युहन्‍नालाई प्रकाश ११:१-१९

  • दुई जना साक्षी (१-१३)

    • भाङ्‌ग्रा ओढेर १ हजार २ सय ६० दिनसम्म भविष्यवाणी गर्छन्‌ ()

    • मारिन्छन्‌ र नगाडी त्यसै छाडिन्छन्‌ (७-१०)

    • साढे तीन दिनपछि जीवित बनाइन्छन्‌ (११, १२)

  • दोस्रो विपत्ति गयो, तेस्रो आउँदै छ (१४)

  • सातौँ बिगुल (१५-१९)

    • हाम्रा परमेश्‍वरको अनि उहाँको ख्रिष्टको राज्य (१५)

    • पृथ्वीका विनाशकारीहरूलाई विनाश गरिनेछ (१८)

११  अनि मलाई नर्कटको एउटा टाँगो*+ दिइयो र यसो भनियो: “उठ, परमेश्‍वरको मन्दिर, वेदी अनि त्यहाँ उपासना गर्नेहरूको नाप लेऊ। २  तर मन्दिरबाहिरको चोकलाई भने छोड, त्यसलाई ननाप किनभने त्यो अन्यजातिका मानिसहरूलाई दिइएको छ र तिनीहरूले पवित्र सहरलाई+ ४२ महिनासम्म आफ्नो खुट्टामुनि कुल्चीमिल्ची गर्नेछन्‌।+ ३  म आफ्ना दुई जना साक्षीलाई १ हजार २ सय ६० दिनसम्म भाङ्‌ग्रा ओढेर भविष्यवाणी गर्न लगाउनेछु।” ४  यी दुई साक्षीलाई जैतुनका दुई वटा रूख अनि दुई वटा पानसले सङ्‌केत गर्छ+ र तिनीहरू पृथ्वीका मालिकको अगाडि उभिरहेका छन्‌।+ ५  कसैले तिनीहरूलाई हानि पुऱ्‍याउन खोजेमा तिनीहरूको मुखबाट आगो निस्कन्छ र तिनीहरूका शत्रुहरूलाई भस्म गर्छ। यदि कसैले तिनीहरूलाई हानि पुऱ्‍याउन खोजेमा उसलाई यसरी नै मारिनेछ। ६  आफूले भविष्यवाणी गरिरहेका दिनहरूमा पानी नपरोस्‌ भनेर आकाशलाई बन्द गर्ने अख्तियार तिनीहरूसित छ+ अनि पानीलाई रगत बनाउने+ र आफूलाई जति मन लाग्छ उति खेप पृथ्वीमा हरकिसिमका विपत्ति ल्याउने अख्तियार पनि तिनीहरूसित छ। ७  तिनीहरूले साक्षी दिने काम सिद्‌ध्याएपछि अगाध खाडलबाट निस्केर आउने जङ्‌गली जनावरले तिनीहरूसित युद्ध गर्नेछ र तिनीहरूमाथि विजय हासिल गरेर तिनीहरूलाई मार्नेछ।+ ८  अनि तिनीहरूको लास त्यस ठूलो सहरको मूलबाटोमा त्यत्तिकै छोडिनेछ, जुन सहरलाई प्रतीकात्मक अर्थमा सदोम र मिश्र* भनिन्छ, जहाँ तिनीहरूका प्रभुलाई पनि खम्बामा मारिएको थियो। ९  तब जातिजाति, कुलकुल, भाषाभाषा र राष्ट्रराष्ट्रका मानिसहरूले साढे तीन दिनसम्म तिनीहरूको लास हेर्नेछन्‌+ तर तिनीहरूको लासलाई चिहानमा राख्न भने दिनेछैनन्‌। १०  अनि तिनीहरूको मृत्यु भएकोमा पृथ्वीमा बास गर्नेहरू रमाउनेछन्‌, खुसीयाली मनाउनेछन्‌ र उपहार आदानप्रदान गर्नेछन्‌ किनकि ती दुई भविष्यवक्‍ताले पृथ्वीमा बास गर्नेहरूलाई सास्ती दिएका थिए। ११  साढे तीन दिनपछि परमेश्‍वरले दिनुहुने जीवनशक्‍ति तिनीहरूभित्र पस्यो+ र तिनीहरू आफ्नो खुट्टामा उभिए अनि ज-जसले तिनीहरूलाई देखे, तिनीहरूमा ठूलो डर छायो। १२  अनि स्वर्गबाट आएको एउटा चर्को आवाजले आफूलाई यसो भनिरहेको तिनीहरूले सुने: “यहाँ माथि आओ।” त्यसपछि तिनीहरू बादलमा माथि आकाशतिर गए र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई देखे।* १३  तब उत्तिखेरै ठूलो भूकम्प गयो र त्यस सहरको दस भागको एक भाग नष्ट भयो; त्यो भूकम्पले गर्दा ७ हजार मानिस मरे। बाँकीचाहिँ डराए अनि स्वर्गका परमेश्‍वरलाई महिमा दिए। १४  दोस्रो विपत्ति+ गइसक्यो। हेर! तेस्रो विपत्ति छिट्टै आउँदै छ। १५  सातौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ तब स्वर्गमा यसो भन्दै गरेका चर्का आवाजहरू सुनिए: “संसारको राज्य हाम्रा परमेश्‍वरको+ अनि उहाँको ख्रिष्टको राज्य भएको छ+ र परमेश्‍वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”+ १६  तब परमेश्‍वरको अगाडि आ-आफ्नो सिंहासनमा बसिरहेका २४ जना एल्डर+ घोप्टो परे अनि परमेश्‍वरको उपासना गर्दै १७  यसो भने: “हे सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा,* जो हुनुहुन्छ+ अनि जो हुनुहुन्थ्यो, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ किनभने तपाईँले ठूलो शक्‍ति आफ्नो हातमा लिएर राजाको रूपमा शासन गर्न थाल्नुभएको छ।+ १८  तर राष्ट्रहरू क्रोधित भए अनि तपाईँले तिनीहरूमाथि आफ्नो क्रोध पोखाउनुभयो। यसबाहेक मरिसकेका मानिसहरूको न्याय गर्ने, तपाईँका दासहरू अर्थात्‌ भविष्यवक्‍ताहरूका साथै+ पवित्र जनहरूलाई अनि के साना, के ठूला, तपाईँको डर मान्‍नेजति सबैलाई इनाम दिने+ र पृथ्वीका विनाशकारीहरूलाई*+ विनाश गर्ने तपाईँको तोकिएको समय आएको छ।” १९  त्यसपछि स्वर्गमा भएको परमेश्‍वरको मन्दिर खोलियो र उहाँको करारको सन्दुक त्यहाँ देखियो।+ तब बिजुलीहरू चम्के, आवाजहरू सुनिए, मेघहरू गर्जिए, भूकम्प गयो अनि ठूलठूलो असिना पऱ्‍यो।

फुटनोटहरू

वा “नाप्ने टाँगो।” शब्दावलीमा “नाप्ने टाँगो” हेर्नुहोस्‌।
वा “इजिप्ट।”
वा “हेरिरहेका थिए।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “पृथ्वीलाई भ्रष्ट पार्नेहरूलाई।”