दोस्रो तिमोथि २:१-२६

  • योग्य पुरुषहरूलाई सन्देश सुम्पिदेऊ (१-७)

  • सुसमाचारको खातिर कष्ट सहने (८-१३)

  • परमेश्‍वरको वचन ठीकसित प्रयोग गर (१४-१९)

  • युवावस्थामा उत्पन्‍न हुने इच्छाहरूदेखि भाग (२०-२२)

  • विरोधीहरूसित कस्तो व्यवहार गर्ने (२३-२६)

 त्यसैले हे मेरो छोरा,+ ख्रिष्ट येसुले देखाउनुहुने असीम अनुग्रहद्वारा आफूलाई बलियो बनाइराख। २  अनि तिमीले मबाट जे-जे सुन्यौ अनि जसबारे धेरैले साक्षी पनि दिए,+ ती कुराहरू विश्‍वासी पुरुषहरूलाई सुम्पिदेऊ ताकि तिनीहरू पनि अरूलाई सिकाउन योग्य हुन सकून्‌। ३  ख्रिष्ट येसुको सुयोग्य सिपाहीको रूपमा+ तिमी पनि दुःख भोग्न तयार होऊ।+ ४  सैन्य सेवामा लाग्ने कुनै पनि मानिसले व्यापारमा* हात हाल्दैन* किनकि ऊ आफूलाई सैन्य सेवामा भर्ती गराउने व्यक्‍तिको अनुमोदन पाउन चाहन्छ। ५  त्यसैगरि खेलकुदमा प्रतिस्पर्धा गर्ने मानिसले पनि नियमअनुसार नखेलेसम्म इनाम* पाउँदैन।+ ६  कडा परिश्रम गर्ने किसानले नै पहिला आफ्नो उब्जनी खान पाउनुपर्छ। ७  मैले भनेका कुराहरूमा निरन्तर ध्यान देऊ; प्रभुले तिमीलाई सबै कुराको समझ दिनुहुनेछ। ८  येसु ख्रिष्ट मृत्युबाट ब्युँताइनुभएको थियो+ अनि उहाँ दाउदको सन्तान हुनुहुन्थ्यो+ भनेर नबिर्स। मैले प्रचार गर्ने सुसमाचार यही हो+ ९  अनि यसैको निम्ति म कष्ट भोग्दै छु र एक जना अपराधीजस्तै कैदमा परेको छु।+ तर परमेश्‍वरको वचन त बन्धनमा परेको छैन।+ १०  यसकारण चुनिएका जनहरूको खातिर म सबै कुरा सहिरहन्छु+ ताकि तिनीहरूले पनि ख्रिष्ट येसुमार्फत उद्धार हासिल गर्नुका साथै अनन्त महिमा पनि पाऊन्‌। ११  यो भनाइ विश्‍वासयोग्य छ: यदि हामी सँगै मऱ्‍यौँ भने अवश्‍य सँगै बाँच्ने पनि छौँ;+ १२  यदि हामीले कष्ट सहिरह्‍यौँ भने उहाँसँगै राजाको रूपमा शासन पनि गर्नेछौँ;+ यदि हामीले उहाँलाई तिरस्कार गऱ्‍यौँ भने उहाँले पनि हामीलाई तिरस्कार गर्नुहुनेछ।+ १३  तर हामी विश्‍वासघाती भयौँ भने पनि उहाँ विश्‍वासयोग्य रहिरहनुहुनेछ किनकि उहाँ आफैलाई ढाँट्‌न सक्नुहुन्‍न। १४  परमेश्‍वरसामु तिनीहरूलाई यी कुराहरू सम्झाइरहनू अनि शब्दहरूको विषयमा झगडा नगर्नू भनेर निर्देशन पनि दिनू* किनकि त्यसो गरेर केही फाइदा हुँदैन बरु सुन्‍नेहरूलाई नोक्सान मात्र हुन्छ।* १५  आफूलाई परमेश्‍वरको अनुमोदन पाउन योग्य सेवक, कुनै कुरामा सरम मान्‍नु नपर्ने कामदार अनि सत्यको वचन ठीकसित प्रयोग गर्ने मानिस साबित गर्न तिमीले भरसक कोसिस गर।