सीधै सामग्रीमा जाने

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌—बाइबल पात्रहरूको कथा

यस शृङ्‌खलाले विगतमा असाधारण विश्‍वास देखाएका पुरुष तथा स्त्रीहरूको विवरणलाई जीवन्त बनाउँछ। a ती बाइबल पात्रहरू र तिनीहरूको विश्‍वासको उदाहरणले तपाईँलाई पनि आफ्नो विश्‍वास बलियो बनाउन र परमेश्‍वरसित अझ नजिक हुन मदत गर्न सक्छ।

a तपाईँलाई दृश्‍यहरू कल्पना गर्न र विश्‍वास देखाएका ती व्यक्‍तिहरूको परिस्थिति र भावना बुझ्न सजिलो होस्‌ भनेर यस शृङ्‌खलामा भएका लेखहरूमा बाइबलमा नपाइने केही जानकारीहरू समावेश गरिएका छन्‌। ती जानकारीहरू बाइबल विवरणका साथै ऐतिहासिक अभिलेख र पुरातात्त्विक उत्खनन गर्दा भेटिएका कुराहरू राम्रोसँग जाँचेर मात्रै राखिएका हुन्‌।

सृष्टिदेखि जलप्रलयसम्म

हाबिल—“तिनी मरिसकेको भए तापनि . . . अझै बोल्दैछन्‌”

बाइबलमा हाबिलबारे थोरै मात्र बताइएको छ। तर पनि हामी तिनी र तिनको विश्‍वासबारे के-कस्ता कुरा थाह पाउन सक्छौं?

हनोक: “तिनले परमेश्वरलाई खुसी पारेका थिए”

परिवारको हेरविचार गर्दै हुनुहुन्छ वा सही कुराको पक्षमा उभिन गाह्रो भइरहेको छ भने हनोकको विश्वासबाट सिक्न सक्नुहुन्छ।

‘नूह परमेश्‍वरको साथै हिंड्‌ने गर्थे’

छोराहरूलाई हुर्काउने क्रममा नूह र तिनकी पत्नीले के-कस्ता चुनौतीहरूको सामना गरे? जहाज बनाउने कामले कसरी तिनीहरूको विश्‍वास प्रकट गऱ्‍यो?

नूह र ‘अरू सात जनालाई बचाउनुभयो’

मानव इतिहासको अत्यन्तै कठिन घडीमा नूह र तिनको परिवार कसरी बचे?

जलप्रलयदेखि प्रस्थानसम्म

अब्राहाम—‘विश्‍वासले गर्दा असल ठहरिएका सबैका बुबा’

अब्राहामले कसरी विश्‍वास देखाए? तपाईं अब्राहामको विश्‍वास कसरी अनुकरण गर्न चाहनुहुन्छ?

सारा: “तिमी हेर्नमा सुन्दरी छौ”

मिश्रमा, फिरऊनका अधिकारीहरूले सारा असाध्यै राम्री भएको कुरा देखे। त्यसपछि भएको घटनाले तपाईंलाई छक्कै पार्नेछ।

परमेश्वरले तिनलाई “राजकुमारी” भन्नुभयो

सारालाई दिइएको नयाँ नाम किन सुहाउँदो थियो?

“मैले देखेको सपना सुन्नुहोस्”

यूसुफको समस्याग्रस्त परिवारबाट आज सौतेलो परिवार भएकाहरूले महत्त्वपूर्ण पाठ सिक्न सक्छन्‌।

‘मैले कसरी यस्तो घोर दुष्ट काम गर्नु?’

पोतीफरकी पत्नीले हरहालतमा यूसुफलाई फसाउने प्रयास गर्दा तिनले कसरी त्यसको प्रतिकार गरे?

“सपनाको अर्थ त परमेश्‍वरकै हातमा हुँदैन र?”

इजिप्टको मुख्य पियाउने, मुख्य पकाउने र फिरऊनको सपनाको अर्थ साहसीपूर्वक बताउन यूसुफलाई केले मदत गऱ्‍यो? एकैदिनमा कसरी यूसुफ झ्यालखानाबाट राजाको दरबारमा पुगे?

