सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ २५

हामी किन र कसरी राज्यभवन निर्माण गर्छौँ?

हामी किन र कसरी राज्यभवन निर्माण गर्छौँ?

बोलिभिया

नाइजेरिया, पहिले र अहिले

ताहिटी

राज्यभवन भन्‍ने नामअनुसारै यस भवनमा मुख्यतया परमेश्‍वरको राज्यबारे छलफल गरिन्छ। येसुको प्रचारकार्यको मुख्य विषय पनि त्यही राज्य थियो।—लुका ८:१.

राज्यभवन टोल-छिमेकमा साँचो उपासनाको केन्द्र हो। यहोवाका साक्षीहरूले राज्यभवनबाट आ-आफ्नो इलाकामा प्रचार गर्ने प्रबन्ध मिलाउँछन्‌। (मत्ति २४:१४) राज्यभवनहरू साधारण किसिमका हुन्छन्‌ तर तिनीहरूको साइज र डिजाइन भने फरक-फरक हुन्छ। थुप्रै राज्यभवनलाई एउटाभन्दा धेरै मण्डलीले प्रयोग गर्छ। प्रकाशक र मण्डलीको सङ्‌ख्यामा भएको वृद्धिले गर्दा हालैका वर्षहरूमा हामीले हजारौँ राज्यभवन (औसतमा एक दिनमा पाँच वटाको दरले) निर्माण र मर्मतसम्भार गरेका छौँ। यति धेरै राज्यभवन निर्माण गर्न कसरी सम्भव भएको छ?—मत्ति १९:२६.

मानिसहरूले स्वैच्छिक रूपमा दिएको अनुदानबाट राज्यभवन निर्माण गरिन्छ। यो अनुदान शाखा कार्यालयमा पठाइन्छ। यो रकम नयाँ राज्यभवन निर्माण गर्नुपर्दा वा पुरानो राज्यभवनको डिजाइन हेरफेर गर्नुपर्दा मण्डलीहरूलाई दिइन्छ।

राज्यभवन निर्माणकार्यमा विभिन्‍न अवस्था र पृष्ठभूमिका स्वयम्‌सेवकहरूले भाग लिन्छन्‌। थुप्रै मुलुकमा राज्यभवन निर्माण समूह गठन गरिएका छन्‌। निर्माण सेवक र निर्माण स्वयम्‌सेवक मिलेर बनेको टोलीले देशभित्र (दुर्गम ठाउँलगायत) विभिन्‍न ठाउँमा गएर स्थानीय मण्डलीहरूलाई राज्यभवन निर्माण गर्न मदत गर्छ। कुनै-कुनै मुलुकमा भने निश्‍चित इलाकामा राज्यभवन निर्माण वा मर्मतसम्भार गर्ने कामको सुपरिवेक्षण गर्न निपुण साक्षीहरू नियुक्‍त गरिएका छन्‌। थुप्रै निपुण कालिगडहरूले कुनै शुल्क नलिई आ-आफ्नो सीप प्रयोग गरेर योगदान पुऱ्‍याउँछन्‌। तर हरेक निर्माणस्थलमा काम गर्ने स्वयम्‌सेवकहरूमध्ये अधिकांश व्यक्‍तिहरू स्थानीय मण्डलीकै हुन्छन्‌। यहोवाको पवित्र शक्‍तिको मदतले र उहाँका सेवकहरूको तनमनको प्रयासले यो सब सम्भव भएको छ।—भजन १२७:१; कलस्सी ३:२३.

  • उपासना गर्नको लागि हामी भेला हुने ठाउँलाई किन राज्यभवन भनिन्छ?

  • संसारभरि विभिन्‍न ठाउँमा राज्यभवन निर्माण गर्न कसरी सम्भव भएको छ?