+ १६  पवित्र कुरालाई बिटुलो पार्ने खोक्रा बोलीहरूलाई तिरस्कार गर+ किनकि त्यस्तो बोलीले झनै भक्‍तिहीन कामहरूतर्फ पुऱ्‍याउँछ १७  अनि त्यस्तो बोली सइनजस्तै फैलनेछ। हाइमेनियस र फिलेतस त्यस्तो बोली फैलाउनेहरूमध्येका हुन्‌।+ १८  यी मानिसहरू सत्यबाट तर्केका छन्‌ र मरेकाहरूलाई फेरि जीवित पार्ने काम भइसक्यो भनेर सिकाउँछन्‌;+ यसरी तिनीहरूले कसै-कसैको विश्‍वास ध्वस्त पारिरहेका छन्‌। १९  यी सबको बाबजुद परमेश्‍वरको बलियो जग भने ज्यूँका त्यूँ रहिरहन्छ, जसमा यस्तो वचन कुँदिएको छ: “आफ्ना मानिसहरूलाई यहोवा* परमेश्‍वर चिन्‍नुहुन्छ”+ अनि “यहोवा* परमेश्‍वरको नाम लिने जति सबैले+ कुकर्म त्यागून्‌।” २०  ठूलो घरमा सुन र चाँदीका भाँडाहरू मात्र होइन, काठ र माटाका भाँडाहरू पनि हुन्छन्‌, कुनै आदरणीय प्रयोगका लागि त कुनै मामुली कामका लागि। २१  तसर्थ जो मामुली काममा प्रयोग हुने भाँडाहरूबाट टाढै बस्छ, ऊ आदरणीय प्रयोगका लागि छुट्ट्याइएको, चोखो, मालिकका लागि उपयोगी अनि हरेक असल कामका लागि तयार पारिएको भाँडा* हुनेछ। २२  त्यसैले युवावस्थामा उत्पन्‍न हुने इच्छाहरूदेखि भाग र स्वच्छ हृदयले प्रभुलाई पुकार्ने मानिसहरूसँगै तिमी पनि धार्मिकता,* विश्‍वास, प्रेम र शान्तिको पछि लाग। २३  यसबाहेक मूर्खता अनि अज्ञानताले भरिएका वादविवादलाई तिरस्कार गर+ किनकि त्यसले झगडा गराउँछ। २४  प्रभुको दासले झगडा गर्नु हुँदैन बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल* व्यवहार गर्छ,+ जससित सिकाउने योग्यता छ, जो अरूले नराम्रो व्यवहार गर्दा समेत आफूलाई काबूमा राख्छ+ २५  र सल्लाह सुन्‍न अस्वीकार गर्नेहरूलाई कोमलतासाथ सम्झाउँछ।+ हुन सक्छ, यसरी सम्झाइबुझाइ गर्दा परमेश्‍वरले ती मानिसहरूलाई पश्‍चात्ताप गर्ने* मौका दिएर सत्यको सही ज्ञान हासिल गर्न मदत दिनुहुनेछ+ २६  अनि तिनीहरूको होस खुल्नेछ र दियाबलले आफ्नो इच्छा पूरा गर्न आफूहरूलाई जिउँदै पक्रेको रहेछ+ भन्‍ने कुरा बुझेर तिनीहरू त्यसको पासोबाट उम्केर आउनेछन्‌।

फुटनोटहरू

वा सम्भवतः “दैनिक क्रियाकलापमा।”
शा., “व्यापारमा अल्झिएर बस्दैन।”
शा., “मुकुट।”
वा “सुन्‍नेहरूको विनाश गर्छ।”
शा., “राम्ररी साक्षी पनि दिनू।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “साधन।”
शब्दावली हेर्नुहोस्‌।
वा “कुशलतापूर्वक।”
वा “मन परिवर्तन गर्ने।”