यसैया २:१-२२

  • यहोवाको डाँडा माथि उठाइनेछ (१-५)

    • तरबार पिटेर फाली बनाइनेछ ()

  • यहोवाको दिनमा हठी मानिसको सेखी झारिनेछ (६-२२)

 यहुदा र यरुसलेमबारे आमोजका छोरा यसैयाले देखेको दर्शन:*+  २  आखिरी समयमायहोवा परमेश्‍वरको भवनको डाँडाअरू डाँडाभन्दा माथि उठाइनेछ,+त्यसलाई टाकुरामाथि नहल्लिनेगरि बसालिनेछर त्यहाँ सबै राष्ट्रका मानिसहरू ओइरिनेछन्‌।+  ३  अनि जातिजातिका मानिसहरूले यसो भन्‍नेछन्‌: “आओ, हामी यहोवाको डाँडामा जाऔँ।याकुबका परमेश्‍वरको भवनमा जाऔँ।+ उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछअनि हामी त्यस मार्गमा हिँड्‌नेछौँ।”+ किनकि व्यवस्था* सियोनबाटै दिइनेछर यहोवाको वचनचाहिँ यरुसलेमबाटै आउनेछ।+  ४  उहाँले जातिजातिको इन्साफ गर्नुहुनेछर जातिजातिका मानिसहरूसित आफ्नो मामिला सुल्झाउनुहुनेछ। तिनीहरूले आ-आफ्नो तरबार पिटेर हलोको फाली बनाउनेछन्‌र भाला पिटेर हँसिया बनाउनेछन्‌।+ एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैनर तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्‌।+  ५  ए याकुबको घराना, आऊ!यहोवाले दिनुहुने ज्योतिमा हिँडौँ।+  ६  तपाईँले आफ्ना मानिसहरूलाई, हो, याकुबको घरानालाई त्याग्नुभएको छ।+किनकि तिनीहरूले पूर्वका* मानिसहरूको सबै रीतिथिति अङ्‌गालेका छन्‌।तिनीहरू पलिस्तियालीहरूले जस्तै जादुगरी गर्छन्‌।+विदेशीका बच्चाहरूले तिनीहरूको देश भरिएको छ।  ७  तिनीहरूको देश सुनचाँदीले भरिभराउ छ।तिनीहरूले अकुत सम्पत्ति थुपारेका छन्‌। तिनीहरूसित अनगिन्ती घोडा छन्‌।तिनीहरूको रथको कुनै लेखाजोखा छैन।+  ८  तिनीहरूले आफ्नो देश व्यर्थका देवताहरूले भरेका छन्‌।+ तिनीहरू आफ्नै हातले कुँदेकाअनि आफ्नै औँलाले बनाएका मूर्तिहरूसामु घोप्टो पर्छन्‌।  ९  यसरी तिनीहरू आफ्नै बेइज्जती गर्छन्‌ र आफैलाई लाजमा पार्छन्‌।तिनीहरूलाई कुनै हालतमा माफ नगर्नुहोस्‌। १०  जब यहोवा भव्य महिमाका साथ+ उपस्थित हुनुहुनेछर आफ्नो भयानक रिस प्रकट गर्नुहुनेछ,तब तिमीहरू चट्टानभित्र पस र खाल्टो खनेर लुक। ११  हठी मानिसहरूका आँखा झुकाइनेछर मानिसहरूको सेखी झारिनेछ। त्यो दिन यहोवाको मात्र महिमा हुनेछ। १२  किनकि त्यो दिन सेनाहरूका यहोवाको दिन हो।+ सबै हठी र घमन्डी मानिसअनि ठूलाबडादेखि साधारण मानिसहरू सबैले त्यो दिनको सामना गर्नुपर्नेछ।+ १३  लेबनानका सबै बडेमाका देवदारलेअनि बासानका सबै फलाँटका रूखले; १४  सबै विशाल पहाडलेर सबै अग्ला-अग्ला डाँडाले; १५  सबै ठूलठूला किल्ला र बलिया-बलिया पर्खालले; १६  तर्सिसका सबै जहाजले+अनि सबै सुन्दर डुङ्‌गाले त्यो दिनको सामना गर्नुपर्नेछ। १७  अभिमानी मानिसलाई खसालिनेछ,तिनीहरूको सेखी झारिनेछ। त्यो दिन यहोवाको मात्र महिमा हुनेछ। १८  व्यर्थका देवताहरूको नामोनिसान मेटिनेछ।+ १९  पृथ्वीलाई डरलाग्दो गरी हल्लाउनलाई जब यहोवा उठ्‌नुहुन्छ,तब उहाँको डरको कारणर उहाँको भव्य महिमाको कारण+तिनीहरू चट्टानका गुफाहरूमा लुक्नेछन्‌र दुलाहरूमा पस्नेछन्‌।+ २०  आफूले पूजा गर्न बनाएका देवताहरूलाई,ती सुनचाँदीका व्यर्थका देवताहरूलाईत्यो दिन मानिसहरूले छुचुन्द्रा र चमेरासामु फ्याँकिदिनेछन्‌।+ २१  अनि तिनीहरू चट्टानका प्वालहरूमा लुक्नेछन्‌र धाँजाहरूमा पस्नेछन्‌।किनकि त्यसबेला यहोवा भव्य महिमाका साथ उपस्थित हुनुहुनेछ।उहाँले आफ्नो भयानक रिस प्रकट गर्नुहुनेछर पृथ्वी डरले थरथर काँप्नेछ। २२  मानिसमा भरोसा गर्न छोड अनि तिमीहरूको भलो हुनेछ।किनकि मानिसको मोल के नै छ र? त्यो त नाकमा भएको सास मात्र हो।*

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “निर्देशन।”
अर्थात्‌, कनानको उत्तर-पूर्वका।
वा “त्यसको सास त्यसको नाकमा हुन्छ।”