यसैया ३५:१-१०

  • प्रमोदवन पुनर्स्थापित (१-७)

    • अन्धाहरूले देख्नेछन्‌; बहिराहरूले सुन्‍नेछन्‌ ()

  • मोल तिरेर छुटाइएकाहरूको लागि पवित्र मार्ग (८-१०)

३५  उजाड र सुक्खा भूमिले हर्ष मनाउनेछ।+मरुभूमि रमाउनेछ र केशरको फूलझैँ फक्रनेछ।+  २  त्यो अवश्‍य फक्रनेछ।+त्यसले खुसी मनाउनेछ र जयजयकार गर्नेछ।लेबनानको गौरव त्यसलाई दिइनेछ+अनि त्यसको वैभव कर्मेल+ र सारोनको जस्तै हुनेछ।+तिनीहरूले यहोवाको गौरव देख्नेछन्‌, हाम्रा परमेश्‍वरको वैभव देख्नेछन्‌।  ३  दुर्बल हातहरूलाई बलिया पार।थरथर काँपिरहेका घुँडाहरूलाई दह्रो बनाओ।+  ४  ज-जसको मन भयभीत भएको छ, तिनीहरूलाई यसो भन:“साहस गर! नडराऊ!हेर, तिम्रा परमेश्‍वर बदला लिन आउनुहुनेछ,उहाँ साटो फेर्न आउनुहुनेछ;+उहाँ आउनुहुनेछ र तिमीलाई बचाउनुहुनेछ।”+  ५  त्यसबेला अन्धाहरूका आँखा खोलिनेछन्‌+र बहिराहरूका कान उघारिनेछन्‌।+  ६  त्यसबेला लङ्‌गडो मृगझैँ उफ्रनेछ+र गुँगोको जिब्रोले जयजयकार गर्नेछ+किनकि उजाड भूमिमा पानीका मूल फुट्‌नेछन्‌र मरुभूमिमा खोलाहरू बग्नेछन्‌।  ७  चर्को घामले चिरा-चिरा परेको जमिन नर्कटै-नर्कट उम्रिएको दह बन्‍नेछ।ओबानो भूमिमा पानीको मूल फुट्‌नेछ।+स्यालहरूको ओडारमा+हरिया-हरिया घाँस, नर्कट र मालिङ्‌गो* उम्रिनेछ।  ८  त्यहाँ एउटा मूलबाटो हुनेछ;+त्यसलाई पवित्र मार्ग भनिनेछ;अशुद्ध मानिस त्यसमा हिँड्‌नेछैन।+ज-जसका लागि त्यो मार्ग बनाइएको हो, तिनीहरू मात्र त्यसमा हिँड्‌नेछन्‌।कुनै मूर्खले त्यसमा पाइला टेक्न पाउनेछैन।  ९  त्यहाँ एउटै सिंह हुनेछैन,कुनै पनि हिंस्रक जनावरले त्यहाँ पाइला टेक्नेछैन।ती त्यहाँ पाइनेछैनन्‌।+ज-जसलाई मोल तिरेर छुटाइएको छ, तिनीहरू मात्र त्यहाँ हिँड्‌नेछन्‌।+ १०  यहोवाले उद्धार गर्नुभएकाहरू फर्कनेछन्‌+ र खुसीले कराउँदै सियोनमा आउनेछन्‌।+कहिल्यै अन्त नहुने आनन्द तिनीहरूको शिरको मुकुट हुनेछ।+तिनीहरूले रमाहट गर्नेछन्‌ र हर्ष मनाउनेछन्‌।अनि शोक र दुःख तिनीहरूको सामनेबाट भाग्नेछ।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।