“के म परमेश्‍वरको स्थानमा छु र?”

के तपाईंको परिवारमा डाह, धोका र घृणाले गर्दा शान्ति भङ्‌ग भएको छ? त्यसो हो भने बाइबलमा उल्लिखित यूसुफको जीवनीले तपाईंलाई मदत गर्नेछ।

अय्युब—“म . . . आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”

गाह्रो अवस्था वा विश्‍वासको कारण परीक्षा भोग्नुपर्दा सहन अय्युबको कथाले हामीलाई कसरी मदत गर्न सक्छ?

अय्युब—यहोवाले तिनको पीडा निको पार्नुभयो

हामीले अय्युबको विश्‍वास अनुकरण गऱ्‍यौँ भने सैतानजत्तिको दुःखी तर यहोवाजत्तिको खुसी अरू कोही हुनेछैन!

मरियम—“यहोवाको स्तुतिगान गाऔँ”!

लाल समुद्र पार गरेपछि मरियम अरू स्त्रीहरूको नेतृत्व गर्दै विजयगीत गाउन थाल्छिन्‌। तिनले आफ्नो जीवनमा साहस, विश्‍वास र नम्रता देखाइन्‌।

प्रस्थानदेखि इस्राएलको प्रथम राजासम्म

रूथ—“तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु”

रूथ किन आफ्नो घर र परिवार छोड्‌न तयार भइन? तिनले देखाएको कस्ता गुणहरूले गर्दा तिनी यहोवाको नजरमा प्रिय भइन्‌?

रूथ—“तिमी गुणवती छौ”

रूथ र बोअजको विवाह किन उल्लेखनीय छ? परिवारको साँचो अर्थ के हो भनेर रूथ र नाओमीको विवरणबाट कसरी थाह पाउन सक्छौं?

हन्‍नाले प्रार्थनामा परमेश्‍वरलाई मनको बह पोखाइन्‌

यहोवामाथिको बलियो विश्‍वासले गर्दा हन्‍नाले सहनै नसकिने जस्तो देखिने परिस्थितिको समेत सामना गर्न सकिन्‌

शमूएल ‘परमप्रभुको सामने बढ्‌न लागे’

शमूएलको बाल्यकाल किन अरूको भन्दा फरक तरिकाले बित्यो? बासस्थानमा सेवा गर्दा कुन कुराले शमूएलको विश्‍वास बलियो बनायो?

शमूएलले निराशाको बाबजुद धैर्य गरे

हामी सबैले नै विश्‍वासलाई कमजोर बनाउन सक्ने चुनौती तथा निराशाहरूको सामना गर्नुपर्ने हुन्छ। शमूएलले धैर्य गरेको विवरणबाट हामी के सिक्न सक्छौं?

इस्राएलको प्रथम राजादेखि येसुको जन्मसम्म

जोनाथन—‘यहोवा परमेश्‍वरलाई कुनै कुराले रोक्न सक्दैन’

जोनाथन र हतियार बोक्ने सेवक गरी दुई जनाले शत्रुहरूको चौकीमाथि आक्रमण गरे र तिनीहरूले ठूलो जित हासिल गरे।

दाउद र जोनाथन—“गहिरो मित्रता गाँसियो”

फरक पृष्ठभूमि अनि उमेरका दुई व्यक्‍तिहरू कसरी घनिष्ठ मित्र बन्‍न सके? तिनीहरूको उदाहरणले आज तपाईँलाई कसरी साँचो मित्रता विकास गर्न मदत गर्छ?

अबीगेलले बुद्धिमानी कदम चालिन्‌

अबीगेलको वैवाहिक जीवन कठिन भएको कुराबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

एलियाले साँचो उपासनाको लागि अडान लिए

बाइबलले सिकाएको कुरासित सहमत नहुने मानिसहरूको सामना गर्नुपर्दा हामी कसरी एलियाको अनुकरण गर्न सक्छौं?

एलियाले हेरे र पर्खे

यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्ने बेला नआएसम्म एलियाले प्रार्थना गर्दै पर्खे भनेर हामी कसरी भन्‍न सक्छौं?

