हितोपदेश ८:१-३६

  • बुद्धिले बोल्ने कुराहरू (१-३६)

    • ‘सबै कुराभन्दा पहिला परमेश्‍वरले मलाई सृष्टि गर्नुभयो’ (२२)

    • ‘मुख्य कारिगरको रूपमा परमेश्‍वरको छेवैमा’ (३०)

    • ‘मानिसहरू देखेर मलाई खुसी लाग्थ्यो’ (३१)

 हेर, बुद्धि ठूलो स्वरले कराउँदै छ! अनि समझशक्‍तिले आफ्नो आवाज उचाल्दै छ!+  २  त्यो सडकछेउका अग्ला ठाउँहरूमा+ अनि चौबाटोहरूमा उभिन्छ।  ३  त्यो सहरको मूलढोकाको छेउमा बस्छ, त्यो ढोकाको मुखैमा उभिन्छ अनि ठूलो स्वरले यसो भन्दै कराइरहन्छ:+  ४  “हे मानिसहरू हो, मेरो कुरा सुन; म तिमीहरू सबैलाई भन्दै छु।  ५  हे अनुभवहीन मानिसहरू हो, चतुर हुन सिक।+ हे मूर्खहरू हो, समझदार हृदय हासिल गर।  ६  मेरो कुरा सुन किनभने म महत्त्वपूर्ण कुरा भन्दै छु, मेरो ओठले जे बोल्छ, त्यो सही छ।  ७  मेरो मुखले साँचो कुरा मात्र गुनगुनाउँछ; मेरो ओठले दुष्ट कुरालाई घृणा गर्छ।  ८  मेरो मुखबाट निस्कने सबै कुरा सही छ, एउटै पनि टेढोमेढो छैन, छलकपटले भरिएको छैन।  ९  समझदार मानिसका लागि ती प्रस्ट छन्‌ अनि ज्ञान हासिल गरेकाहरूका लागि सही छन्‌। १०  चाँदी होइन, मेरो अर्ती लेऊ निखुर सुन होइन, मेरो ज्ञान लेऊ+ ११  किनकि मुगाभन्दा* बुद्धि उत्तम हुन्छ; अरू कुनै बहुमूल्य थोकसित यसको तुलना गर्न सकिँदैन। १२  म बुद्धि हुँ र चलाखी मेरो साथमा छ; मसित ज्ञान र सोच्ने क्षमता छ।+ १३  यहोवाको डर मान्‍ने मानिसले खराब कुरालाई घृणा गर्छ।+ अहङ्‌कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु। १४  मसित असल सल्लाह र बुद्धि* छ;+ समझ+ र तागत+ पनि मसितै छ। १५  मेरो साथ पाएर राजाहरूले शासन गर्छन्‌; हाकिमहरूले सही निर्णय गर्छन्‌।+ १६  मेरो साथ पाएर राजकुमारहरूले राज्य चलाउँछन्‌; हाकिमहरूले ठीकसित न्याय गर्छन्‌। १७  ज-जसले मलाई प्रेम गर्छन्‌, उनीहरूलाई म प्रेम गर्छु; ज-जसले मेरो खोजी गर्छन्‌, उनीहरूले मलाई भेट्टाउनेछन्‌।+ १८  मसित धनसम्पत्ति र गौरव अनि कहिल्यै नसिद्धिने धन* र धार्मिकता छ। १९  मैले दिने उपहार सुनभन्दा उत्तम छ, निखुर सुनभन्दा पनि उत्तम; म जे दिन्छु, त्यो शुद्ध चाँदीभन्दा बहुमूल्य छ।+ २०  म धार्मिकताको मार्गमा हिँड्‌छु; म न्यायको बाटोको बीचबाट हिँड्‌छु। २१  ज-जसले मलाई प्रेम गर्छन्‌, म उनीहरूलाई प्रशस्त धनसम्पत्ति दिन्छु; म उनीहरूका भण्डारहरू भरिदिन्छु। २२  सृष्टिको सुरुमा यहोवाले मलाई बनाउनुभयो;+ सबै कुराभन्दा पहिला उहाँले मलाई सृष्टि गर्नुभयो।+ २३  धेरै पहिले* उहाँले मलाई बनाउनुभयो;+ पृथ्वी सृष्टि गर्नुभन्दा पनि अघि उहाँले मलाई रच्नुभयो।+ २४  गहिरा महासागरहरू नहुँदै+ मेरो जन्म भयो; खोलानालाहरू हुनुभन्दा अघि नै म जन्मिएँ। २५  पहाडहरू बनिनुभन्दा पहिले, डाँडाकाँडाहरू बनिनुभन्दा पहिले म जन्मिएँ। २६  उहाँले धर्ती र यसका मैदानहरू बनाउनुभन्दा अघि, उहाँले माटो बनाउनुभन्दा अघि, २७  म त्यहीँ थिएँ, जब उहाँले आकाश बनाउनुभयो,+ जब उहाँले पानीमा सीमारेखा* कोर्नुभयो,+ २८  जब उहाँले आकाशमा बादल फैलाउनुभयो, जब उहाँले गहिरा महासागरहरूको मूल फुटाउनुभयो, २९  जब उहाँले समुद्रको सीमा तोक्नुभयो, जब उहाँले समुद्रको पानीलाई सीमा नतोड्‌न आदेश दिनुभयो,+ जब उहाँले पृथ्वीको जग बसाल्नुभयो,* ३०  तब म मुख्य कारिगरको रूपमा उहाँको छेवैमा काम गर्थेँ।+ हरेक दिन मलाई देखेर उहाँ असाध्यै रमाउनुहुन्थ्यो;+ उहाँसामु रहन पाएकोले म सधैँ खुसीले गद्‌गद हुन्थेँ;+ ३१  मानिस बस्न बनाइएको पृथ्वी देखेर म रमाएँ अनि मानिसहरू देखेर मलाई असाध्यै खुसी लाग्थ्यो। ३२  हे मेरा छोरा हो, मेरो कुरा सुन किनकि मैले देखाएको बाटोमा हिँड्‌नेहरू आनन्दित हुनेछन्‌। ३३  मेरो अर्ती सुन+ र बुद्धिमान्‌ होऊ; त्यसलाई कहिल्यै बेवास्ता नगर। ३४  मेरो कुरा सुन्‍ने मानिस सुखी हुन्छ, जो हरेक दिन सबेरै मेरो ढोकामा आउँछ,* जो मेरो घरको छेउमा पर्खेर बस्छ ३५  किनकि जसले मलाई भेट्टाउँछ, उसले जीवन पाउँछ,+ उसले यहोवाको निगाह पाउँछ। ३६  तर जसले मलाई बेवास्ता गर्छ, उसले आफैलाई हानि पुऱ्‍याउँछ; जसले मलाई घृणा गर्छ, उसले मृत्युलाई निम्त्याउँछ।”+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “व्यावहारिक ज्ञान।”
वा “पैतृक संस्कार।”
वा “परापूर्वकालमा।”
वा “क्षितिज।” शा., “गोलो घेरा।”
वा “जग बसाल्ने घोषणा गर्नुभयो।”
वा “जो हरेक दिन मेरो ढोकामा जागा रहन्छ।”