सीधै सामग्रीमा जाने

अश्‍लील सामग्री हेर्ने लत लागेको छ भने के गर्ने?

अश्‍लील सामग्री हेर्ने लत लागेको छ भने के गर्ने?

तपाईं के गर्न सक्नुहुन्छ?

 अश्‍लील सामग्री वास्तवमा के हो, बुझ्नुहोस्‌। यौनसम्बन्ध पतिपत्नीबीच मात्र हुनुपर्ने आदरणीय सम्बन्ध हो। तर अश्‍लील सामग्री हेर्नु भनेको यस्तो सम्बन्धको घोर अनादर गर्नु हो। यो कुरा थाह पाउँदा तपाईंले “खराबीलाई घृणा” गर्न सक्नुहुनेछ।—भजन ९७:१०.

 परिणाम सोच्नुहोस्‌। अश्‍लील फोटो र भिडियोमा देखाइएका मानिसहरूलाई कसैले आदर गर्दैनन्‌। न त त्यस्तो सामग्री हेर्ने व्यक्‍ति नै आदरणीय हुन्छ। त्यसैले बाइबलमा यस्तो सल्लाह दिइएको छ, “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।”—हितोपदेश २२:३.

 वाचा बाँध्नुहोस्‌। परमेश्‍वरका भक्‍त अय्यूबले यसो भने, “कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले मेरा आँखासित वाचा बाँधे।” (अय्यूब ३१:१, पवित्र बाइबल, नयाँ संशोधित संस्करण) आफैसित निम्न वाचाहरू बाँध्नुहोस्‌:

  •  एक्लै हुँदा म कहिल्यै पनि इन्टरनेट चलाउनेछैनँ।

  •  इन्टरनेटमा आफसेआफ देखा पर्ने साइट वा छाडा साइट आउँदा तुरुन्तै बन्द गर्नेछु।

  •  अश्‍लील सामग्री हेर्ने बानी दोहोरियो भने परिपक्व साथीसित कुरा गर्नेछु।

अश्‍लील सामग्रीले समस्या बढाउँदै लैजान्छ—जति हेर्नुहुन्छ, त्यत्ति नै त्यसबाट मुक्‍त हुन गाह्रो हुन्छ

 प्रार्थना गर्नुहोस्‌। भजनसङ्‌ग्रहका लेखकले यहोवा परमेश्‍वरलाई यस्तो बिन्ती गरे, “व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्‌।” (भजन ११९:३७) तपाईं अश्‍लील सामग्री हेर्ने लतबाट मुक्‍त भएको परमेश्‍वर चाहनुहुन्छ। प्रार्थना गर्नुभयो भने तपाईंले सही काम गर्ने बल पाउनुहुनेछ।—फिलिप्पी ४:१३.

 कसैसित कुरा गर्नुहोस्‌। यस्तो कुलतबाट मुक्‍त हुने महत्त्वपूर्ण कदम विश्‍वासिलो साथीसित कुरा गर्नु हो।—हितोपदेश १७:१७.

 यो कुरा याद गर्नुहोस्‌: हरेक चोटि अश्‍लील सामग्री हेर्ने तलतल लाग्दा त्यसलाई काबूमा राख्नुभयो भने त्यस्तो कुलतलाई छोड्‌ने तपाईंको अठोट अझ बढ्‌दै जानेछ। यसबारे यहोवा परमेश्‍वरलाई प्रार्थनामा बताउनुहोस्‌ र बल दिनुभएकोमा धन्यवाद दिनुहोस्‌। अश्‍लील सामग्री नहेरेर तपाईंले उहाँलाई खुसी बनाउन सक्नुहुन्छ!—हितोपदेश २७:११.