गलाती ३:१-२९

  • व्यवस्था पालन गर्नु र विश्‍वास गर्नुबीचको भिन्‍नता (१-१४)

    • धर्मी मानिस विश्‍वासले गर्दा नै जिउनेछ (११)

  • अब्राहामलाई व्यवस्थाको आधारमा प्रतिज्ञा गरिएको थिएन (१५-१८)

    • अब्राहामका सन्तान—ख्रिष्ट (१६)

  • मोसाको व्यवस्थाको सुरुवात र उद्देश्‍य (१९-२५)

  • विश्‍वासद्वारा परमेश्‍वरका छोराहरू (२६-२९)

    • जो ख्रिष्टका हुन्‌, तिनीहरू अब्राहामका सन्तान हुन्‌ (२९)

 ए अबुझ गलातीहरू हो, कसले तिमीहरूलाई भ्रममा पाऱ्‍यो?+ येसु ख्रिष्ट किन खम्बामा टाँगिनुभयो भनेर+ तिमीहरूलाई पहिल्यै स्पष्टसित बुझाइएको थियो। २  म तिमीहरूबाट केवल यो जान्‍न चाहन्छु: तिमीहरूले कसरी पवित्र शक्‍ति पायौ, व्यवस्था पालन गरेर वा आफूले सुनेको कुरामा विश्‍वास गरेर?+ ३  के तिमीहरू यत्तिको अबुझ छौ? के तिमीहरू आध्यात्मिक मार्गमा* चल्न सुरु गरेर अन्तमा आएर चाहिँ शारीरिक मार्गमा चल्दै छौ?+ ४  के तिमीहरूले बेकारमा यत्ति धेरै दुःख भोग्यौ? त्यो बेकार थियो भनी म मान्दिनँ। ५  जसले तिमीहरूलाई पवित्र शक्‍ति दिन्छ र तिमीहरूमाझ शक्‍तिशाली कामहरू गर्छ,+ तिनी किन त्यसो गर्छन्‌, तिमीहरूले व्यवस्था पालन गरेकाले वा आफूले सुनेको कुरामा तिमीहरूले विश्‍वास गरेकाले? ६  अब्राहामले पनि “यहोवा* परमेश्‍वरमाथि विश्‍वास गरे र यसले गर्दा तिनी उहाँको नजरमा धर्मी ठहरिए।”+ ७  तिमीहरूलाई पक्कै थाह छ, विश्‍वासअनुसार चल्नेहरू नै अब्राहामका सन्तान हुन्‌।+ ८  परमेश्‍वरले अन्यजातिका मानिसहरूलाई विश्‍वासको आधारमा धर्मी ठहराउनुहुनेछ भनेर पहिल्यै देखेको हुनाले धर्मशास्त्रले अब्राहामलाई पहिल्यै यो सुसमाचार सुनायो: “तिमीद्वारा सबै जातिले आशिष्‌ पाउनेछन्‌।”+ ९  यसकारण जो विश्‍वासअनुसार चल्छन्‌, तिनीहरूले अब्राहामले जस्तै आशिष्‌ पाउँछन्‌, जोसँग विश्‍वास थियो।+ १०  व्यवस्थाबमोजिमको काममा भर पर्नेहरू सबै श्रापित हुन्‌ किनकि यस्तो लेखिएको छ: “मोसाको व्यवस्थाको मुठामा लेखिएको हरेक कुरा पालन नगर्ने सबै जना श्रापित हुन्‌।”+ ११  यसबाहेक व्यवस्थाद्वारा कोही पनि परमेश्‍वरको नजरमा धर्मी ठहरिँदैन भन्‍ने कुरा प्रस्ट छ+ किनभने यस्तो लेखिएको छ, “धर्मी मानिस विश्‍वासैले गर्दा जिउनेछ।”+ १२  अब मोसाको व्यवस्थाको आधार विश्‍वास होइन किनकि यस्तो लेखिएको छ, “जसले यी कुराहरू गर्छ, ऊ जिउनेछ।”+ १३  ख्रिष्टले हामीलाई किन्‍नुभयो+ र हाम्रो सट्टामा आफै श्रापित हुनुभएर हामीलाई मोसाको व्यवस्थाको श्रापबाट छुटाउनुभयो+ किनभने यस्तो लेखिएको छ: “खम्बामा टाँगिएको हरेक मानिस श्रापित हुन्छ।”