यसैया ४५:१-२५

  • बेबिलोनलाई कब्जा गर्न कोरेसलाई अभिषेक गरिन्छ (१-८)

  • माटोले कुमालेसित निहुँ खोज्न सुहाउँदैन (९-१३)

  • अरू राष्ट्रहरूले इस्राएललाई सम्मान गर्छन्‌ (१४-१७)

  • परमेश्‍वर भरपर्दो हुनुहुन्छ भनेर उहाँको सृष्टि र उहाँले भन्‍नुभएका कुराले देखाउँछ (१८-२५)

    • पृथ्वी बसोबास गर्न बनाइयो (१८)

४५  जातिजातिमाथि अधिकार गर्न,+राजाहरूलाई दुर्बल पार्न*अनि ढोकाहरू खुल्लै रहून्‌ भनेरत्यसका दुवै खापा खोल्नआफूले अभिषेक गर्नुभएको जन कोरेसको+ दाहिने हात यहोवाले समात्नुभएको छ।+उहाँ तिनलाई यसो भन्‍नुहुन्छ:  २  “म तिम्रो अघिअघि जानेछु।+डाँडाहरूलाई समतल बनाइदिनेछु।तामाका ढोकाहरूलाई टुक्राटुक्रा पारिदिनेछुर फलामे बारहरूलाई काटिदिनेछु।+  ३  म तिमीलाई अन्धकारमा राखिएकार गुप्त ठाउँमा लुकाइएका बहुमूल्य खजाना दिनेछु।+तब तिमीले म नै इस्राएलका परमेश्‍वर यहोवा हुँ भनेर जान्‍नेछौ,जसले तिम्रो नामै काढेर तिमीलाई बोलाएको छ।+  ४  मेरो सेवक याकुब र मैले रोजेको इस्राएलको खातिरमैले तिमीलाई नामै काढेर बोलाएको हुँ।तिमीले मलाई नचिने पनि म तिमीलाई मानसम्मान दिनेछु।  ५  म यहोवा हुँ, मबाहेक अरू कोही छैन।मबाहेक अरू कुनै परमेश्‍वर छैन।+तिमीले मलाई नचिने पनि म तिमीलाई बलियो बनाउनेछु।*  ६  अनि मबाहेक अरू कोही छैन भनेर+पूर्वदेखि पश्‍चिमसम्मका* मानिसहरूले जान्‍नेछन्‌।म नै यहोवा हुँ, अरू कुनै परमेश्‍वर छैन।+  ७  ज्योति र अन्धकार, दुवै बनाउने मै हुँ।+शान्ति गराउने+ र विपत्ति ल्याउने पनि मै हुँ।+यी सबै कुरा गर्ने म यहोवा नै हुँ।  ८  आकाशले झरी पारोस्‌,+बादलले पनि न्याय बर्साओस्‌।पृथ्वी जागोस्‌ अनि चारैतिर न्याय र उद्धारको फल फलाओस्‌।+म यहोवाले नै यो कुरा सम्भव तुल्याएको हुँ।”  ९  धिक्कार छ त्यसलाई, जसले आफ्नो रचनाकारसित निहुँ खोज्छ।*किनकि त्यो त केवल माटोको भाँडोको एउटा टुक्रा हो,अरू टुक्राहरूसितै भुईँमा फ्याँकिएको एउटा टुक्रा मात्र हो।माटोले कुमालेलाई “तिमीले यो के बनाएको” भन्‍न सुहाउँछ र?+अथवा तिम्रो हातको कामले तिमीलाई “तिम्रो त हात नै छैन” भन्‍न मिल्छ र?* १०  धिक्कार छ त्यसलाई, जसले एक बुबालाई यसो भन्छ: “तपाईँले कस्तो सन्तान जन्माउनुभयो?”अथवा जसले एउटी आमालाई यसो भन्छ: “तपाईँले केको लागि प्रसववेदना सहनुभयो?” ११  इस्राएलका पवित्र परमेश्‍वर यहोवा,+ जसले उसलाई रच्नुभयो, उहाँ यसो भन्‍नुहुन्छ:“मैले गर्न लागेका कुराहरूमा के तिमी प्रश्‍न उठाउँछौ?अनि मेरा छोराहरूबारे+ र मेरो हातको कामबारे के तिमी मलाई सिकाउँछौ? १२  मैले नै पृथ्वी सृष्टि गरेँ+ र मानिस बनाएँ।+मैले आफ्नै हातले आकाशलाई फैलाएँ।+आकाशका सबै ताराले* मेरो आदेश मान्छन्‌।”+ १३  सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ,“न्याय गर्ने मेरो उद्देश्‍य पूरा गर्न मैले एक जना मानिसलाई खडा गरेको छु।+ऊ हिँड्‌ने सबै बाटो म सीधा बनाइदिनेछु।उसैले मेरो सहर बनाउनेछ।+उसले निर्वासनमा लगिएका मेरा मानिसहरूलाई मुक्‍त गरिदिनेछ,+त्यसबापत उसले केही लिनेछैन र घुस पनि खानेछैन।”