यसैया ११:१-१६

  • यिसैको हाँगाको न्यायपूर्ण शासन (१-१०)

    • ब्वाँसो पाठोसित बस्नेछ ()

    • पृथ्वी यहोवाको ज्ञानले भरिपूर्ण हुनेछ ()

  • बाँकी रहेकाहरू फर्केर आउनेछन्‌ (११-१६)

११  यिसैको+ ठुटाबाट एउटा हाँगा+ पलाउनेछ,उनको जराबाट उम्रेको एउटा टुसाले+ फल फलाउनेछ।  २  यहोवाको शक्‍ति तिनमा बास गर्नेछ।+त्यसैले तिनी बुद्धिमान्‌+ र समझदार हुनेछन्‌।तिनी असल सल्लाहकार हुनेछन्‌ र शक्‍तिशाली+ हुनेछन्‌।तिनी ज्ञानले भरिपूर्ण हुनेछन्‌ र तिनले यहोवाको भय मान्‍नेछन्‌।  ३  यहोवाको भय मान्‍न पाउँदा तिनी रमाउनेछन्‌।+ आँखाले देखेको भरमा मात्र तिनले कसैको इन्साफ गर्नेछैनन्‌।अनि कानले सुनेको भरमा कसैलाई सच्याउनेछैनन्‌।+  ४  तिनले कुनै पक्षपात नगरी गरिबहरूको इन्साफ गर्नेछन्‌।पृथ्वीमा नम्रहरूको भलो होस्‌ भनेर तिनले ठीकसित सच्याउनेछन्‌। तिनले आफ्नो मुखको छडीले पृथ्वीलाई हिर्काउनेछन्‌।+अनि आफ्नो मुखको सासले दुष्टलाई नाश गर्नेछन्‌।+  ५  धार्मिकतालाई तिनले आफ्नो कम्मरमा पटुकाझैँ बाँध्नेछन्‌अनि वफादारीलाई आफ्नो कम्मरपेटी बनाउनेछन्‌।+  ६  ब्वाँसो पाठोसित बस्नेछ+अनि चितुवा बाख्राको पाठोसित ढल्कनेछ।सिंह, बाछो र मोटोघाटो जनावर सँगसँगै रहनेछन्‌।*+अनि एउटा सानो बालकले तिनीहरूलाई डोऱ्‍याउनेछ।  ७  गाई र भालु सँगसँगै चर्नेछन्‌अनि तिनीहरूका बच्चाहरू सँगै ढल्केर बस्नेछन्‌। सिंहले गोरुले झैँ पराल खानेछ।+  ८  दूधे-बालक गोमन सर्पको दुलोनजिकै खेल्नेछर भर्खरै दूध छोडेको बालकले विषालु सर्पको दुलोमा हात हाल्नेछ।  ९  मेरो पवित्र डाँडामातिनीहरूले कुनै हानि गर्नेछैनन्‌+किनकि समुद्र पानीले भरिएझैँपृथ्वी यहोवाको ज्ञानले भरिनेछ।+ १०  त्यस दिन यिसैको जरा+ झन्डाझैँ खडा हुनेछर त्यसले जातिजातिका मानिसहरूलाई सङ्‌केत दिनेछ।+ जातिजातिका मानिसहरूले तिनको डोऱ्‍याइ खोज्नेछन्‌+अनि तिनको वासस्थान महिमाले भरिनेछ। ११  त्यस दिन यहोवाले दोस्रो पटक आफ्नो हात पसार्नुहुनेछ। अस्सेरिया,+ मिश्र,+ पाथ्रोस,+ कुस,+ एलाम,+ सिनार,* हमाथ र समुद्रका टापुहरूमा बाँकी रहेका आफ्ना मानिसहरूलाई जम्मा गर्न उहाँले हात पसार्नुहुनेछ।+ १२  जातिजातिका मानिसहरूमाझ उहाँले झन्डा ठड्‌याउनुहुनेछ+ अनि इस्राएल र यहुदाबाट पृथ्वीको चारै कुनामा छरिएकाहरूलाई एकै ठाउँमा भेला गर्नुहुनेछ।+ १३  एप्रैमले ईर्ष्या गर्न छोड्‌नेछ+अनि यहुदासित दुस्मनी राख्नेहरू सबै नामेट पारिनेछन्‌। एप्रैमले यहुदालाई देखेर डाह गर्नेछैनअनि यहुदाले पनि एप्रैमसित दुस्मनी मोल्नेछैन।+ १४  तिनीहरू पश्‍चिमतिर पलिस्तियालीहरूको भिरालो ठाउँमा वेगसित हानिनेछन्‌।तिनीहरूले एकसाथ पूर्वका मानिसहरूलाई लुट्‌नेछन्‌। तिनीहरूले एदोम+ र मोआबविरुद्ध+ आफ्नो हात उठाउनेछन्‌अनि अम्मोनीहरूलाई आफ्नो वशमा पार्नेछन्‌।+ १५  यहोवाले मिश्रको समुद्रको खाडीलाई भाग-भाग पार्नुहुनेछ।*+उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात उठाउनुहुनेछ।+ आफ्नो तातो सासले त्यसका सात वटा खोलालाई आक्रमण गर्नुहुनेछअनि मानिसहरूले जुत्ता लगाएरै नदी तर्न सक्नेछन्‌। १६  अनि जसरी इस्राएल मिश्रबाट निस्केर आएको दिन उहाँले तिनीहरूको लागि मूलबाटो बनाउनुभएको थियो,त्यसैगरि बाँकी रहेका आफ्ना मानिसहरूलाई अस्सेरियाबाट निकालेर ल्याउन उहाँले मूलबाटो+ बनाउनुहुनेछ।+

फुटनोटहरू

वा सम्भवतः “सिंह र बाछो सँगसँगै चर्नेछन्‌।”
अर्थात्‌, बेबिलोनी साम्राज्य।
वा सम्भवतः “सुकाइदिनुहुनेछ।”