रोमी १३:१-१४

  • अख्तियारवालाहरूको अधीनमा बस्नू (१-७)

  • प्रेमले व्यवस्था पूरा गर्छ (८-१०)

  • दिउँसोजस्तै हिँड्‌नू (११-१४)

१३  हरेक मानिस उच्च अख्तियारवालाहरूको अधीनमा रहोस्‌+ किनकि परमेश्‍वरको अनुमतिविना कुनै अख्तियार चल्दैन।+ अनि जो-जो अख्तियारमा छन्‌, तिनीहरूलाई परमेश्‍वरले आफ्नो अधीनमा विभिन्‍न ओहदामा राख्नुभएको हो।+ २  त्यसैले जसले अख्तियारको विरोध गर्छ, ऊ परमेश्‍वरको प्रबन्धविरुद्ध खडा भएको हुन्छ अनि यस प्रबन्धविरुद्ध खडा हुनेहरूले न्यायदण्ड भोग्नेछन्‌। ३  राम्रो काम गर्नेहरू होइन तर नराम्रो काम गर्नेहरू शासकहरूसित डराउँछन्‌।+ के तिमी अख्तियारवालाहरूसित डराउनु नपर्ने मानिस हुन चाहन्छौ? राम्रो काम गरिरह+ र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ। ४  किनकि तिनीहरू तिम्रै भलाइको लागि खटिएका परमेश्‍वरका सेवकहरू हुन्‌। तर तिमीले नराम्रो काम गरिरहेका छौ भने डराऊ किनकि तिनीहरूले विनाकारण तरबार भिर्दैनन्‌। तिनीहरू परमेश्‍वरका सेवक हुन्‌, नराम्रो काम गरिरहनेहरूमाथि उहाँको क्रोध पोखाउने* प्रतिशोधीहरू हुन्‌। ५  त्यसैले त्यस क्रोधको कारण मात्र होइन तर आफ्नो अन्तस्करणको खातिर पनि तिमीहरू अधीनमा बस्नु आवश्‍यक छ।+ ६  यसकारण तिमीहरू कर पनि तिर्छौ किनकि तिनीहरू परमेश्‍वरले खटाउनुभएका जनसेवकहरू हुन्‌ र आफ्नो यो भूमिका पूरा गर्न तिनीहरू निरन्तर लागिरहन्छन्‌। ७  तिनीहरूलाई तिर्नुपर्ने सबै कुरा तिर: कर तिर्नुपर्नेलाई कर,+ तिरो तिर्नुपर्नेलाई तिरो, डराउनुपर्नेसित डराओ+ र आदर गर्नुपर्नेलाई आदर गर।+ ८  आपसमा प्रेम गर्नुबाहेक तिमीहरू अरू कुनै कुरामा कसैको ऋणी नहोओ+ किनकि जसले अरूलाई प्रेम गर्छ, उसले व्यवस्था पूरा गरेको हुन्छ।+ ९  किनकि “तिमीहरूले व्यभिचार* नगर्नू,+ तिमीहरूले हत्या नगर्नू,+ तिमीहरूले चोरी नगर्नू,+ तिमीहरूले लोभ नगर्नू”+ भन्‍ने नियमलगायत अरू सम्पूर्ण आज्ञाको सार यस आज्ञामा पाइन्छ: “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”+ १०  प्रेमले छिमेकीको कुभलो हुने काम गर्दैन,+ त्यसैले प्रेमले व्यवस्था पूरा गर्छ।+ ११  तिमीहरू त्यसो गर किनकि अहिले कस्तो बेला हो भनेर तिमीहरूलाई थाह छ। हो, तिमीहरू निद्राबाट ब्युँझने समय आइसकेको छ+ किनकि हामीले विश्‍वास गर्न थालेको बेलामा भन्दा अहिले हाम्रो उद्धार झन्‌ नजिक छ। १२  रात निकै बितिसक्यो र दिन नजिकै आइपुगेको छ। त्यसैले हामी अन्धकारका कामहरू त्यागेर+ ज्योतिका हातहतियार धारण गरौँ।+ १३  दिउँसोजस्तै हामी भद्र भएर हिँडौँ।+ भोजको अनियन्त्रित मोजमस्ती, अत्यधिक मद्यपान, नाजायज सम्बन्ध, निर्लज्ज आचरण,*+ कलह र डाह त्यागौँ।+ १४  तर प्रभु येसु ख्रिष्टलाई धारण गर+ अनि शरीरका अभिलाषाहरू पूरा गर्न पहिल्यै योजना बनाउने नगर।+

फुटनोटहरू

वा “नराम्रो काम गरिरहनेहरूलाई सजाय दिने।”
शब्दावली हेर्नुहोस्‌।
वा “छाडा आचरण।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्‌।