सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के आर्थिक समानता सम्भव छ?

के आर्थिक समानता सम्भव छ?

 विभिन्‍न देशमा मानिसहरू आर्थिक असमानताको विरोधमा सडकमा उत्रिएका छन्‌। साथै कोभिड-१९ महामारीले गर्दा लकडाउन र दैनिक उपभोग्य वस्तुको अभाव भएको छ। अनि स्वास्थ्य सेवा पाउन पनि गाह्रो भएको छ। यस्ता समस्याहरूले गर्दा धनी र गरिबबीचको खाडल झनै बढेको छ।

 के यस्तो बढ्‌दो आर्थिक समस्याको कहिल्यै अन्त हुनेछ? हुनेछ। हामीले भोगिरहेको यस्तो समस्यालाई ईश्‍वरले कसरी हटाउनुहुनेछ भनेर बाइबलमा बताइएको छ।

ईश्‍वरले हटाउनुहुने आर्थिक समस्याहरू

 समस्या: मानव सरकारहरूले आफ्नो जनताको आधारभूत आवश्‍यकता पूरा गर्न सक्ने अर्थव्यवस्था बनाउन सकेका छैनन्‌।

 समाधान: ईश्‍वरले मानव सरकारहरू हटाएर आफ्नो सरकार स्थापना गर्नुहुनेछ। यसलाई ईश्‍वरको राज्य भनिन्छ। यस राज्यले सारा पृथ्वीमाथि स्वर्गबाट शासन गर्नेछ।—दानिएल २:४४; मत्ति ६:१०.

 नतिजा: पृथ्वीभरि ईश्‍वरको राज्यले शासन गर्ने भएकोले यसले सम्पूर्ण मामिला राम्ररी सम्हाल्नेछ। मानिसहरू फेरि गरिबीको दलदलमा फस्नेछैनन्‌। (भजन ९:७-९, १८) बरु तिनीहरूले आफ्नो परिश्रमको फल पाउनेछन्‌ र आफ्नो परिवारसँगै सुखी जीवन बिताउनेछन्‌। बाइबल यस्तो प्रतिज्ञा गर्छ: “तिनीहरूले घर बनाउनेछन्‌ र त्यसमा बस्नेछन्‌। तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌। तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन; तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।”—यसैया ६५:२१, २२.

 समस्या: मानिसहरूले दुःखकष्ट र अभाव निम्त्याउने कुराहरू आफैले हटाउन सक्दैनन्‌।

 समाधान: ईश्‍वरले आफ्नो राज्यमार्फत डर र असुरक्षा महसुस गराउने सबै कुरा हटाउनुहुनेछ।

 नतिजा: युद्ध, खानेकुराको अभाव र महामारीजस्ता कुराहरूले गर्दा मानिसहरूलाई आफू र आफ्नो परिवारको आधारभूत आवश्‍यकता पूरा गर्न गाह्रो भइरहेको छ। ईश्‍वरको राज्यमा उहाँले नै मानिसहरूको ख्याल राख्नुहुने भएकोले यस्ता समस्याहरू विगतका कुरा हुनेछन्‌। (भजन ४६:९; ७२:१६; यसैया ३३:२४) ईश्‍वर यसो भन्‍नुहुन्छ: “मेरा मानिसहरू जहाँ बस्नेछन्‌, त्यहाँ शान्तिले बास गर्नेछ; तिनीहरू शान्ति र सुरक्षा छाएको ठाउँमा बसोबास गर्नेछन्‌।”—यसैया ३२:१८.

 समस्या: स्वार्थी र लोभी मानिसहरू अक्सर अरूको नाजायज फाइदा उठाउँछन्‌।

 समाधान: ईश्‍वरको राज्यका प्रजाहरूले एकअर्कालाई साँचो प्रेम गर्न सिक्नेछन्‌ र आफ्नै स्वार्थ खोज्नेछैनन्‌।—मत्ति २२:३७-३९.

 नतिजा: ईश्‍वरको राज्यमा मानिसहरूले एकअर्कालाई ईश्‍वरले जस्तै प्रेम गर्नेछन्‌ र प्रेमले “आफ्नै फाइदा खोज्दैन।” (१ कोरिन्थी १३:४, ५) बाइबल भन्छ: “मेरो पवित्र डाँडामा तिनीहरूले कुनै हानि गर्नेछैनन्‌ किनकि समुद्र पानीले भरिएझैँ पृथ्वी यहोवाको a ज्ञानले भरिनेछ।”—यसैया ११:९.

 बाइबलले हामी यस युगको अन्तको समयमा बाँचिरहेका छौँ र ईश्‍वरले चाँडै आर्थिक समस्याहरू हटाउने आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ भनेर बताउँछ। b (भजन १२:५) त्यतिन्जेल बाइबलका सिद्धान्तहरूले तपाईँलाई आर्थिक समस्याहरूको सामना गर्न मदत गर्न सक्छ। उदाहरणको लागि, “कम खर्चमा कसरी गुजारा टार्ने” र “पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्‌” लेख हेर्नुहोस्‌।

a यहोवा बाइबलमा उल्लेख गरिएको ईश्‍वरको नाम हो।—भजन ८३:१८.

b तपाईँ बाइबललाई किन भरोसा गर्न सक्नुहुन्छ भनेर बुझ्न “बाइबल—सत्य कुराको भरपर्दो स्रोत” भन्‍ने लेख हेर्नुहोस्‌।