हितोपदेश २५:१-२८

  • गोपनीयता ()

  • ठीक बेलामा ठीक कुरा (११)

  • छिमेकीको घरमा घरीघरी नजाऊ (१७)

  • शत्रुको टाउकोमा कोइलाको भुङ्‌ग्रो थुपार्ने (२१, २२)

  • शुभ-समाचार चिसो पानीजस्तै हो (२५)

२५  यी हितोपदेश पनि सुलेमानका हुन्‌,+ जुन यहुदाका राजा हिजकियाहका+ भारदारहरूले सङ्‌कलन गरे र त्यसको नक्कल उतारे:  २  कुनै कुरा गोप्य राख्नु परमेश्‍वरको गौरव हो+ अनि मुद्दामामिलाको छानबिन गर्नुचाहिँ राजाहरूको गौरव हो।  ३  जसरी आकाशको उचाइ र पृथ्वीको गहिराइ थाह पाउन सकिँदैन, त्यसरी नै राजाको मनको कुरा पनि बुझ्न सकिँदैन।  ४  चाँदीबाट कसर निकाल अनि त्यो पूरै शुद्ध हुनेछ।+  ५  राजाको सामनेबाट दुष्टलाई हटाऊ अनि धार्मिकताले तिनको राजगद्दी स्थिर हुनेछ।+  ६  राजाको सामने आफूलाई ठूलो नदेखाऊ,+ ठूलाबडाको माझमा बस्न नखोज+  ७  किनकि ठूलाबडाको सामने तिम्रो अपमान हुनुभन्दा बरु उसले यसो भनेको बेस: “आऊ, यहाँ माथि बस।”+  ८  आफ्नो छिमेकीलाई मुद्दा हाल्न हतार नगर, उसले तिमीलाई गलत ठहरायो भने तिमी के गर्छौ?+  ९  छिमेकीसितको विवाद सुल्झाउन ऊसित छलफल गर+ तर तिमीसित गरेको गोप्य कुरा अरूलाई सुनाउँदै नहिँड*+ १०  नत्र त तिम्रो कुरा सुन्‍ने मानिसले तिमीलाई लाजमा पार्ला, तिमीले फैलाएको झूटलाई* फिर्ता ल्याउन सकिँदैन। ११  ठीक बेलामा ठीक कुरा भन्‍नु चाँदीको भाँडोमा सुनका स्याउ राख्नुजस्तै हो।+ १२  जसको सुन्‍ने कान छ, उसको लागि बुद्धिमान्‌ मानिसको कुरा सुनको कुण्डल र निखुर सुनको गहनाजस्तै हो।+ १३  विश्‍वासयोग्य दूत कटनीको दिनमा चिसो पानीले दिने शीतलताझैँ* हुन्छ किनकि उसले आफ्नो मालिकलाई नयाँ जोस दिन्छ।+ १४  उपहार दिन्छु भनेर फुर्ती लगाउने तर कहिल्यै नदिने मानिस पानी नपार्ने बादल र बतासजस्तै हो।+ १५  धैर्य गर्दा सेनापतिको मन जित्न सकिन्छ; नरम बोलीले* हड्डी पनि गलाउन सक्छ।+ १६  मह पायौ भने आफूलाई चाहिनेजति मात्र खाऊ; धेरै खायौ भने तिमीले बान्ता गरौला।+ १७  तिम्रो छिमेकीको घरमा घरीघरी नजाऊ नत्र त उसलाई दिक्क लागेर तिमीलाई घृणा गर्ला। १८  आफ्नो छिमेकीविरुद्ध झूटो साक्षी दिने मानिस लट्ठी, तरबार र तीखो काँडजस्तै हो।+ १९  भरोसा गर्न नसकिने मानिसमा* विपत्तिको बेला भर पर्नु भाँचिएको दाँतमा वा लुलो खुट्टामा भर पर्नुजस्तै हो। २०  मन उदास भएको मानिसको अगाडि गीत गाउनु जाडोमा लुगा फुकाल्नु अनि सोडामा* अमिलो झोल* खन्याउनुजस्तै हो।+ २१  तिम्रो शत्रु* भोकाएको छ भने उसलाई रोटी देऊ, ऊ तिर्खाएको छ भने उसलाई पानी खुवाऊ;+ २२  यसो गर्दा तिमीले कोइलाको भुङ्‌ग्रो उसको टाउकोमा थुपारिरहेका हुनेछौ*+ अनि यहोवाले तिमीलाई इनाम दिनुहुनेछ। २३  उत्तरबाट बहने बतासले मुसलधारे पानी पार्छ अनि कुरा काट्‌ने जिब्रोले अरूको अनुहार बिगार्छ।*+ २४  झगडालु* पत्नीसित एउटै घरमा बस्नुभन्दा कौसीको एउटा कुनामा बस्नु बेस हो।+ २५  टाढा देशबाट आएको शुभसमाचार तिर्खाएको बेला चिसो पानी पिउनुजस्तै हो।+ २६  दुष्ट मानिससामु झुक्ने* धर्मी मानिस धमिलो पानीको मुहान र दूषित कुवाजस्तै हो। २७  मह धेरै खानु राम्रो होइन+ अनि आफ्नै मान खोज्नु पनि उचित होइन।+ २८  रिस थाम्न नसक्ने मानिस पर्खाल भत्किएको सहरजस्तै हो।+

फुटनोटहरू

वा “अरूको गोप्य कुरा प्रकट नगर।”
वा “हानिकारक गफलाई।”
शा., “हिउँको शीतलताझैँ।”
शा., “नरम जिब्रोले।”
वा सम्भवतः “छली मानिसमा।”
यसले सोडियम कार्बोनेटलाई जनाउँछ।
वा “भिनेगर।”
शा., “तिमीलाई घृणा गर्ने मानिस।”
यसको अर्थ उसलाई कोमल र नरम बनाउनु हो।
वा “अरूलाई रिस उठाउँछ।”
वा “कचकचे।”
वा “सम्झौता गर्ने।” शा., “धरमराउने।”