सीधै सामग्रीमा जाने

प्रकाशको पुस्तक—यसको अर्थ के हो?

प्रकाशको पुस्तक—यसको अर्थ के हो?

बाइबलको जवाफ

 बाइबलको अन्तिम पुस्तक प्रकाशको ग्रीक नाम ए-पो-क्या-लि-प्सिस (एपोक्यालिप्स) हो जसको अर्थ “पर्दाफास हुनु” वा “प्रकट हुनु” हो। यस नामले प्रकाशको पुस्तकमा कस्तो कुरा बताइएको छ भन्‍ने कुरा बुझ्न मदत गर्छ। यस पुस्तकमा रहस्यमय कुराहरूको पर्दाफास गरिएको छ अनि भविष्यमा हुने घटनाहरूबारे पनि बताइएको छ। जसमध्ये थुप्रै भविष्यवाणी पूरा हुन बाँकी नै छ।

प्रकाशको पुस्तकलाई सरसर्ती हेर्दा

प्रकाशको पुस्तक बुझ्न ध्यान दिनुपर्ने केही कुराहरू

  1.  १. परमेश्‍वरको सेवा गर्नेहरूका लागि यसमा बताइएका कुराहरू डरलाग्दो वा भयभीत बनाउने खालको नभई खुसीको सन्देश हो। थुप्रैलाई “एपोक्यालिप्स” शब्द सुन्‍ने बित्तिकै ठूलो प्रकोपको चित्र मनमा आउँछ। तर प्रकाशको पुस्तकको सुरु र अन्तमा भनिएझैं जसले यो पढ्‌छन्‌, बुझ्छन्‌ र यसमा दिइएको सल्लाह लागू गर्छन्‌ तिनीहरू खुसी हुनेछन्‌।—प्रकाश १:३; २२:७.

  2.  २. प्रकाशको पुस्तकमा थुप्रै “चिन्हहरू”-बारे चर्चा गरिएको छ जसलाई शाब्दिक अर्थमा बुझ्नुहुँदैन।—प्रकाश १:१.

  3.  ३. यस पुस्तकमा बताइएको थुप्रै नाम तथा चिन्हहरू बाइबलको अन्य पुस्तकमा पहिल्यै उल्लेख भइसकेका छन्‌:

  4.  ४. यी दर्शनहरू “प्रभुको दिन”-को दौडान पूरा हुन्छ। प्रभुको दिन सन्‌ १९१४ मा परमेश्‍वरको राज्य स्थापित भएपछि सुरु भयो। यही समयदेखि येशू राजाको रूपमा शासन गर्न थाल्नुभयो। (प्रकाश १:१०) त्यसैले प्रकाशको भविष्यवाणीको मुख्य पूर्ति हाम्रो समयमा पूरा हुने आशा गर्न सक्छौं।

  5.  ५. प्रकाशको पुस्तक बुझ्न पनि बाइबलका अन्य पुस्तक बुझ्न चाहिने कुराहरू नै आवश्‍यक छ। यसको लागि परमेश्‍वरले दिनुहुने बुद्धि र बाइबलको कुरा पहिल्यै बुझिसकेका मानिसहरूको मदत चाहिन्छ।—प्रेषित ८:२६-३९; याकूब १:५.