टि (१५)

  • निष्कर्ष (१७, १८)

 भाइहरू हो, यदि कोही मानिसले अनजानमा कुनै गलत कदम चाल्यो भने तिमीहरू जो आध्यात्मिक रूपमा परिपक्व छौ, कोमलताको भावले+ यस्तो मानिसलाई सच्याउने कोसिस गर। तर तिमीहरू आफू पनि परीक्षामा नपर्न+ होसियार होओ।+ २  एकअर्काको बोझ बोक्ने गर,+ यसरी तिमीहरूले ख्रिष्टको व्यवस्था पूरा गरिरहेका हुनेछौ।+ ३  किनकि यदि कसैले आफू केही नभए तापनि को-को न हुँ भनी सम्झन्छ भने+ उसले आफैलाई धोका दिइरहेको हुन्छ। ४  तर हरेकले आफ्नो काम जाँचोस्‌,+ तब उसले अरूसित तुलना गरेर होइन तर आफ्नै काममा रमाउने कारण पाउनेछ।+ ५  किनकि हरेकले आफ्नो भारी* आफै बोक्नेछ।+ ६  साथै जसले परमेश्‍वरको वचनसम्बन्धी शिक्षा* सिकिरहेको छ, उसले यस्तो शिक्षा दिनेसित सबै असल कुरा बाँडचुँड गरोस्‌।+ ७  नबहकिओ: परमेश्‍वरलाई झुक्क्याउन सकिँदैन* किनकि मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।+ ८  किनकि जसले शरीरको लागि छर्छ, उसले आफ्नो शरीरबाट विनाशको कटनी गर्नेछ तर जसले पवित्र शक्‍तिको लागि छर्छ, उसले पवित्र शक्‍तिबाट अनन्त जीवनको कटनी गर्नेछ।+ ९  त्यसैले आओ, हामी असल काम गर्नमा हरेस नखाऔँ किनकि थाकेनौँ भने* हामीले ठीक समयमा कटनी गर्नेछौँ।+ १०  त्यसैले मौका* छँदै हामी सबैको भलाइ गरौँ, अझ विशेषगरि एउटै विश्‍वास हुने हाम्रा भाइबहिनीको। ११  हेर, मैले आफ्नै हातले कत्ति ठूलठूला अक्षरहरूमा यो चिठी लेखेको छु। १२  जो मानिसहरूमा राम्रो प्रभाव पार्न चाहन्छन्‌,* तिनीहरू नै तिमीहरूलाई खतना गर्न कर गर्ने मानिसहरू हुन्‌। ख्रिष्टको यातनाको खम्बाको* कारण आइपर्ने खेदोबाट उम्कन मात्र तिनीहरूले त्यसो गरेका हुन्‌। १३  किनकि खतना गर्नेहरू आफै पनि मोसाको व्यवस्था पालन गर्दैनन्‌+ तर तिमीहरूको विषयमा घमन्ड गर्न सकियोस्‌ भनेर तिमीहरूले चाहिँ खतना गरेको तिनीहरू चाहन्छन्‌। १४  तर म भने हाम्रा प्रभु येसु ख्रिष्टको यातनाको खम्बाबाहेक* अरू कुनै कुरामा कहिल्यै घमन्ड गर्नेछैनँ।+ उहाँद्वारै संसार मेरो नजरमा मरिसकेको छ* अनि म संसारको नजरमा। १५  किनकि न खतना गर्नु महत्त्वपूर्ण कुरा हो न त खतना नगर्नु नै+ तर नयाँ सृष्टि महत्त्वपूर्ण कुरा हो।+ १६  यस नियमबमोजिम ठीकसित चल्नेहरूजति सबैमाथि अर्थात्‌ परमेश्‍वरको इस्राएलमाथि+ शान्ति र कृपा होस्‌। १७  अब आइन्दा कसैले मलाई दुःख नदेओस्‌ किनकि म येसुको दास हुँ भनी चिनाउने डाम मेरो शरीरमा छ।+ १८  भाइहरू हो, तिमीहरूले देखाउने मनोभावमा हाम्रा प्रभु येसु ख्रिष्टको असीम अनुग्रह रहोस्‌। आमिन।

फुटनोटहरू

वा “जिम्मेवारीको भारी।”
वा “मौखिक शिक्षा।”
शा., “परमेश्‍वरको खिल्ली उडाउन सकिँदैन।”
वा “हार मानेनौँ भने।”
शा., “तोकिएको समय।”
वा “जो बाहिरबाट राम्रा देखिन चाहन्छन्‌।”
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “खम्बामा टाँगिएको छ।”