दोस्रो तिमोथि ३:१-१७

  • अन्तको दिनमा कठिन समय (१-७)

  • पावलको उदाहरण राम्ररी पछ्याउने (८-१३)

  • ‘आफूले सिकेका कुराहरूमा लागिरह’ (१४-१७)

    • धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको (१६)

 तर अन्तको दिनमा+ असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। २  किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी, निन्दा गर्ने, आमाबुबाको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्‍वासघाती, ३  स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, ४  धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्‍वरलाई नभई सुखविलासलाई प्रेम गर्ने ५  अनि परमेश्‍वरको भक्‍ति गरेको ढोँग गर्ने तर त्यसअनुसार नचल्ने हुनेछन्‌;+ यिनीहरूबाट अलग बस। ६  यिनीहरूमध्येबाट केही यस्ता मानिसहरू निस्कनेछन्‌, जो अरूको घरपरिवारमा सुटुक्क छिर्नेछन्‌ अनि विभिन्‍न इच्छाहरूको बहकाउमा परेर पापको भारी बोकिरहेका कमजोर स्त्रीहरूलाई आफ्नो कैदमा पार्नेछन्‌। ७  यी स्त्रीहरू सिक्न त सधैँ सिकिरहन्छन्‌ तर सत्यको सही ज्ञान भने कहिल्यै हासिल गर्न सक्दैनन्‌। ८  यान्‍नेस र याम्ब्रेसले मोसाको विरोध गरेजस्तै यी मानिसहरू पनि सत्यको विरोध गर्ने गर्छन्‌। यिनीहरूको दिमाग पूरै भ्रष्ट छ र ख्रिष्टियन विश्‍वासअनुसार नचलेकोले यिनीहरू तिरस्कृत भएका छन्‌। ९  तर यिनीहरू अझ अघि बढ्‌न पाउनेछैनन्‌ किनकि जसरी ती दुई जनाको मूर्खता प्रकट भयो, त्यसरी नै यिनीहरूको मूर्खता पनि सबैसामु उदाङ्‌ग हुनेछ।+ १०  तर तिमीले भने मेरो शिक्षा, मेरो जीवनशैली,+ मेरो उद्देश्‍य, मेरो विश्‍वास, मेरो धीरज, मेरो प्रेम र मेरो सहनशीलता राम्ररी देखेका छौ। ११  त्यसैगरि ममाथि आइपरेको खेदो र मैले भोगेको कष्ट पनि तिमीलाई थाह छ। जस्तै: एन्टिओक,+ आइकोनियम+ र लिस्त्रामा+ ममाथि के-के आइपऱ्‍यो, त्यो तिमीलाई थाह छ। मैले यी सबै खेदो सहेँ र प्रभुले मलाई यी सबैबाट छुटाउनुभयो।+ १२  वास्तवमा ख्रिष्ट येसुको चेलाको नाताले परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।+ १३  तर दुष्ट र जाली मानिसहरू झन्‌झन्‌ खराब हुँदै जानेछन्‌। तिनीहरूले अरूलाई बहकाउनुका साथै आफै पनि बहकिनेछन्‌।+ १४  तर तिमी भने आफूले सिकेका र आफूलाई विश्‍वस्त पारिएका कुराहरूमा लागिरह।+ तिमीले यी कुराहरू कसबाट सिकेका हौ, तिमीलाई थाहै छ १५  अनि तिमीलाई शैशवकालदेखि नै+ पवित्र लेखोटहरू पनि थाह छ।+ यी लेखोटहरूले तिमीलाई ख्रिष्ट येसुमाथिको विश्‍वासद्वारा उद्धार हासिल गर्न बुद्धिमान्‌ बनाउन सक्छ।+ १६  धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो+ र यो सिकाउन,+ सुधार्न, सच्याउन र परमेश्‍वरको स्तरबमोजिम अनुशासन दिनका लागि+ उपयोगी छ, १७  जसले परमेश्‍वरको जनलाई पूर्णतया योग्य र हरेक असल कामका लागि पूर्ण रूपमा तयार बनाउँछ।

फुटनोटहरू