उपदेशक ८:१-१७

  • त्रुटिपूर्ण मानिसको शासन (१-१७)

    • राजाको आदेश पालन गर (२-४)

    • मानिसले मानिसलाई दबाउनु हानिकारक ()

    • खराब कामको सजाय तुरुन्तै नपाउँदा (११)

    • खानु, पिउनु अनि रमाइलो गर्नु (१५)

 बुद्धिमान्‌ मानिसजस्तो को छ? समस्या समाधान गर्न सक्ने* को छ? बुद्धिले मानिसको अनुहारलाई उज्यालो बनाउँछ र मलिन अनुहारलाई हँसिलो बनाउँछ। २  राजाको आदेश पालन गर+ किनकि तिमीले परमेश्‍वरसामु शपथ खाएका छौ।+ ३  राजाको सामुन्‍नेबाट हतार-हतार निस्कन नखोज।+ गलत कुराको पक्ष नलेऊ।+ राजाले आफूलाई जे ठीक लाग्छ, त्यही गर्न सक्छन्‌। ४  किनकि राजाको बोलीमा अख्तियार हुन्छ।+ ‘यो के गर्नुभएको’ भनेर कसले तिनलाई सोध्न सक्छ? ५  आज्ञा पालन गर्ने मानिसले हानि भोग्नुपर्दैन।+ बुद्धिमान्‌ मानिसलाई कुनै काम गर्ने ठीक बेला र तरिका थाह हुन्छ।+ ६  मानिसका समस्याहरू अनगिन्ती छन्‌, त्यसैले सबै कुराको लागि उचित समय र तरिका छ।+ ७  पछि के हुनेछ भनेर कसैलाई पनि थाह हुँदैन। त्यसैले भविष्यमा कुन कुरा कसरी हुनेछ भनी कसैले बताउन सक्दैन। ८  कसैले पनि आफ्नो जीवनलाई* जोगाइराख्न वा वशमा राख्न सक्दैन न त कसैले आफ्नो मृत्युको दिनलाई टार्न नै सक्छ।+ जसरी युद्धको बेला कुनै सिपाहीले छुट्टी पाउँदैन, त्यसैगरि दुष्ट काम गर्ने मानिस उसको दुष्ट्‌याइँबाट उम्कन सक्दैन।* ९  मैले यी सब देखेँ। संसारमा* गरिएका सबै कामबारे बुझ्नलाई मैले आफ्नो मन लगाएँ। एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि पुऱ्‍याइरहेको मात्रै मैले देखेँ।+ १०  ती दुष्टहरू गाडिएको मैले देखेँ, जो पवित्र ठाउँबाट भित्र-बाहिर गर्ने गर्थे। तर जुन सहरमा तिनीहरू दुष्ट काम गर्थे, त्यस सहरबाट तिनीहरूको सम्झना चाँडै लोप भएर गयो।+ यो पनि व्यर्थ रहेछ। ११  खराब कामको सजाय तुरुन्तै नपाएकोले+ मानिसहरू खराबी गर्न झनै सुरिन्छन्‌।+ १२  दुष्ट मानिस १०० चोटि दुष्ट काम गरेर दीर्घायु भए पनि मलाई यति कुरा थाह छ कि आखिरमा साँचो परमेश्‍वरको डर मान्‍ने मानिसको नै भलो हुन्छ।+ १३  तर दुष्टको भने भलो हुँदैन।+ दुष्टले छायासरी बिलाउने आफ्नो जीवनलाई लम्ब्याउन सक्दैन+ किनकि उसले परमेश्‍वरको डर मान्दैन। १४  पृथ्वीमा अर्को एउटा व्यर्थ* कुरा पनि मैले देखेँ: धर्मी मानिसलाई अपराधीलाई जस्तो व्यवहार गरिएको थियो+ र अपराधीलाई चाहिँ धर्मी मानिसलाई जस्तो व्यवहार गरिएको थियो।+ यो पनि व्यर्थ हो। १५  त्यसैले म भन्छु, जीवनमा रमाउनु नै ठीक हो।+ किनकि संसारमा* खानु, पिउनु र रमाइलो गर्नुभन्दा उत्तम कुरा मानिसको लागि अरू केही छैन। साँचो परमेश्‍वरले संसारमा* मानिसलाई दिनुभएको यो छोटो जीवनमा उसले मेहनतका साथसाथै यी कुराहरू पनि गर्नुपर्छ।+ १६  मैले बुद्धि प्राप्त गर्न र पृथ्वीमा भइरहेका सबै काम विचार गर्न आफ्नो मन लगाएँ,+ रातदिन नसुतीकनै मैले त्यसो गरेँ।* १७  मैले साँचो परमेश्‍वरका सबै कामलाई विचार गरेँ अनि के थाह पाएँ भने संसारमा* भएका सबै कुरा मानिसले बुझ्न सक्दैन।+ मानिसले जति नै कोसिस गरे पनि ती कुराहरू बुझ्न सक्दैन। मानिसले आफू जति नै बुद्धिमान्‌ भएको दाबी गरे पनि वास्तवमा उसले त्यो बुझ्न सक्दैन।+

फुटनोटहरू

वा “कुराको अर्थ खोल्न सक्ने।”
हिब्रू भाषामा रुवाक। शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।
वा सम्भवतः “दुष्टहरूको युक्‍तिले तिनीहरूलाई बचाउन सक्दैन।”
शा., “सूर्यमुनि।”
वा “दिक्कलाग्दो।”
शा., “सूर्यमुनि।”
शा., “सूर्यमुनि।”
वा सम्भवतः “अनि यो देखेँ कि मानिस न दिनमा सुत्छ न रातमा सुत्छ।”
शा., “सूर्यमुनि।”