युहन्‍नालाई प्रकाश १२:१-१७

  • स्त्री, छोरा र अजिङ्‌गर (१-६)

  • माइकल अजिङ्‌गरसित लडाइँ गर्छन्‌ (७-१२)

    • अजिङ्‌गरलाई पृथ्वीमा हुर्ऱ्याइन्छ ()

    • आफ्नो समय थोरै मात्र बाँकी छ भनेर दियाबललाई थाह छ (१२)

  • अजिङ्‌गर स्त्रीको खेदो गर्छ (१३-१७)

१२  त्यसपछि स्वर्गमा एउटा ठूलो चिन्ह देखियो: सूर्य पहिरेकी, पाउमुनि चन्द्रमा भएकी अनि १२ वटा ताराको एउटा मुकुट लगाएकी स्त्री+ देखा परिन्‌। २  तिनी गर्भवती थिइन्‌। पीडाले गर्दा तिनी चिच्याइरहेकी थिइन्‌ र प्रसववेदनाले गर्दा छटपटाइरहेकी थिइन्‌। ३  त्यसपछि स्वर्गमा एउटा अर्को चिन्ह देखियो। हेर! चहकिलो रातो रङ्‌गको एउटा ठूलो अजिङ्‌गर+ देखा पऱ्‍यो। त्यसको सात वटा टाउका अनि १० वटा सिङ थिए र त्यसका टाउकाहरूमा सात वटा ताज* थिए। ४  त्यसले आफ्नो पुच्छरले स्वर्गको एक तिहाइ तारा+ तानेर तल पृथ्वीमा हुर्ऱ्यायो।+ अनि बच्चा जन्माउनै लागेकी ती स्त्रीले बच्चा जन्माउनेबित्तिकै तिनको बच्चालाई निलिहालूँ भनेर त्यो अजिङ्‌गर ती स्त्रीको+ अगाडि उभिरह्‍यो। ५  तब ती स्त्रीले एउटा बालक, हो, एउटा छोरा जन्माइन्‌,+ जसले गोठालोले झैँ सबै राष्ट्रलाई फलामको डन्डाले डोऱ्‍याउनेछ।+ त्यसपछि तिनको बालकलाई खोसेर परमेश्‍वर अनि उहाँको सिंहासन भएको ठाउँमा लगियो। ६  अनि ती स्त्री भागेर निर्जनभूमिमा गइन्‌, जहाँ १ हजार २ सय ६० दिनसम्म+ तिनको पालनपोषण गरियोस्‌ भनेर परमेश्‍वरले एउटा ठाउँ तयार पार्नुभएको थियो। ७  तब स्वर्गमा लडाइँ भयो: माइकल*+ र उनका स्वर्गदूतहरूले त्यस अजिङ्‌गरसित अनि अजिङ्‌गर र त्यसका स्वर्गदूतहरूले उनीहरूसित युद्ध गरे। ८  तर त्यो अजिङ्‌गर र त्यसका स्वर्गदूतहरूले जित्न सकेनन्‌* र तिनीहरूको निम्ति स्वर्गमा कुनै ठाउँ बाँकी रहेन। ९  त्यसैले दियाबल+ अनि सैतान+ भनिने र सारा संसारलाई ठग्ने+ त्यो ठूलो अजिङ्‌गर+ अर्थात्‌ पुरानो सर्पलाई+ तल पृथ्वीमा हुर्ऱ्याइयो+ अनि त्यससँगसँगै त्यसका स्वर्गदूतहरू पनि हुर्ऱ्याइए। १०  मैले स्वर्गमा यसो भन्दै गरेको एउटा चर्को आवाज सुनेँ: “अब हाम्रा परमेश्‍वरले गर्नुहुने उद्धार,+ उहाँको शक्‍ति, उहाँको राज्य+ अनि उहाँको ख्रिष्टको अख्तियार प्रकट भएको छ किनकि हाम्रा भाइहरूको आरोपक तल हुर्ऱ्याइएको छ, जसले हाम्रा परमेश्‍वरसामु दिनरात तिनीहरूलाई दोष लगाउँछ!+ ११  तर पाठोको रगतले गर्दा+ र आफूले साक्षी दिएको वचनले गर्दा+ तिनीहरू विजयी भए।+ साथै मृत्युको मुखमा पर्दा समेत तिनीहरूले आफ्नो जीवनलाई प्यारो ठानेनन्‌।+ १२  त्यसकारण हे स्वर्ग अनि त्यसमा बास गर्नेहरू हो, रमाओ! तर पृथ्वी र समुद्रलाई+ भने धिक्कार छ किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी छ+ भनी थाह भएकोले त्यो असाध्यै रिसाएको छ।” १३  आफूलाई तल पृथ्वीमा हुर्ऱ्याएको+ पाएपछि अजिङ्‌गरले छोरा जन्माएकी ती स्त्रीको+ खेदो गऱ्‍यो। १४  तर ती स्त्रीलाई ठूलो चीलका दुई वटा पखेटा+ दिइयो ताकि तिनी निर्जनभूमिमा तिनको निम्ति तयार पारिएको ठाउँमा उडेर जान सकून्‌ अनि त्यस सर्पबाट+ टाढा रहन सकून्‌। त्यहाँ एक काल, दुई काल अनि आधा कालको लागि*+ तिनको पालनपोषण गरिने थियो। १५  ती स्त्री डुबेर मरून्‌ भनेर त्यस अजिङ्‌गरले तिनको पछिपछि आफ्नो मुखबाट नदीजस्तो पानीको फोहोरा ओकल्यो। १६  तर पृथ्वी ती स्त्रीलाई मदत गर्न आयो र त्यस अजिङ्‌गरले आफ्नो मुखबाट ओकलेको नदीलाई पृथ्वीले आफ्नो मुख खोलेर निल्यो। १७  त्यसैले त्यो अजिङ्‌गर ती स्त्रीसित क्रोधित भयो र तिनका बाँकी रहेका ती सन्तानसित+ लडाइँ गर्न गयो, जसले परमेश्‍वरको आज्ञा पालन गर्छन्‌ अनि येसुको विषयमा साक्षी दिने+ काम पाएका छन्‌।

फुटनोटहरू

वा “शाही फेटा।”
यसको अर्थ हो “परमेश्‍वरजस्तो को छ?”
वा सम्भवतः “त्यसले [अर्थात्‌, अजिङ्‌गरले] हाऱ्‍यो।”
अर्थात्‌, साढे तीन कालको लागि।