गलाती २:१-२१

  • पावल यरुसलेममा प्रेषितहरूलाई भेट्‌छन्‌ (१-१०)

  • पावल पत्रुसलाई (केफास) सच्याउँछन्‌ (११-१४)

  • विश्‍वासद्वारा मात्र धर्मी ठहरिन सकिन्छ (१५-२१)

 त्यसको १४ वर्षपछि बर्णाबाससित+ म फेरि यरुसलेम उक्लेँ अनि तितसलाई पनि आफूसँगै लगेँ।+ २  मलाई यरुसलेम जानू भनी प्रकट गरिएकोले म त्यहाँ गएँ अनि आफूले अन्यजातिका मानिसहरूलाई प्रचार गर्दै गरेको सुसमाचारबारे बताएँ। तर मैले त्यसबारे त्यहाँका गण्यमान्य पुरुषहरूसित मात्र कुरा गरेँ किनकि मैले जुन दौडधूप गरिरहेको थिएँ वा गरेको थिएँ, त्यो बेकार थिएन भनेर म पक्का गर्न चाहन्थेँ। ३  यद्यपि मसँगै गएका तितस+ ग्रीक भए तापनि उनलाई समेत तिनीहरूले खतना* गर्न कर गरेनन्‌।+ ४  तर यो मामिला ती झूटा भाइहरूले गर्दा उठेको थियो,+ जो हामीले ख्रिष्टको चेलाको रूपमा पाइरहेको स्वतन्त्रता+ खोसेर हामीलाई पूर्ण रूपमा आफ्नो दास बनाउन+ मण्डलीभित्र सुटुक्क घुसेका थिए। ५  तर तिनीहरूसामु हामी झुकेनौँ,+ अहँ, एकछिन* पनि झुकेनौँ। किनकि सुसमाचारको सत्यलाई तिमीहरूले पक्रिरहो भन्‍ने हामी चाहन्थ्यौँ। ६  तर जहाँसम्म गण्यमान्य भनी चिनिएका ती मानिसहरूको कुरा छ,+ तिनीहरूले वास्तवमा मलाई कुनै नयाँ कुरा बताएनन्‌। अरूले तिनीहरूलाई जतिसुकै महत्त्वपूर्ण ठानून्‌, त्यसले मलाई केही फरक पार्दैन किनकि परमेश्‍वरले मानिसको बाहिरी रूप हेर्नुहुन्‍न। ७  बरु खतना भएका मानिसहरूलाई सुसमाचार सुनाउने जिम्मेवारी पत्रुसलाई सुम्पिइएजस्तै खतना नभएका मानिसहरूलाई सुसमाचार सुनाउने जिम्मेवारी मलाई सुम्पिइएको छ+ भनी जब तिनीहरूले देखे— ८  किनकि खतना भएकाहरूको प्रेषित बन्‍न जसले पत्रुसलाई शक्‍ति दिनुभयो, उहाँले नै मलाई अन्यजातिका मानिसहरूको प्रेषित बन्‍न शक्‍ति दिनुभयो+ ९  अनि ममाथि देखाइएको असीम अनुग्रहबारे+ जब तिनीहरूले थाह पाए, तब मण्डलीका खम्बाहरू ठानिएका याकुब,+ केफास* अनि युहन्‍नाले बर्णाबास र मसित मित्रताको* दाहिने हात मिलाउँदै हामी अन्यजातिका मानिसहरूकहाँ जाने+ अनि तिनीहरूचाहिँ खतना भएका मानिसहरूकहाँ जाने सहमति जनाए। १०  तिनीहरूले यति मात्र भने कि गरिब भाइहरूको ख्याल गर्नू। अनि मैले त्यसै गर्ने पूरापूर कोसिस गरेको छु।