युहन्‍नालाई प्रकाश १:१-२०

  • परमेश्‍वरले येसुद्वारा प्रकट गर्नुभएको प्रकाश (१-३)

  • सात वटा मण्डलीलाई अभिवादन (४-८)

    • “अल्फा र ओमेगा म नै हुँ” ()

  • पवित्र शक्‍तिको प्रेरणाद्वारा युहन्‍ना प्रभुको दिनमा पुग्छन्‌ (९-११)

  • महिमित येसुको दर्शन (१२-२०)

 येसु ख्रिष्टबाट भएको प्रकाश,* जो छिट्टै हुन लागेका कुराहरू आफ्ना दासहरूलाई प्रकट गर्न+ परमेश्‍वरले उहाँलाई दिनुभयो।+ अनि येसुले आफ्नो स्वर्गदूत पठाएर परमेश्‍वरको दास* युहन्‍नालाई+ चिन्हहरूद्वारा ती प्रकट गर्नुभयो २  अनि तिनले आफूले देखेका सबै कुराको अर्थात्‌ परमेश्‍वरले दिनुभएको वचनको अनि येसु ख्रिष्टले दिनुभएको साक्षीको गवाही दिए। ३  आनन्दित हो त्यो मानिस, जसले यस भविष्यवाणीका वचनहरू ठूलो स्वरमा पढेर सुनाउँछ अनि आनन्दित हुन्‌ ती मानिसहरू, जसले ती सुन्छन्‌ र जसले ती पालन गर्छन्‌+ किनकि तोकिएको समय नजिकै छ। ४  एसिया प्रान्तका सात वटा मण्डलीलाई+ युहन्‍नाको सन्देश: “जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो अनि जो आउँदै हुनुहुन्छ,” उहाँको+ अनि उहाँको सिंहासनसामु भएका सात वटा शक्‍तिको+ असीम अनुग्रह अनि शान्ति तिमीहरूमाथि रहोस्‌, ५  साथै येसु ख्रिष्टको पनि, जो “विश्‍वासयोग्य साक्षी,”+ “मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएका पहिलो सन्तान”+ अनि “पृथ्वीका राजाहरूका शासक”+ हुनुहुन्छ। उहाँ हामीलाई प्रेम गर्नुहुन्छ+ र उहाँले आफ्नै रगतद्वारा हामीलाई हाम्रो पापको बन्धनबाट मुक्‍त गर्नुभयो+ ६  अनि उहाँले हामीलाई आफ्ना परमेश्‍वर तथा बुबाको लागि राजा+ र पुजारी+ बनाउनुभयो। हो, महिमा र पराक्रम सदासर्वदा उहाँकै होस्‌। आमिन। ७  हेर! उहाँ बादलहरूका साथ आउँदै हुनुहुन्छ।+ तब हरेक आँखाले अनि उहाँलाई घोच्नेहरूले उहाँलाई देख्नेछन्‌ र पृथ्वीका सबै कुलले उहाँको कारण विलाप गर्दै आफ्नो छाती पिट्‌नेछन्‌।+ हो, यो पक्कै हुनेछ। आमिन। ८  यहोवा* परमेश्‍वर, “जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो आउँदै हुनुहुन्छ अनि जो सर्वशक्‍तिमान्‌ हुनुहुन्छ,”+ उहाँ भन्‍नुहुन्छ: “अल्फा र ओमेगा* म नै हुँ।”+ ९  म युहन्‍ना, तिमीहरूको भाइ अनि येसुको चेला भएको नाताले तिमीहरूसँगसँगै सङ्‌कष्ट भोग्ने,+ राज्य गर्ने+ अनि सहने+ मानिस हुँ।+ परमेश्‍वरको विषयमा बोलेकोले अनि येसुबारे साक्षी दिएकोले म पत्मोस नाम गरेको टापुमा थिएँ। १०  पवित्र शक्‍तिको प्रेरणाद्वारा म प्रभुको दिनमा पुगेँ र मैले मेरो पछाडि बिगुल फुकेको जस्तो चर्को आवाज सुनेँ। ११  त्यस आवाजले मलाई यसो भनिरहेको थियो: “तिमी जे देख्छौ, एउटा मुठामा लेख अनि यी सात वटा मण्डलीलाई पठाऊ: एफिसस,+ स्मर्ना,+ पर्गामम,+ थिआटिरा,+ सार्डिस,+ फिलाडेल्फिया+ र लाओडिसिया।”+ १२  मसित बोल्ने को रहेछ भनेर हेर्न म पछाडि फर्केँ। अनि फर्केर हेर्दा मैले सुनका सात वटा पानस देखेँ+ १३  र ती पानसहरूको बीचमा मानिसको छोराजस्तो कोही एक जनालाई देखेँ।+ तिनले पाउसम्मै पुग्ने लामो लुगा लगाएका थिए अनि छातीमा सुनको फित्ता बाँधेका थिए। १४  यसबाहेक तिनको शिर र तिनको केश सेतो ऊन अनि हिउँजस्तो सेतो थियो र तिनको आँखा आगोको ज्वालाजस्ता थिए,+ १५  तिनका पाउ आगोको भट्टीमा चम्किरहेको शुद्ध तामाजस्तै थिए+ अनि आवाजचाहिँ उर्लिरहेको पानीको गर्जनजस्तै थियो। १६  तिनको दाहिने हातमा सात वटा तारा थिए+ र तिनको मुखबाट धारिलो अनि लामो दुईधारे तरबार निस्किरहेको थियो।+ तिनको मुहार पूरा तेजमा चम्किरहेको घामजस्तै थियो।+ १७  तिनलाई देखेर म मुर्दाझैँ अचेत भएँ र तिनका पाउमा पछारिएँ। अनि तिनले आफ्नो दाहिने हात ममाथि राखेर भने: “नडराऊ। पहिलो+ र अन्तिम+ १८  अनि जीवित म नै हुँ।+ म मरेको थिएँ+ तर हेर! म सधैँका लागि जीवित भएको छु।+ अनि मसित मृत्यु र चिहानका* साँचाहरू छन्‌।+ १९  त्यसैले तिमीले जे देख्यौ, अहिले जे भइरहेको छ अनि यसपछि जे हुनेछ, ती सबै कुरा लेख। २०  तिमीले मेरो दाहिने हातमा देखेको सात वटा तारा अनि सुनका सात वटा पानसको पवित्र रहस्य यही हो: सात वटा ताराको अर्थ सात वटा मण्डलीका स्वर्गदूतहरू हो अनि सात वटा पानसको अर्थचाहिँ सात वटा मण्डली हो।+

फुटनोटहरू

वा “आफ्नो दास।”
वा “खुलाइएका कुराहरू।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
शब्दावलीमा “अल्फा र ओमेगा” हेर्नुहोस्‌।
ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।