युहन्‍नालाई प्रकाश २०:१-१५

  • सैतानलाई १ हजार वर्षका लागि बाँधिनेछ (१-३)

  • ख्रिष्टसँग १ हजार वर्षसम्म शासन गर्नेहरू (४-६)

  • सैतानलाई मुक्‍त गरिनेछ, त्यसपछि नाश गरिनेछ (७-१०)

  • मरेकाहरूको सेतो सिंहासनसामु न्याय (११-१५)

२०  त्यसपछि मैले स्वर्गबाट एक जना स्वर्गदूत ओर्लिरहेको देखेँ। तिनको हातमा अगाध खाडलको साँचो+ र ठूलो साङ्‌लो थियो। २  तिनले त्यो अजिङ्‌गर+ अर्थात्‌ पुरानो सर्प,+ जो दियाबल+ र सैतान+ हो, त्यसलाई पक्रे अनि १ हजार वर्षका लागि बाँधे। ३  अनि १ हजार वर्ष नबितेसम्म त्यसले राष्ट्रहरूलाई बहकाउन नपाओस्‌ भनेर तिनले त्यसलाई अगाध खाडलमा+ हुर्ऱ्याए र त्यो बन्द गरेर लाहाछाप लगाए। त्यसपछि केही समयका लागि त्यसलाई मुक्‍त गरिनै पर्छ।+ ४  अनि मैले सिंहासनहरू देखेँ र ती सिंहासनहरूमा बस्नेहरूलाई न्याय गर्ने अख्तियार दिइयो। हो, मैले तिनीहरूलाई पनि देखेँ, जो येसुको विषयमा आफूले दिएको साक्षी अनि परमेश्‍वरको विषयमा आफूले बोलेको कुराले गर्दा मारिएका* थिए। साथै जङ्‌गली जनावर वा त्यसको मूर्तिको उपासना नगर्ने र आफ्नो निधार अनि हातमा त्यसको चिन्ह नलिनेहरूलाई+ पनि मैले देखेँ। तिनीहरू सबै जीवित भए अनि ख्रिष्टसित १ हजार वर्षसम्म राजाको रूपमा शासन गरे।+ ५  (बाँकी मरेकाहरूचाहिँ+ १ हजार वर्ष नबितेसम्म जीवित भएनन्‌।) यिनीहरू तिनै हुन्‌, जसलाई मृत्युबाट सुरुमा जीवित पारिन्छ।+ ६  जो-जो मृत्युबाट सुरुमा जीवित पारिन्छन्‌,+ तिनीहरू आनन्दित अनि पवित्र हुन्‌; तिनीहरूमाथि दोस्रो मृत्युको कुनै अख्तियार हुँदैन।+ बरु तिनीहरू परमेश्‍वरका अनि ख्रिष्टका पुजारी हुनेछन्‌+ र राजाको रूपमा १ हजार वर्षसम्म उहाँसित शासन गर्नेछन्‌।+ ७  एक हजार वर्ष सकिनेबित्तिकै सैतानलाई कैदबाट मुक्‍त गरिनेछ ८  र पृथ्वीको चारै कुनाका राष्ट्रहरू अर्थात्‌ गोग र मागोगलाई बहकाउन त्यो निस्कनेछ र तिनीहरूलाई लडाइँको निम्ति जम्मा गर्नेछ। तिनीहरूको सङ्‌ख्या समुद्रको बालुवाजत्तिकै हुनेछ। ९  तब तिनीहरू पृथ्वीको चारैतिर गए र पवित्र जनहरूको छाउनी अनि परमेश्‍वरको प्रिय सहरलाई घेरा हाले। तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म गऱ्‍यो।+ १०  त्यसपछि तिनीहरूलाई बहकाउने त्यस दियाबललाई आगो र गन्धकको कुण्डमा हुर्ऱ्याइयो, जहाँ जङ्‌गली जनावर+ र झूटो भविष्यवक्‍तालाई पहिल्यै हुर्ऱ्याइसकेको थियो;+ तिनीहरूलाई दिनरात सदासर्वदा सास्ती दिइनेछ।* ११  त्यसपछि मैले ठूलो सेतो सिंहासन र त्यसमा बस्नुहुनेलाई देखेँ।+ पृथ्वी अनि आकाश उहाँको नजरबाट भागे+ र तिनीहरूले कतै ठाउँ पाएनन्‌। १२  अनि के साना, के ठूला, मरिसकेका मानिसहरू सिंहासनको अगाडि उभिरहेका मैले देखेँ र पुस्तकहरू* खोलिएको पनि मैले देखेँ। तब अर्को एउटा पुस्तक* पनि खोलियो; त्यो जीवनको पुस्तक थियो।+ अनि ती पुस्तकहरूमा लेखिएबमोजिमै ती मानिसहरूको कामअनुसार तिनीहरूको न्याय भयो।+ १३  त्यसपछि समुद्रले आफूसँग भएका मरेका मानिसहरू दियो। मृत्यु र चिहानले* पनि आफूहरूसँग भएका मरेका मानिसहरू दिए। अनि तिनीहरूको कामअनुसार तिनीहरू हरेकको न्याय गरियो।+ १४  त्यसपछि मृत्यु र चिहानलाई अग्निकुण्डमा हुर्ऱ्याइयो।+ यस अग्निकुण्डको+ अर्थ दोस्रो मृत्यु हो।+ १५  यसबाहेक ज-जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन,+ तिनीहरूलाई पनि अग्निकुण्डमा हुर्ऱ्याइयो।+

फुटनोटहरू

शा., “बन्चरोले मारिएका।”
वा “बन्धनमा राखिनेछ; कैदमा हालिनेछ।”
वा “मुठाहरू।”
वा “मुठा।”
ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।