दोस्रो कोरिन्थी ६:१-१८

  • परमेश्‍वरको दयाको दुरुपयोग नगर्नू (१, २)

  • पावलको सेवाको विवरण (३-१३)

  • जोडा नमिल्ने जुवामा ननारिओ (१४-१८)

 परमेश्‍वरका सहकर्मी भएको नाताले+ हामी तिमीहरूलाई यो पनि आग्रह गर्छौँ कि परमेश्‍वरको असीम अनुग्रह स्विकारेपछि यसको उद्देश्‍यलाई नबिर्स।+ २  किनकि उहाँ भन्‍नुहुन्छ: “निगाह पाउने समयमा मैले तिम्रो कुरा सुनेँ अनि उद्धारको समयमा मैले तिमीलाई मदत गरेँ।”+ हेर, निगाह पाउने खास समय अहिल्यै हो। हेर, उद्धारको समय अहिल्यै हो। ३  हाम्रो सेवामा कुनै खोट नभेटियोस्‌ भनेर हामी ठेस लाग्ने कुनै कारण दिँदैनौँ+ ४  बरु हरतरहले आफूलाई परमेश्‍वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ:+ धेरै कुरामा सहनशील भएर, सङ्‌कष्ट भोगेर, खाँचोमा पर्दा सहेर, कठिनाइ सहेर,+ ५  पिटाइ खाएर, झ्यालखानामा थुनिएर,+ हुलदङ्‌गामा परेर, कडा परिश्रम गरेर, अनिदो रात बिताएर, भोकै बसेर,+ ६  शुद्ध रहेर, ज्ञानअनुसार चलेर, धीरज देखाएर,+ दया गरेर,+ पवित्र शक्‍तिअनुसार चलेर, निष्कपट प्रेम देखाएर,+ ७  सत्य बोलेर, परमेश्‍वरको शक्‍तिमा भर परेर+ अनि धार्मिकताको* हतियार+ दाहिने* र देब्रे* हातमा बोकेर, ८  आदर र अनादर पाएर, बदनामी र सुनाम कमाएर। हामी ठगाहा ठानिन्छौँ तैपनि सच्चा छौँ, ९  अपरिचित ठानिन्छौँ तैपनि चिरपरिचित छौँ, मर्नै लागेका* ठानिन्छौँ तैपनि हेर, हामी जिउँदा छौँ,+ सजाय* पाएका ठानिन्छौँ तैपनि मृत्युको हातमा सुम्पिइएका छैनौँ,+ १०  अफसोस गरिरहेका ठानिन्छौँ तैपनि सधैँ रमाउँछौँ, गरिब ठानिन्छौँ तैपनि धेरैलाई धनी बनाउँछौँ अनि केही नभएका ठानिन्छौँ तैपनि हामीसित सबथोक छ।+ ११  हे कोरिन्थीहरू हो, हामीले तिमीहरूसित खुलस्त कुरा गरेका छौँ र हामीले आफ्नो मन ठूलो बनाएका छौँ। १२  तिमीहरूलाई माया देखाउन हामीले आफ्नो मन साँघुरो बनाएका छैनौँ+ बरु हामीलाई माया देखाउनमा तिमीहरूकै मन साँघुरो भएको छ। १३  त्यसैले तिमीहरूलाई आफ्नै छोराछोरी सम्झेर म भन्छु, तिमीहरू पनि ठूलो मनका होओ।+ १४  विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ+ किनकि यस्तो जोडा मिल्दैन। सुकर्म* र कुकर्मबीच के मेल?+ वा अन्धकारसित ज्योतिको के साझेदारी?+ १५  साथै ख्रिष्ट र सैतानबीच* के तालमेल?+ वा विश्‍वास गर्ने र विश्‍वास नगर्नेबीच के समानता?+ १६  अनि मूर्तिहरूसित परमेश्‍वरको मन्दिरको के सहमति?+ किनकि हामी जीवित परमेश्‍वरको मन्दिर हौँ,+ जस्तो परमेश्‍वरले भन्‍नुभएको छ: “म तिनीहरूमाझ बास गर्नेछु+ र तिनीहरूमाझ हिँडडुल गर्नेछु अनि म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।”+ १७  “यहोवा* परमेश्‍वर भन्‍नुहुन्छ: ‘त्यसकारण तिनीहरूमाझबाट निस्केर आओ र आफूलाई अलग पार अनि अशुद्ध कुरा छुन छोड+ र म तिमीहरूलाई ग्रहण गर्नेछु।’”+ १८  “सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा* भन्‍नुहुन्छ: ‘अनि म तिमीहरूको बुबा हुनेछु+ र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ।’”+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
सायद प्रहार गर्नको लागि।
सायद आफ्नो रक्षा गर्नको निम्ति।
वा “अनुशासन।”
वा “मर्न लायकको।”
वा “धार्मिकता।” शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्‌।
शा., “बेलिआलबीच।” यो एउटा हिब्रू शब्दबाट लिइएको हो, जसको अर्थ हो, “निकम्मा।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।