एलियाले परमेश्‍वरबाट सान्त्वना पाए

के कारणले गर्दा एलिया एकदमै निरुत्साहित भए र तिनलाई बरु मर्न पाए हुन्थ्यो जस्तो लाग्यो?

तिनले अन्याय सहे

के तपाईंले पनि अन्याय सहनुपरेको छ? के परमेश्वरले सबै समस्या हल गरिदिएको हेर्न चाहनुहुन्छ? विश्वासी एलियाको तपाईं कसरी अनुकरण गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्।

एलिया—तिनले अन्तसम्मै सहे

वफादार भई गाह्रो अवस्था सहेका एलियाको उदाहरणले हामीलाई कठिन समयमा आफ्नो विश्‍वास बलियो बनाउन मदत गर्छ।

योनाले आफ्नो गल्तीबाट पाठ सिके

कुनै जिम्मेवारी पाउँदा के तपाईंलाई पनि योनालाई जस्तै डर लागेको छ? योनाको विवरणले यहोवा कत्ति धीरजी र दयालु हुनुहुन्छ भनेर देखाउँछ।

योनाले कृपालु हुन सिके

योनाको विवरणले आफैलाई इमानदार भई जाँच्न हामीलाई कसरी मदत गर्छ?

एस्तर परमेश्‍वरका मानिसहरूको पक्षमा खडा भइन्‌

एस्तरले जस्तै आत्मत्यागी प्रेम देखाउन विश्‍वास र साहस चाहिन्छ

बुद्धि, साहस र निस्स्वार्थ भावकी धनी एस्तर

एस्तरले कसरी यहोवा र आफ्ना मानिसहरूको पक्षमा निस्स्वार्थी कदम चालिन्‌?

येसुको जन्मदेखि प्रेषितहरूको मृत्युसम्म

मरियम—“हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ!”

मरियमले गब्रिएल स्वर्गदूतलाई दिएको जवाफबाट हामी तिनको विश्‍वासबारे के थाह पाउन सक्छौं? तिनले अन्य कस्ता अनमोल गुणहरू प्रकट गरिन्‌?

त्यसको अर्थ मरियमले “मनमनै गुन्‍न थालिन्‌”

मरियमले बेतलेहेममा अनुभव गरेको कुराले यहोवा प्रतिज्ञा पूरा गर्ने परमेश्‍वर हुनुहुन्छ भनेर तिनी झनै विश्‍वस्त हुन सकिन्‌

मरियमले तरवारको चोट सहिन्‌

येशूकी आमा मरियमको उदाहरणले तपाईंलाई “लामो तरवार”-को चोट सहन मदत गर्नेछ।

यूसुफ—असल पति, असल बुबा, असल सेवक

यूसुफले कसरी आफ्नो परिवारको सुरक्षा गरे? तिनले किन मरियम र येशूलाई मिश्रमा लगे?

मार्था—“मैले विश्‍वास गरेकी छु”

दुःखको समय आइपर्दा समेत मार्थाले कसरी बलियो विश्‍वास देखाइन्‌?

मरियम मग्दलिनी—“मैले प्रभुलाई देखेँ!”

यी विश्‍वासी स्त्रीले अरूलाई एउटा सुसमाचार सुनाउने सुअवसर पाइन्‌।

पत्रुसले डर र शङ्‌काविरुद्ध सङ्‌घर्ष गरे

शङ्‌का एकदमै विध्वंसकारी हुन सक्छ। तर पत्रुसले डर र शङ्‌काविरुद्ध सङ्‌घर्ष गरे र येशूको पछि लागे

परीक्षा आइपर्दा पत्रुस वफादार रहे

येशूले सच्याउँदा त्यसलाई स्वीकार्न पत्रुसलाई तिनको विश्‍वास र वफादारीले कसरी मदत गऱ्‍यो?

पत्रुसले आफ्नो गुरुबाट क्षमा दिन सिके

क्षमा दिनेबारे येशूले पत्रुसलाई के सिकाउनुभयो? पत्रुसलाई साँच्चै क्षमा दिएको कुरा येशूले कसरी देखाउनुभयो?