+ ११  तथापि जब केफास*+ एन्टिओक+ आए, तब तिनकै सामुन्‍ने मैले तिनको विरोध गरेँ किनकि तिनी दोषी थिए भन्‍ने कुरा प्रस्टै थियो। १२  किनभने याकुबका+ केही मानिसहरू आउनुअघि तिनी अन्यजातिका मानिसहरूसित खान्थे+ तर जब तिनीहरू आए, तब खतना भएका मानिसहरूसित डराएर तिनले त्यसो गर्न छोडिदिए र अन्यजातिका मानिसहरूदेखि पन्छिए।+ १३  यो देखेर अरू यहुदीहरूले पनि तिनले जस्तै देखावटी* व्यवहार गर्न थाले। यहाँसम्म कि तिनीहरूको लहैलहैमा लागेर बर्णाबासले समेत त्यस्तै देखावटी व्यवहार गरे। १४  जब मैले यी मानिसहरूलाई सुसमाचारको सत्यबमोजिम ठीकसित चलिरहेको देखिनँ,+ तब तिनीहरू सबैको सामुन्‍ने केफासलाई* यसो भनेँ: “यदि तपाईँ यहुदी भएर पनि यहुदीहरू जस्तो नभई अन्यजातिका मानिसहरू जस्तो गरी चल्नुहुन्छ भने तपाईँले अन्यजातिका मानिसहरूलाई यहुदी रीतिरिवाजबमोजिम चल्न कसरी बाध्य पार्न सक्नुहुन्छ?”+ १५  हामी जो जन्मजात यहुदी हौँ र अन्यजातिजस्ता पापी होइनौँ, १६  हामीलाई यो थाह छ कि मानिस व्यवस्था पालन गरेर होइन तर येसु ख्रिष्टमाथि विश्‍वास गरेर मात्र धर्मी ठहरिन्छ।+ त्यसैगरि हामीले पनि ख्रिष्ट येसुमाथि विश्‍वास राखेका छौँ ताकि ख्रिष्टमाथि राखेको विश्‍वासले गर्दा हामी धर्मी ठहरिन सकौँ, व्यवस्था पालन गरेकोले त होइन किनकि व्यवस्था पालन गरेर कोही मानिस धर्मी ठहरिन सक्दैन।+ १७  अब यदि हामी, जो ख्रिष्टद्वारा धर्मी ठहरिने कोसिस गर्दै छौँ, हामी नै पापी ठहरियौँ भने के वास्तवमा ख्रिष्टले नै पाप गर्न प्रोत्साहन दिइरहनुभएको हुँदैन र? त्यस्तो त हुनै सक्दैन! १८  जुन कुरा मैले भत्काइसकेँ, त्यसलाई फेरि बनाउन थालेँ भने मैले आफैलाई अपराधी साबित गरिरहेको हुन्छु। १९  किनकि व्यवस्थाद्वारा म व्यवस्थाको नजरमा मरिसकेँ+ ताकि परमेश्‍वरको निम्ति म जीवित हुन सकूँ। २०  म ख्रिष्टसँगै खम्बामा टाँगिएको छु।+ त्यसैले अब म जीवित छैनँ+ तर ख्रिष्ट ममा जीवित हुनुहुन्छ। भनौँ भने अहिले म जुन जीवन बिताइरहेको छु, त्यो परमेश्‍वरको छोरामाथि विश्‍वास गरेर बिताउँछु,+ जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।+ २१  म परमेश्‍वरको असीम अनुग्रहलाई तिरस्कार गर्दिनँ*+ किनकि यदि व्यवस्था पालन गरेरै धर्मी ठहरिने भए ख्रिष्ट वास्तवमा बेकारमा मर्नुभयो।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शा., “एक घण्टा।”
तिनलाई पत्रुस पनि भनिन्छ।
वा “साझेदारीको।”
तिनलाई पत्रुस पनि भनिन्छ।
वा “कपटी।”
तिनलाई पत्रुस पनि भनिन्छ।
वा “पन्छ्याउँदिनँ।”