+ १४  यसको उद्देश्‍य यही थियो कि अन्यजातिले ख्रिष्ट येसुद्वारा अब्राहामको आशिष्‌ पाऊन्‌+ अनि हामीले आफ्नो विश्‍वासद्वारा प्रतिज्ञा गरिएको पवित्र शक्‍ति+ पाउन सकौँ। १५  भाइहरू हो, मानिसहरूको चलनलाई लिएर म एउटा उदाहरण दिन्छु: कुनै करार पक्का भइसकेपछि, चाहे त्यसलाई कुनै मानिसले नै पक्का गरेको किन नहोस्‌, कसैले त्यसलाई रद्द गर्दैन वा त्यसमा थपथाप गर्दैन। १६  अब प्रतिज्ञाहरू अब्राहाम र तिनको सन्तानलाई* गरिएको थियो।+ मानौँ धेरै जनालाई प्रतिज्ञा गरिएजस्तो गरी “सन्तानहरूलाई”* भनिएको छैन बरु एक जनालाई मात्र प्रतिज्ञा गरिए जस्तो गरी यसो भनिएको छ: “र तिम्रा सन्तानको,”* जो ख्रिष्ट हुनुहुन्छ।+ १७  साथै म यसो भन्छु: परमेश्‍वरले पहिल्यै गर्नुभएको करारलाई ४३० वर्षपछि अस्तित्वमा आएको+ मोसाको व्यवस्थाले रद्द गर्दैन र त्यसले प्रतिज्ञालाई खारेज पनि गर्दैन। १८  किनकि यदि उत्तराधिकार व्यवस्थाको आधारमा दिइने हो भने प्रतिज्ञाको आधारमा पाउने कुरै भएन तर परमेश्‍वरले दया गरेर अब्राहामलाई यो उत्तराधिकार प्रतिज्ञाद्वारा दिनुभएको हो।+ १९  त्यसोभए मोसाको व्यवस्था किन दिइयो त? यो पछि यसकारणले दिइएको थियो कि जुन सन्तानलाई प्रतिज्ञा गरिएको थियो, त्यो सन्तान नआउन्जेल+ अपराधहरू प्रकट होस्‌।+ अनि यो व्यवस्था स्वर्गदूतहरूमार्फत+ एक जना मध्यस्थकर्ताद्वारा+ दिइयो। २०  जहाँ एउटा पक्ष मात्र हुन्छ, त्यहाँ कुनै मध्यस्थकर्ताको खाँचो पर्दैन; परमेश्‍वरले प्रतिज्ञा गर्नुहुँदा उहाँ मात्र एउटा पक्ष हुनुहुन्थ्यो। २१  त्यसोभए के मोसाको व्यवस्था परमेश्‍वरका प्रतिज्ञाहरूको विरुद्धमा थियो? त्यस्तो हुनै सक्दैन! किनकि यदि जीवन दिन सक्ने व्यवस्था दिइएको भए व्यवस्थाद्वारा साँच्चै धर्मी ठहरिन सकिने थियो। २२  तर धर्मशास्त्रले सबै कुरा पापको हिरासतमा सुम्पिदियो ताकि येसु ख्रिष्टमाथिको विश्‍वासद्वारा पाइने प्रतिज्ञा विश्‍वास गर्नेजतिलाई दिइयोस्‌। २३  तथापि विश्‍वास आउनुअघि व्यवस्थाले हाम्रो रखवाली गरिरहेको थियो, हामी सबै त्यसको हिरासतमा सुम्पिइएका थियौँ अनि हामी त्यस विश्‍वासको बाटो हेरिरहेका थियौँ, जुन प्रकट हुन लागेको थियो।+ २४  यसरी मोसाको व्यवस्था ख्रिष्टसम्म पुऱ्‍याउने हाम्रो अभिभावक* बन्यो+ ताकि विश्‍वासले गर्दा हामी धर्मी ठहरिन सकौँ।+ २५  तर अब विश्‍वास आइपुगेको छ,+ त्यसैले हामी अभिभावकको अधीनमा छैनौँ।+ २६  ख्रिष्ट येसुमा विश्‍वास गरेकाले तिमीहरू सबै वास्तवमा परमेश्‍वरका छोराहरू हौ।+ २७  किनकि तिमीहरू सबै, जसको ख्रिष्टमा बप्तिस्मा भएको थियो, तिमीहरूले ख्रिष्टलाई धारण गरेका छौ।+ २८  यसैले तिमीहरू न यहुदी न ग्रीक,+ न दास न स्वतन्त्र मानिस,+ न पुरुष न स्त्री नै हौ+ किनकि तिमीहरू सबै ख्रिष्ट येसुमा एक हौ।+ २९  यसबाहेक यदि तिमीहरू ख्रिष्टका हौ भने तिमीहरू साँच्चै अब्राहामका सन्तान+ र प्रतिज्ञाका+ उत्तराधिकारीहरू हौ।+

फुटनोटहरू

वा “पवित्र शक्‍तिअनुसार।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “वंशको।”
वा “वंशहरूलाई।”
वा “वंशलाई।”
वा “शिक्षक।”