+ १४  यहोवा यसो भन्‍नुहुन्छ:“मिश्रको आम्दानी* र इथियोपियाको मालसामान* अनि सबाका अग्ला कदका मानिसहरूतिमीकहाँ आउनेछन्‌ र ती सबै तिम्रा हुनेछन्‌।तिनीहरूलाई साङ्‌लाले बाँधिनेछ र तिनीहरू तिम्रो पछिपछि हिँड्‌नेछन्‌।तिनीहरू तिमीसामु आएर निहुरिनेछन्‌।+तिमीसामु झुक्दै तिनीहरूले यसो भन्‍नेछन्‌: ‘साँच्चै, परमेश्‍वर तपाईँसित हुनुहुन्छ।+उहाँबाहेक अरू कोही छैन, अरू कुनै ईश्‍वर छैन।’” १५  हे इस्राएलका परमेश्‍वर, हे उद्धारक!तपाईँ वास्तवमै आफूलाई गुप्तमा राख्ने परमेश्‍वर हुनुहुन्छ।+ १६  मूर्ति बनाउनेहरू सबै लाजमा पर्नेछन्‌, तिनीहरूको अपमान हुनेछ।तिनीहरू सबैले बेइज्जती भोग्नुपर्नेछ।+ १७  तर इस्राएललाई भने यहोवाले बचाउनुहुनेछ, उहाँले उसको उद्धार गर्नुहुनेछ र ऊ फेरि कहिल्यै कैदमा पर्नुपर्नेछैन।+तिमी कहिल्यै लज्जित हुनुपर्नेछैन, तिमीले कहिल्यै बेइज्जती भोग्नुपर्नेछैन।+ १८  साँचो परमेश्‍वर यहोवा जसले आकाश रच्नुभयो,+जसले पृथ्वी सृष्टि गर्नुभयो र त्यसलाई कहिल्यै नडग्नेगरि स्थिर गर्नुभयो,+उहाँले व्यर्थैमा* त्यो बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो।+उहाँ यसो भन्‍नुहुन्छ:“म यहोवा हुँ, मबाहेक अरू कोही छैन। १९  मैले गुप्त ठाउँबाट वा अन्धकारको देशबाट बोलेको थिइनँ।+मैले याकुबका सन्तानलाई यसो भनेको थिइनँ:‘तिमीहरूले मलाई जति खोजे पनि भेट्टाउनेछैनौ।’म यहोवा हुँ, म सधैँ सही कुरा गर्छु अनि साँचो र सत्य कुरा घोषणा गर्छु।+ २०  ए देशदेशबाट छुटकारा पाएका मानिस हो!एकसाथ भेला भएर आओ।+कुँदिएका मूर्ति बोकेर यताउता चहार्नेहरू केही पनि जान्दैनन्‌।तिनीहरू आफूलाई बचाउन नसक्ने ईश्‍वरलाई पुकार्छन्‌।+ २१  आफ्नो कुरा सुनाओ, आफ्नो बयान देओ।तिनीहरूले एकसाथ सल्लाह गरून्‌।उहिल्यै कसले यो कुरा बतायो?पहिल्यै कसले यसबारे घोषणा गऱ्‍यो?म यहोवाले नै होइनँ र?मबाहेक अरू कुनै ईश्‍वर छैन।म न्यायी र उद्धार गर्न सक्ने परमेश्‍वर हुँ,+ मजस्तो अरू कोही छैन।+ २२  ए पृथ्वीका सबै मानिस हो, मकहाँ आओ र तिमीहरू बाँच्नेछौ।+किनकि म नै परमेश्‍वर हुँ र मबाहेक अरू कोही छैन।+ २३  मेरो मुखबाट निस्केको वचन सत्य होर त्यो पूरा नभई छोड्‌दैन+ किनकि मैले आफ्नै शपथ खाएर यसो भनेको छु:हरेक मानिसले मसामु घुँडा टेक्नेछअनि हरेकले मप्रति वफादार हुने शपथ खानेछ+ २४  र भन्‍नेछ, ‘यहोवा साँच्चै शक्‍तिशाली र न्यायी हुनुहुन्छ।उहाँसित क्रोधित हुनेहरू उहाँसामु लज्जित हुनुपर्नेछ। २५  यहोवाको सेवा गरेर एकदमै असल गऱ्‍यौँ भनी इस्राएलका सबै सन्तानले बुझ्नेछन्‌+र उहाँमै तिनीहरूले घमन्ड गर्नेछन्‌।’”

फुटनोटहरू

शा., “कम्मरको पटुका खोल्न।”
शा., “तिम्रो कम्मर कस्नेछु।”
वा “सूर्योदयदेखि सूर्यास्तसम्मका।”
वा “विवाद गर्छ।”
वा सम्भवतः “के माटोले ‘तिमीले बनाएको कुरामा त समाउने ठाउँ नै छैन’ भन्‍न मिल्छ र?”
शा., “सेनाले।”
वा सम्भवतः “व्यापारीहरू।”
वा सम्भवतः “कामदारहरू।”
वा सम्भवतः “पृथ्वी खाली रहोस्‌ भनेर।”